आइतबार, मंसिर १८, २०७९

विश्वले देख्नुअघि मृत्युको लागि पर्खिरहेछन् अफ्रिकी बालबालिका

रानिया दगास२०७९ साउन ९ गते २१:२०

Photo-Omid Fazel / UNICEF

आठ महिनाको इब्राहिम आफ्नो हजुरआमाको काखमा मौन र गतिहीन छ । सोमालियाको मोगादिसुको अस्पताल वार्डमा बच्चाहरूले उनको वरिपरि विलाप गरिरहेका छन् । उनी गम्भीर कुपोषण र पखालाबाट कमजोर र विक्षिप्त छन् । यस क्षेत्रले चालीस वर्षदेखि भोगेको सबैभन्दा खराब खडेरीले देशलाई तहसनहस बनाएको छ । खाना र पानीको अभावमा उनको आमाको दूध सुकेको छ । र उनको परिवारसँग उनलाई धान्न केही बाँकी छैन । त्यो देख्दा उनको हजुरआमाको आवाज चिरिन्छ । छाती झनै चिरिएर आउँछ जब उनले उपचारको लागि बिन्ती गर्छिन् ।

तर, दुःखको कुरा संसार चुपचाप, धेरै अचल देखिन्छ । इब्राहिम जस्ता हजारौं बालबालिकालाई ‘हर्न अफ अफ्रिका (अफ्रिकामा खतराको घण्टी)’ अभियान मार्फत् गाडिएपछि अन्तर्राष्ट्रिय समुदायले सायद हेर्ने छ ।

दुर्भाग्यवश, हामीलाई यो कुरा अनुभवबाट थाहा छ । एक दशकअघि मात्रै विश्वलाई जिबुटी, इथियोपिया, केन्या र सोमालियामा विनाशकारी खडेरीको बारेमा बारम्बार चेतावनी दिइएको थियो । यद्यपि, २०११ मा सोमालियामा अनिकाल जारि राख्न दिईयो । एक चौथाई भन्दा बढी मानिसहरू, जसमध्ये धेरै बालबालिकाहरू थिए, मरे । जब तिनीहरूको शरीरले टिभी स्क्रिनहरू भरियो तब मात्र संसारले आफ्नो खुट्टा उचाल्यो ।

८ महिनाको इब्राहिमको नाडी सोमालियाको मोगादिसु, बानादिर अस्पतालका डाक्टरले नापेका थिए । Omid Fazel / UNICEF

हामीले ‘फेरि कहिल्यै यस्तो नहोस्’ भन्यौं । तर अहिले फेरि इथियोपिया, केन्या र सोमालियाका १८ लाखभन्दा बढी बालबालिकाको जीवन खतरामा छ । उनीहरूलाई सबैभन्दा घातक रोग ‘भोक’ को लागि तत्काल उपचार चाहिन्छ । उनीहरुमा गम्भीर र तीव्र छ कुपोषण।

खतराको घण्टीकै बेवास्ता

दुई वर्षको अन्तरालमा चार वर्षाद ऋतुहरू अभूतपूर्व रुपमा असफल भएका छन् । अब अक्टोबरदेखि डिसेम्बरसम्मको वर्षा पनि असफल हुने सम्भावना रहेको पूर्वानुमानले देखाएको छ ।

जलवायु परिवर्तनले यस क्षेत्रका दश लाखभन्दा बढी बालबालिकाहरूलाई क्रूर खडेरीको अवस्थामा धकेलिदिएको छ । त्यो खडेरीले उनीहरु निर्भर पशुधन र बालीहरू मार्दै छ । उनीहरूलाई आफ्नो घर छोडेर भाग्न बाध्य पारेको छ । शिक्षा र स्वास्थ्य सेवामा उनीहरूको पहुँच बन्द गरेको छ । र उनीहरूको सुरक्षालाई जोखिममा राखेको छ ।
युनिसेफले बारम्बार खतराको घण्टी बजाउँदै आएको छ । हामी अगाडि आएका दाताहरूका लागि अत्यन्तै आभारी छौं । तर हाम्रो आपतकालीन अपील रकमको अभावमा अधुरै रहन्छ ।

सन् २०१६ र २०१७ मा खडेरीको सामना गर्न प्रारम्भिक कार्यको समर्थनमा विश्वले हर्न अफ अफ्रिका कार्यक्रमलाई सहयोग गरेर अनिकालबाट जोगाएको थियो ।

हामीले जीवन बचाउने र बालबालिकाको मस्तिष्क र शरीरमा हुने कुपोषणको विनाशकारी र स्थायी क्षतिलाई रोक्ने मात्र होइन, देशको अर्थतन्त्रलाई दीर्घकालीन रूपमा पनि समाधान गर्नुपर्छ । त्यसो गरेमा मात्रै दाताहरूले पनि दिर्घकालिनरुपमा कम खर्च गरे पुग्छ ।

विश्व बैंकले पत्ता लगायो- खडेरी एक महिना छिट्टै शुरु भयो । यसको लागि एक आपतकालीन आर्थिक अभियान शुरु गर्दा त्यसले अन्ततः प्रति व्यक्ति आयमा शुन्य दशमलव ८ प्रतिशतको बढावा दिन्छ ।

हामी ज्ञानको यो धनले सशस्त्र छौं । तैपनि त्यसबाट सिकेका पाठहरू किन छोटो समयका लागि रहे ? मनोविज्ञानले पक्कै पनि भूमिका खेल्छ । दाताहरूलाई गाह्रो भएको हुनसक्छ, विपद् देखिनु अघि नै जोखिम कम गर्न । घमाइलो दिनमा सुख्खा जमिनमा ईन्द्रेणी बनाउन गाह्रो भएको हुनसक्छ।

आपतकाल, अनिकालमा काम गर्नको लागि प्रोत्साहन पनि हराइरहेको छ । किनकि अत्यधिक सार्वजनिक स्वीकृति मानवीय आपतकालिन समयमा मात्रै समर्थन गरिन्छ । त्यस्तो बेला मात्रै ठूलो प्रदर्शनको साथ आउँछ।

ओथावा, अब्दिले, अहमदे र शिरार डोलो, सोमालियाको काबासा प्राथमिक विद्यालयमा। Photo-Omid Fazel / UNICEF

जहाँ भूकम्प वा टाइफुनजस्ता द्रुत रुपमा आउने प्रकोपहरूले सामान्यतया तत्काल प्रतिक्रिया उत्पन्न गर्दछ । घस्रने गरि आउँछन् खडेरीहरू चाहिं । ति सबै संकटहरूको सबैभन्दा खराब वित्त पोषित हुन्छन् ।

र स्पष्ट कुरा के भने अफ्रिकी बालबालिकाको जीवन विश्व स्तरमा कम महत्त्वपूर्ण देखिन्छ । अफ्रिकी महाद्वीपमा धेरै आपतकालीन अवस्थाहरू बिर्सिएका छन् । बालबालिकाको मृत्युलाई कुनै न कुनै रूपमा अपरिहार्य हो भन्ने रूपमा स्वीकार गरिएको छ ।

जबकि दाताहरू र मिडियाले युक्रेनको युद्ध र मानव पीडामा सही रूपमा ध्यान केन्द्रित गर्दछन् । त्यो अफ्रिकामा बालबालिका र मानव पीडाको मूल्य र त्यागमा हुनु हुँदैन । पूर्वी र दक्षिणी अफ्रिकी देशहरूकालागि गरिएका आपतकालीन अपीलहरू औसतमा २० प्रतिशत मात्र वित्त पोषित छन् । जलवायु परिवर्तनका लागि सबैभन्दा कम जिम्मेवार देशहरू यसका प्रभावहरूबाट टाढा छन् ।

उदाहरणका लागि, सोमालियाले विश्वको कार्बन डाइअक्साइड उत्सर्जनको शुन्य दशमलव शुन्य एक प्रतिशत उत्पादन गर्छ । तर युनिसेफको बालबालिकाको जलवायु जोखिम सूचकांकमा विश्वमा सबैभन्दा बढी प्रभावित देशहरूको शीर्ष दसमा छ ।

