शनिबार, वैशाख ८, २०८१

युरोपमा पाईपलाईनबाट आउने रुसी ग्यास फेरि शुरु

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन ५ गते १५:२१

नर्ड स्ट्रिम ग्यास पाईपलाईन

युरोपमा पाइपलाईनबाट आउने रुसी ग्यास फेरि शुरु भएको छ ।

१० दिनसम्म नर्ड स्ट्रिम १ पाइपलाइनबाट आउने प्राकृतिक ग्यास बन्दपछि पुन: प्रवाह गर्न थालिएको हो । पाईपलाईनबाट सन्चालन गर्ने रुसी ग्यास युरोप आउन शुरु भएको गयस बितरक कम्पनीले सार्वजनिक गरेको हो । तर ग्यास प्रवाह पहिलेको पूर्ण क्षमतामा नभएर कम हुने अपेक्षा गरिएको छ ।

रुसबाट युरोपको बाँकी भागमा ग्यास ढुवानी गर्ने प्रमुख पाइपलाइन वार्षिक मर्मतसम्भार कार्यका लागि भन्दै जुलाई ११ देखि बन्द गरिएको थियो ।

युक्रेनमाथि रसियाको हमलापछि बढ्दो तनावको बीचमा जर्मन अधिकारीहरूले नर्ड स्ट्रिम १ ग्यास फेरि नखुल्ने भन्दै डराएका थिए । रूसी ग्यास जर्मनीको ग्यास आपूर्तिको करिब एक तिहाइको लागि जिम्मेवार छ र यो मुख्य स्रोत हो ।

अपरेटर नर्ड स्ट्रिम एजीले बिहीबार बिहानदेखि फेरि ग्यास प्रवाह हुन थालेको बताएको हो । तर ग्यास प्रवाह बढ्न केही समय लाग्ने जर्मन समाचार एजेन्सी डीपीएले जनाएको छ ।
ग्यास वितरण पाइपलाइनको पूर्ण क्षमताभन्दा निकै कम हुने अपेक्षा गरिएको छ ।

नर्ड स्ट्रिम पाईप लाईन मर्मत अघि जति मात्रामा ग्यास प्रवाह हुने गरेको थियो मर्मतपछिपनि समान मात्राको अपेक्षा गरिएको थियो । जर्मनीको नेटवर्क नियामक, क्लाउस मुलरका प्रमुखले ट्विटरमा भनेका छन् “रूसको गाजप्रोमले बिहीबार पाइपलाइनको क्षमताको लगभग ३० प्रतिशत मात्र वितरण गरेको थियो ।”

जुन महिनाको मध्यमा रुसको सरकारी स्वामित्वको गाजप्रोमले ग्यास प्रवाहलाई नर्डस्ट्रिमले प्रवाह गर्न सक्ने क्षमताको ४० प्रतिशतमा कटौती गरिदिएको थियो ।

यसले कथित प्राविधिक समस्याहरू भएकाले कम प्रवाह भएको उल्लेख गरेको थियो । तर साझेदार सिएमेन्स ईनर्जीले क्यानडालाई त्यसको मेशिन परिक्षण र जाँचका लागि पठाएको थियो । तर रूसले युक्रेनमाथि आक्रमण गरेपछि लगाइएको प्रतिबन्धका कारण फिर्ता गरिएको थिएन ।

क्यानाडा सरकारले यस महिनाको सुरुमा टर्बाइनको लागि अनुमति दियो । जसले रुसी पाइपलाइनको अर्को कुना वा छेउसम्म रहेको कम्प्रेसर स्टेशनलाई जर्मनीमा पुर्‍याउन संभव बनाउँछ ।

जर्मन सरकारले ग्यास कटौतीको लागि गाजप्रोमले दिएको प्राविधिक स्पष्टीकरण अस्वीकार गरेको छ । जर्मन सरकारले बारम्बार यस्तो गरिनु अनिश्चितता छर्ने र ऊर्जा मूल्यहरू थप उकास्ने राजनीतिक निर्णयको बहाना भनेको छ ।

जर्मन पक्षको भनाईमा टर्बाइन एक प्रतिस्थापन हो जुन सेप्टेम्बरमा मात्र स्थापना हुनुपर्ने थियो । त्यहि अनुसार निर्णय भएको थियो । तर यसले आपूर्ति घटाउने बहानाबाट रूसलाई उन्मुक्ति दिन मर्मत सम्भार र टर्बाईनको समस्या लगायतका सबै काम गरिरहेको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार गाजप्रोमले अझै पनि टर्बाइन फिर्ताको लागि सान्दर्भिक कागजातहरू प्राप्त नगरेको र अर्को दिन गाजप्रोमले ति कागज प्राप्त नगरेको भनेर फेरि दोहोर्याइएको दाबी गरेका थिए ।

पुटिनले ग्याजप्रोमले जुलाईको अन्त्यमा मर्मतका लागि अर्को टर्बाइन बन्द गर्ने योजना बनाएको र यदि क्यानाडा पठाइएको फिर्ता नगरिए ग्यासको प्रवाह अझ घट्दै जाने बताएका थिए ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले बुधबार टर्बाइन क्यानडाबाट पठाईसकिएको र हाल त्यो ट्रान्जिटमा रहेको बताएकि छन् । त्यसैले ग्यास नपुग्ने कुनै बहाना बनाउन नमिल्ने बह्नाई उनको थियो ।

युरोपेली आयोगले सदस्य देशहरूलाई आगामी महिनाहरूमा १५ प्रतिशतले आफ्नो ग्यासको प्रयोगमा कटौती गर्न प्रस्ताव गरेको छ । किनभने ईयुले पूर्ण रुपमा रुसी ग्यास कटौतिको प्रयास गर्ने भनेको छ ।

तर त्यसको बदलामा के गर्ने र कहिलेसम्म आत्मनिर्भर बन्ने पूर्ण योजना भने भरपर्दोरुपमा सार्वजनिक भएको छैन । अहिले अगाडि सारिएका योजना र प्रस्ताबपनि उति भरपर्दा देखिएका छैनन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक