शुक्रबार, वैशाख ७, २०८१

८०० किमी ट्राफिक : युरोपेली छुट्टीको मौसम सुरु

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन ९ गते १६:५८

बल्ल तल्ल छुट्टी मनाउन निस्किंदा घण्टौ जाममा पर्नुपर्‍यो भने कति हैरानी हुन्छ ? हैरानी भएर पो के गर्नु र ? यो साताको अन्त्यमा बेलायतको फ्रान्ससित जोडिएको सिमा डोभरमा एटलान्टिक महासागरको च्यानल पार गर्न कोशिस गर्ने धेरै बेलायती र अन्य देशका पर्यटकहरूले वास्तवमा निकै हैरानी भोगे ।

शुक्रबारदेखि दक्षिणी अंग्रेजी बन्दरगाहमा निकै ठूलो लाम लागेको थियो । किनभने छुट्टी मनाउनेहरूले एटलान्टिक महासागरको फ्रान्स जाने बेलायती डुङ्गाहरू चढ्न धेरै घण्टा कुर्नुपरेको थियो ।

निकै लामो, घण्टौं घण्टाको लामपछि आइतबार बिहान खाली हुन थाल्यो । निकै किमीको लम्बेतान लामले युके र फ्रान्सेली सरकारहरू बीचको विवाद सिर्जना गर्‍यो । दुबै पक्षले ढिलाइको लागि एक अर्कालाई दोष लगाए।

मजदूर तथा बिभिन्न संघसंस्थाका युनियनहरू, बन्दरगाह अधिकारीहरू र फ्रान्सेली अधिकारीहरूले ब्रेक्सिटले बेलायती यात्रुहरूले सामना गर्ने ट्राफिक समस्याहरू निम्त्याइरहेको दाबी गरे । किनकि बेलायत अब ईयुको हिस्सा नभएकोले लामो समयसम्म जाँचहरू गर्नु आवश्यक हुन्छ ।

यद्यपि बेलायती विदेश मन्त्री लिज ट्रस जो हाल प्रधानमन्त्री बोरिस जोनसनको उत्तराधिकारीको बन्ने अभियानमा प्रतिस्पर्धा गरिरहेकि छन्, फ्रान्सलाई दोष दिईन् ।

“तथ्य के भने फ्रान्सेली अधिकारीहरूले सीमामा पर्याप्त कर्मचारीहरू राखेका छैनन्” उनले स्थिति समाधान गर्न फ्रान्सलाई जोड दिँदै भनिन् “म यस बारे उनीहरूसँग धेरै स्पष्ट छु ।”

पोर्ट अफ डोभरका प्रमुख कार्यकारी डफ ब्यानिस्टरले फ्रान्सेली अधिकारीहरूलाई पर्याप्त सीमा प्रहरी अधिकारीहरू नराखेको आरोप लगाए । तर पनि ब्रेक्जिट पछि ढिलाइ बढ्नेछ भन्ने उनले स्वीकार गरे ।

सन् २०२० को अन्त्यमा एएफपी रिपोर्टमा भनिएको थियो- ‘ब्रिटिश सरकारले फ्रान्सेली सिमा क्षेत्रमा नियन्त्रण क्षमता दोब्बर गर्न तीन करोड तीस लाख पाउण्ड प्रस्ताव अस्वीकार गर्यो ।’

‘८०० किमी ट्राफिक’

त्यसो त डोभरमा मात्रै होइन अन्य युरोपेली देशहरूमा यात्रा अवरोधका समान दृश्यहरू पनि थिए । अहिले छुट्टीको सबैभन्दा मध्यकाल बहेकाले सबैतिर ट्राफिकको चाप परेको हो ।

फ्रान्समा शनिबार पेरिस र लियोन शहर र भ्यालेन्सको बीचमा यातायात विशेष रुपमा जाम भएको थियो । राजमार्गमा गाडीको लाम थियो ।

बिदा लिएर छुट्टी मनाउन गएकाहरुका कारण शनिवार दिउँसो अधिकारीहरूले मुख्य सडकहरुमा ट्राफिक जाम ७९० किलोमिटर रेकर्ड गरेका थिए ।

यस्तै जाम अधिकारीहरुले एक वर्ष अघि फ्रान्समा रेकर्ड गरेका थिए । त्यो बेला ९३० किलोमिटर भन्दा थोरै कम थियो।

क्रोएसियामा पर्यटकीय याम उत्कर्षमा पुगेपछि एड्रियाटिक तटमा रहेका पर्यटकीय गन्तव्यतर्फ जाने सबै सडकमा सवारी चाप बढेको छ ।

क्रोएसियाली राष्ट्रिय समुद्री ढुवानी कम्पनी, जाड्रोलिनिजाका लागि संयोजक जेलेना इभुलिचले यात्रुहरू शनिबार बिहानैदेखि छालहरूमा आइपुगेको युरोन्यूजलाई बताइन् । शनिवारदेखिनै पोर्टहरूको प्रवेशद्वारमा ठूलो भीड लागेको उनको भनाई थियो ।

उनीहरुले ७५ लाख पर्यटक आउने र सप्ताहन्तमा डेढ लाख भन्दा बढी सवारी साधनहरू आएको बताएका छन् ।

स्विट्जरल्याण्डको उत्तरी क्षेत्र गोथर्डमा छुट्टी मनाउन जानेको ट्राफिक १५ किलोमिटर थियो र साँढे दुई घण्टा न्युनतम पर्खिनुपरेको थियो ।

यो सप्ताहन्तमा ईटालीको रोम, भेनिस, फ्लोरेन्स, फ्रान्सको नोर्मदी, दोभिल, स्विजरल्याण्डको जेनेभा, जुरिच र लोजान आदि लगायत धेरै देशमा ट्राफिक जाम घण्टौं घण्टा भएको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक