शुक्रबार, वैशाख १४, २०८१

भ्लादिमिर पुटिन ‘पूर्ण रूपमा स्वस्थ’ : सीआईए प्रमुख

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन ५ गते १९:२५

photo credit-The moscow times

जनयुद्दताका प्रचण्ड बारे निकै भ्रम थिए । प्रचण्ड भन्ने मान्छेनै छैन । छ, त्यो भनेको राजा ज्ञानेन्द्र हो । कोहि बाबुराम भट्टराईनै हो भन्थे । कोहि अधिराजकुमार धिरेन्द्र शाह त कोहि नेपाली सेनाप्रमुख रुक्मांगत कतुवाल । अहिले रुसी राष्ट्रपती भ्लादिमिर पुटीनको स्वास्थ्यका बारेमा त्यस्तै भ्रमहरु छरिए- पुटीन आपांग छन् । पुटीनको देब्रे हात चल्दै चल्दैन । पुटीन गम्भिर बिरामी छन् । पुटीनलाई क्यान्सर लागेको छ । पुटीनलाई अल्जाईमर छ । पुटीनलाई मनोबैज्ञानिक रोग लागेकाले हठी, मूर्ख बनेका हुन् ।

तर यस अघि जोजसले ति भ्रमहरु फैलाए आखिरमा तिनैले पुटीन एकदमै स्वस्थ छन् भन्न थाले । पछिल्लो समयमा अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशकले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘गम्भीर बिरामी छन्, क्यान्सरबाट पीडित हुनसक्छन्, पुटिन पूर्ण रूपमा अस्वस्थ छन्” भनी लगातार फैलाएका अफवाहहरुलाईनै खारेज गरेका छन् । उनले भनेका छन् “पुटीन पूर्णरुपमा स्वस्थ छन् ।”

अमेरिकाको कोलोराडो स्थित एस्पेन सेक्युरिटी फोरममा बोल्दै, विलियम बर्न्सले जोड दिए “यो गुप्तचर विभागको औपचारिक मूल्याङ्कन होइन । तर उनी पूर्ण रुपमा स्वस्थ रहेको जानकारि छ ।

बर्न्सले २००५ देखि २००८ सम्म मस्कोमा अमेरिकी राजदूतको रूपमा काम गरेका थिए । रूससँगको आफ्नो विशेषज्ञतालाई ध्यानमा राख्दै उनले भने “यसले उहाँ चाँडै अज्ञात रोगबाट मर्न सक्नुहुन्छ भन्ने संकेतको आशा गर्ने विरोधीहरूलाई पक्कैपनि धक्का दिने छ ।”

“राष्ट्रपति पुटिनको स्वास्थ्यको बारेमा धेरै अफवाहहरू छन् र जहाँसम्म हामी भन्न सक्छौं कि उहाँ पूर्ण रूपमा स्वस्थ हुनुहुन्छ” उनले थपे “तर यो औपचारिक गुप्तचरीको प्रमाण र निर्णय होइन।”

युक्रेन बारे पुटिनको आफ्नै विचार, र विशेष गरी युक्रेनी जनताको रूसी आक्रमणको प्रतिरोध गर्ने इच्छा केही गहिरो त्रुटिपूर्ण धारणामा आधारित रहेको बर्न्सले बताए ।

“पुटिनले वास्तवमा आफ्नै बयानबाजीमा विश्वास गर्छन् । मैले उनलाई वर्षौंदेखि निजी रूपमा युक्रेन वास्तविक देश होइन भनेको सुन्ने गरेको छु । उहाँ विश्वास गर्नुहुन्छ कि यो उहाँको अधिकार हो । युक्रेनमा प्रभुत्व जमाउने रसियाको अधिकार हो” बर्न्सले भने ।

‘मूर्ख रूसीहरू सबै मरेका छन्’

रूसी हताहतको तथ्याङ्कमा अद्यावधिक गर्दै सीआईए निर्देशकले अहिलेसम्म लगभग १५,००० रूसी सेनाहरू मारिएको र लगभग ४५,००० घाइते भएको वर्णन गरे “युक्रेनीहरूले पनि पीडा भोगेका छन् । सायद त्यो भन्दा अलि कम, तर महत्त्वपूर्ण हताहतहरू ब्यहोरेका छन् ।”

निर्देशक बर्न्सको भनाईमा रुसी सेनाले आक्रमणको सुरुमा महत्वपूर्ण रणनीतिक असफलताहरू पछि पछिल्लो समयमा अनुकूल पारेको छ । एक युक्रेनी सम्पर्कले उनलाई “मूर्ख रूसीहरू सबै मरेका छन्” भनेका थिए, जसको अर्थ युद्धको मैदानमा गल्ती गर्ने रुसीहरूले अन्तिम भुक्तान गरेका थिए। त्यो मूल्य चुकाएपछि रूसी सेनाले आफ्नो अनुकूल पार्न सिकेको थियो ।

रुसी सेनाले गत ९० दिनदेखि पूर्वी डोनबास क्षेत्रमा ध्यान केन्द्रित गरिरहेको बर्न्सले बताए । उनको भनाईमा त्यति समयमा ६ देखि १० माइलसम्म अगाडि बढेको थियो । “तर यो ठूलो लागतमा आएको हो । र यो दुबै पक्षलाई धेरै पीडादायी भएको छ” उनले थपे।

(स्रोत-युरोन्युज)

तपाइँको प्रतिक्रिया

फेसबुक