बिहीबार, वैशाख १३, २०८१

राजकुमार ह्यारीले बेलायत सरकारविरुद्ध मुद्दा हाल्न सक्ने

नेपालप्लस संवाददाता / बेलायत२०७९ साउन ७ गते १९:४३

बेलायती पूर्व राजकुमार ह्यारीले बेलायतमा आफ्नो सुरक्षा व्यवस्थालाई लिएर बेलायती सरकारलाई अदालतमा लैजान सक्ने लण्डनका एक न्यायाधीशले फैसला गरेका छन् ।

ह्यारी र उनकी श्रीमती मेघान बेलायती राजपरिवारबाट अलग हुने घोषणा गरेपछि सार्वजनिक रूपमा वित्त पोषित यूके प्रहरी सुरक्षा गुमाएका थिए । शाही परिवारबाट अलग बनेर सन् २०२० मा उनीहरु अमेरिका गएका थिए ।

पूर्व राजकुमार ह्यारी बेलायत आउँदा प्रहरी सुरक्षाको लागि लाग्ने खर्च व्यक्तिगत रूपमा तिर्न चाहन्छन् । तर सरकारले अनुमति दिन अस्वीकार गरेकोमा चुनौती दिइरहेका छन् ।

न्यायाधीश जोनाथन स्विफ्टले यो विषय लन्डनको उच्च अदालतमा पूर्ण सुनुवाइमा जानसक्ने शुक्रबार फैसला सुनाए । किनभने ह्यारीको उजुरीको आधारमा त्यसले एक विवादास्पद मुद्दालाई सार्वजनिक गरिदिएको छ ।

मुद्दाको सुनुवाइको लागि मिति भने तय गरिएको छैन ।

पूर्व राजकुमार ह्यारी र पूर्व अभिनेत्री मेघन मार्कलले सन् २०१९ मा विन्डसर क्यासलमा विवाह गरेका थिए । तर ब्रिटिश मिडियाको कथित घुसपैठ र नस्लवादी मनोवृत्तिलाई उद्धृत गर्दै अर्को वर्ष शाही सदस्यको रूपमा उनीहरुले पद त्याग गरे।

ह्यारीका वकिलहरूले भनेका छन्- “राजकुमार दम्पती आफ्ना बच्चाहरू- तीन वर्षीया आर्ची र एक वर्षीया लिलिबेटलाई आफ्नो मातृभूमिमा ल्याउन अनिच्छुक छन् किनभने त्यो सुरक्षित छैन ।”

अमेरिकामा रहेको आफ्नो निजी सुरक्षा टोलीको विदेशमा पर्याप्त अधिकार क्षेत्रमा पर्दैन । वा उनको निजी सुरक्षा टोलीको बेलायती गुप्तचर बारे जानकारीमा पहुँच नभएको बताउँछन् ।

उनका वकिलहरूले फेब्रुअरी २०२० को निर्णय (जसले उनको पूर्ण शाही सुरक्षा हटाइयो) अव्यावहारिक थियो भन्ने पनि तर्क गरेका छन् । किनभने ह्यारीलाई सुरक्षा संयन्त्रबारे पूर्व सूचित प्रतिनिधित्व गर्न अनुमति दिइएको थिएन ।

बेलायती सरकारले समितिको निर्णय उचित भएको र प्रहरी सुरक्षाको लागि निजी रूपमा तिर्न सम्भव नभएको बताएको छ ।

तपाइँको प्रतिक्रिया