शुक्रबार, वैशाख ७, २०८१

डढेलोबाट जोगाउन फ्रान्समा ३० हजार मानिसको उद्दार

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन ३ गते १९:२९

दक्षिणपश्चिम फ्रान्सको जंगलमा लागेको डढेलोबाट जोगाउन ३०,००० भन्दा बढी बासिन्दा र पर्यटकहरूलाई उद्दार गरिएको छ ।

ल्यान्डिरास सहर, बालिजाक, ओरिग्ने, भिलान्ड्राउट र बुडोस लगायत वरपरका गाउँहरूबाट तिनलाई उद्दार गरिएको हो ।

खाली गरिएका शहरहरू अब एकदमै शान्त छन् । त्यहाँ अग्नी नियन्त्रक र ट्रकहरूको साइरनहरू मात्रै सुनिन्छ । त्यहाँको परिस्थितिको जरुरता दर्शाउन मात्रै ति दौडिएको जस्तो लाग्छ ।

“यो पीडादायी छ । तर हामी आफैंलाई यो हाम्रो घर हो भन्दछौं” लान्डिरसका निवासी एनी कोर्टाबेसिसले भनिन् । उनी जो अग्नि नियन्त्रकहरूले खाने, चिकित्सा सहयोग लिने र डढेलो गैरहेको क्षेत्रको बीचमा आराम गर्न प्रयोग गर्ने समन्वय केन्द्रमा स्वयंसेवकको रूपमा पछाडि बसेकि छन् ।

दक्षिणपश्चिमी फ्रान्सको जंगलमा लागेको डढेलोबाट करिब २०,००० हेक्टर जङ्गल नष्ट भएको छ र करिब २,००० अग्निनियन्त्रकहरू यस क्षेत्रमा खटाइएको छ ।

तर अधिकारीहरूले डढेलो निभाउन चाहिने तत्वहरू आफ्नो विरुद्धमा भएको बताएका छन्। तापक्रम चाँडै १५ देखि २० डिग्री सेल्सियसमा जह्र्ने अपेक्षा गरिएको छ । त्यसपछि तिनीहरूले ठूलो आगो निभाउन सक्षम हुनेछन्।

तपाइँको प्रतिक्रिया

फेसबुक