शुक्रबार, वैशाख १४, २०८१

हराएको ६,००० वर्ष पछि फर्किए बेलायतमा बाइसन

नेपालप्लस संवाददाता / बेलायत२०७९ साउन ७ गते १७:५९

यी ठूला जीवले अङ्ग्रेज चरनहरू कुल्चन छोडेको छ हजार वर्ष भइसकेको थियो । संयुक्त अधिराज्य बेलायतको दक्षिण-पूर्व स्थित क्यान्टरबरी नजिकैको जङ्गलमा सोमबार जुलाई १८ मा तीनवटा बाइसनले ६००० वर्षपछि फेरि पुनरागमन गरे । तिनलाई त्यहाँ लगेर छोडिएको थियो ।

हाल छोडिएका यि तीन वटै महिला हुन् । पशु पार्कका यी तीन महिलाहरू सबै बिदेशी हुन् । एक स्कटिश पाकी र दुई आईरिश युवती । यिनले अगस्टमा एक जवान जर्मन साँढेलाइ सामुहिकरुपमा स्वागत गर्ने छन् । त्यो साँढेले तीन पोथीसित एक्लै रजगज गर्ने छ ।

यसको उद्देश्य बाईसनलाई १० वटाको परिवारमा विस्तार गर्नु हो । तिनीहरूको क्षेत्र बिस्तारै ५० देखि २०० हेक्टरसम्म विस्तार गरिनेछ ।

यस महत्वाकांक्षी पुन जगाउ (रि इन्ट्रोडक्सन) कार्यक्रम द वाईल्डर ब्लेन प्रोजेक्टको नाममा शुरु गरिएको छ । यसको उद्देश्य ब्रिटिश संस्थाहरू वाइल्डवुड ट्रस्ट र केन्ट वाइल्डलाइफ ट्रस्ट (केडब्ल्यूटी) को नेतृत्वमा वनको अवस्था सुधार गर्नु हो।

पक्कैपनि बाइसनले हिँड्दा स्वाभाविक रूपमा रूखहरू काट्ने, भाँच्नेने र छिनाल्ने गर्छ । रुखमा आफ्नो शरिर रगडेर र कन्याएर हाँगा र बोक्रा छोड्छ जुन कीराहरूले खान्छन् ।

केडब्ल्यूटीका प्रमुख कार्यकारी इभान बोवेन-जोन्सले द गार्डियनलाई भने “प्राकृतिक रूपमा काम गर्ने इकोसिस्टमहरू पुनर्स्थापना गर्नु जलवायु संकटसँग जुध्न एक महत्त्वपूर्ण तरिका हो । कम लागतको उपकरण हो । हामी यो परियोजनाले यूकेमा संरक्षणको लागि नयाँ युगको सुरुवात गर्न चाहन्छौं । हामीले मानव हस्तक्षेपमा कम गर्नुपर्छ र बाइसन, जङ्गली बँदेल र बीभर (मुसा वर्गमा पर्ने ठूलो जिव) जस्ता प्राकृतिक इन्जिनियरहरूमा बढी भर पर्नुपर्छ ।”

बाईसन स्थानान्तरण र पुन जगाउ अभियानको लागत ११ लाख पाउण्ड रहेको उनले बताएका छन् ।

अत्यधिक शिकार र यसको बासस्थान हराएको कारणले अन्तिम युरोपेली बाइसन १९२७ मा सकिएका थिए ।

शुरुमा पचास वटा बाईसनलाई प्राक्रितिक वातावरणमा क्रितिम वासस्थान बनाएर राखिएको थियो । तिनबाट प्रजनन भएर हाल लगभग ७,००० पुगेका छन् ।

बेलायतमा जस्तै बाइसनलाई पुन जगाउने कार्यक्रम युरोपका अन्य भागमापनि शुरु गरिएको छ । नेदरल्याण्ड्समा १४ वटा बाईसन स्वतन्त्ररुपमा घुमफिर गर्ने भएका छन् भने फ्रान्सको लोजेयरमापनि छोडिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक