बुधबार, वैशाख १२, २०८१

बंगलादेशकालागि हतियार बोकेको कार्गो विमान उत्तरी ग्रीसमा दुर्घटनाग्रस्त

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ साउन १ गते १७:३४

Image source-Athens News Agency

सर्बियाबाट बंगलादेशका लागि हतियार बोकेको युक्रेनी कार्गो विमान शनिबार अबेर उत्तरी ग्रीसको काभाला सहर नजिकै दुर्घटनाग्रस्त भएको सर्बियाली अधिकारीहरूले आइतबार बताएका छन् ।

घटनास्थलबाट ड्रोन तस्बिरहरूले खेतहरूमा छरिएको एन्टोनोभ एन-१२ विमानको भग्नावशेष देखाउँदछ। ग्रीक अधिकारीहरूले विमानमा चालक दलका आठ सदस्य रहेको र युक्रेनी विदेश मन्त्रालयका प्रवक्ताले उनीहरू सबै युक्रेनी नागरिक भएको बताएका छन् ।

सर्बियाका रक्षामन्त्रीले विमानमा आफ्नो रक्षा उद्योगले बनाएको साँढे ११ टन उत्पादन बोकेको र खरिदकर्ता बंगलादेशको रक्षा मन्त्रालय रहेको बताए । चालक दलका सदस्य मारिएको उनले बताए ।

ग्रीक अधिकारीहरूले विमानको कार्गोको बारेमा जानकारी दिन सकेनन् । तर विशेष विपद प्रतिक्रिया इकाई र सेनाका विशेषज्ञहरूलाई घटनास्थलमा अनुसन्धान गर्न पठाइएको थियो ।

सर्बियाका रक्षा मन्त्री नेबोजसा स्टेफानोभिकले कार्गोमा उज्यालो मोर्टार र प्रशिक्षण गोलाहरू समावेश भएको बताए । यो सर्बियाको निस शहरबाट बेलुका १८ बजेर ४० मिनेटमा उडेको थियो।

“विमानले हाम्रो रक्षा उद्योगले बनाएको साँढे ११ टन उत्पादन बोकेको थियो । खरिदकर्ता बंगलादेशको रक्षा मन्त्रालय थियो” स्टेफानोभिकले भने ।

उनले थपे- विमानको कार्गो सर्बियाई कम्पनी भालिरको स्वामित्वमा थियो । भालिर हतियार सैन्य उपकरण र अन्य रक्षा उत्पादनहरुको विदेशी व्यापार गतिविधिहरुको लागी दर्ता भएको एक व्यापार कम्पनी हो ।

इन्जिनमा समस्या आएपछि पाइलटले ग्रीक उड्डयन प्राधिकरणबाट आपतकालीन अवतरणको लागि अनुरोध गरेका थिए । त्यसपछि विमानको संकेत तुरुन्तै हराएको स्टेट टिभी ईआरटीले जनाएको छ । अनलाईनमा अपलोड गरिएको धुमिल खाले भिडियो फुटेजले विमानले जमिनमा ठोक्नुअघि आगोको ज्वालाका रुपमा छिटो छिटो तल झरेको देखाएको छ जुन विस्फोट भएको देखिन्छ ।

जोर्डनको नागरिक उड्डयन नियामक आयोग (सीएआरसी) मा एक वरिष्ठ स्रोतले विमान जोर्डन जाँदै गरेको प्रारम्भिक रिपोर्टहरूलाई अस्वीकार गर्यो । यसको उडान यात्रा कार्यक्रममा जोर्डनको क्वीन आलिया अन्तर्राष्ट्रिय विमानस्थलमा राति ९:३० बजे इन्धन भर्नको लागि रोकिएको राज्यद्वारा सन्चालित समाचार एजेन्सी पेट्राले आइतवार रिपोर्ट गरेको छ ।

विमान दुर्घटनाग्रस्त भएको ग्रीसको फराकिलो क्षेत्रलाई शनिबार रातिदेखि घेराबन्दी गरिएको छ। वरपरका बासिन्दाहरूलाई झ्याल र ढोका बन्द राख्न र घटना भएको क्षेत्रबाट बच्न सल्लाह दिइएको छ ।

(स्रोत-रोयटर्स)

तपाइँको प्रतिक्रिया