मोगादिसुमा फर्केर हेर्दा, इब्राहिमको तत्काल रक्तक्षेपण पछि बिस्तारै सुधार भइरहेको छ। तर उनी र उनी जस्ता हजारौंको अवस्था गम्भीर छ । अन्य धेरै बालबालिकाहरू यतिसम्म सहयोग खोज्ने अवस्थासम्मपनि पुग्न सकेनन् । उनीहरूलाई मद्दत खोज्नको लागि हिंडेका आफ्नो परिवारका सदस्यको हताश यात्राको क्रममा सडक छेउमा गाडिएको थियो ।

अफ्रिकाको हर्नमा, प्रारम्भिक कार्यको लागि समय बितिसकेको छ । हामीलाई थप र अत्यावश्यक मानवीय कोष चाहिन्छ – पोषण, पानी, स्वास्थ्य, बाल संरक्षण र शिक्षा जस्ता क्षेत्रहरूमा । बच्चाहरूलाई समस्याको किनारबाट फर्काउनकालागि ।

सोमालियामा लगभग दुई लाख १३ हजार मानिसहरू हाल अनिकालको जोखिममा छन्। यस वर्ष सबैभन्दा बढी प्रभावित क्षेत्रका केही बिरामी उपचार केन्द्रहरूमा, अघिल्लो वर्षको तुलनामा गम्भीर र तीव्र कुपोषणबाट ग्रस्त छन् । त्यहाँ तीन गुणा बालबालिकाको मृत्यु भइसकेको छ । केही हप्तामा हामी बाल मृत्युको हिमपहिरो देख्न सक्छौं ।

जि ७ युक्रेनबाट विचलित हुनुहुँदैन

विपत्ति रोक्न हामीसँग सानो र संकुचित, झ्याल छ । तर पनि हामीले अभूतपूर्व चुनौतीहरूको सामना गरिरहेका छौं ।

युक्रेनको युद्धले यस क्षेत्रभरि आपतकालिन अवस्थालाई उकासिरहेको छ: बढ्दो विश्वव्यापी खाद्यान्न र इन्धनको मूल्यलाई बढाउँदै लगेको छ । युक्रेन र रसियाबाट अत्यावश्यक गहुँको आयात रोक्ने कारक बनेको छ । र गम्भीर कुपोषण भएका बच्चाहरूको लागि जीवन बचाउने उपचारात्मक उपचारको लागत बढाउँदै लगेको छ ।

जी ७ ले नेतृत्व गरेको अन्तर्राष्ट्रिय समुदायको जुन २६-२८ सम्म जर्मनीमा भेला भयो । तिनले बालबालिकाको जीवन बचाउनको लागि अब थप स्रोतहरू प्रतिबद्ध गर्न आवश्यक छ। युक्रेनको युद्धमा ध्यान केन्द्रित गरेर मात्रै कोष, सहयोग आउने सुनिश्चित गर्दैन । अन्य संकटहरूबाट मुक्त भ इँदैन । हामीले आगामी वर्ष अफ्रिकाको हर्नमा के हुनसक्छ भन्ने लगायत भविष्यका प्रकोपहरूका लागि पनि तयारी गर्नुपर्छ ।

जलवायु परिवर्तनले बढ्दो र झन झन जटिल आपतकालिन अवस्थाहरूलाई उत्प्रेरित गरिरहेको छ । यस्तो स्थितिमा जी ७ नेताहरूले प्रारम्भिक कार्यको लागि आफ्नो प्रतिबद्धताको पालना गर्नुपर्छ । काममा लगानी गर्नुपर्छ जसले दीर्घकालीन रूपमा यस क्षेत्रका परिवारहरूको लचिलोपन निर्माण गर्न मद्दत गर्नेछ — जस्तै पोषण, स्वास्थ्य, पानी, शिक्षा, र नगद स्थानान्तरण कार्यक्रमहरू ।

र, जब संकटको पहिलो चेतावनी र संकेतको रूपमा अलार्मको घण्टी बज्छ, संसारले तुरुन्तै कदम चाल्नै पर्छ । संकटको दृश्यता वा बच्चाहरू जहाँसुकै क्षेत्र, देश जहाँभए पनि फरक पर्दैन ।

(रानिया दगास युनिसेफको पूर्वी र दक्षिणी अफ्रिकाका लागि उपक्षेत्रीय निर्देशक हुन्।  यो लेख अंग्रेजीबाट भावानुवाद गरिएको हो ।)

तपाइँको प्रतिक्रिया