शनिबार, वैशाख ८, २०८१

दक्षिणी स्विस नगरपालिकामा पानी प्रतिबन्ध

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७९ साउन ३ गते १२:३९

दक्षिणी स्विजरल्याण्डको मेन्ड्रिसियोका बासिन्दाहरूलाई धाराको पानी पिउन र घरायसी प्रयोजन बाहेक अन्य कुनैपनि प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

हप्तौं देखिको तातो मौसमले खडेरी परेको र आकाशबाट वर्षसमेत नभएपछि पानीको संकट टार्न यस्तो प्रावधान गरिएको हो ।

इटालियन भाषाको क्षेत्रीय रेडियो र टिभी (आरएसआइ) ले पानी बचत गर्न अपीलहरू जारि गरिरहेको छ । यदि कसैले बगैंचामा सिंचाई गर्न, कार धुन वा पौंडी पोखरी भर्न पिउने पानी प्रयोग गरेमा १० हजार स्विस फ्र्यांक (१०,२३६ अमेरिकी डलर) सम्म जरिवाना हुनेछ ।

मेड्रिसियो नगरपालिकाका अध्यक्ष सामुयल काभादिनीलाई उद्धृत गर्दै केहि स्रोतबाट पानी प्रवाह नभएकोपनि आरएसआइले उल्लेख गरेको छ ।

मेन्ड्रिसियो नगरपालिकाले अझै सार्वजनिक हरित क्षेत्र र खेल मैदानमा पानी हालिरहेको छ। बाहिर प्रयोग गरिएको पानी भूमिगत पानीको जलाशयबाट आउँने र खानेपानी सन्जालमा नजोडिएको उल्लेख गरेको छ ।

मौसम सेवा विभाग मेतेओ स्विसले यो हप्ता स्विट्जरल्याण्डमा गम्भिर गर्मीको लहर आउने चेतावनी जारी गरेको छ । आज मंगलबार तापक्रम चरम हुने अपेक्षा गरिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक