बिहीबार, वैशाख १३, २०८१

युरोप आउने रूसी ग्यास फेरि कटौती : युरोपमा थप आर्थिक पीडा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन १० गते १०:४०

 

रुसले नर्ड स्ट्रिम पाईपलाईनबाट युरोपमा आपूर्ति गर्दै आएको ग्यासमा फेरि कटौती गर्न लागेपछि युरोपभरि थप आर्थिक पीडा थपिने भएको छ ।

रुसी उर्जा कम्पनी गाजप्रोमले नोर्ड स्ट्रिम १ पाइपलाइनबाट जर्मनीमा ग्यासको प्रवाह गर्दै आएको थियो । तर बुधबारदेखि प्रति दिन तीन करोड ३० लाख घन मिटर (एमसीएम) मा झर्ने बताए पछि युरोपको आर्थिक क्षेत्रमा त्यसले थप पीडा बनाउने भएको हो । ग्यास बितरण गर्ने पाईपलाईनको पूर्ण क्षमता प्रतिदिन १६० एमसीएम भन्दा कम छ।

रुसको ग्यास कटौतीपछि छलफलमा ईयूका मन्त्रीहरू

युरोपमा थप रूसी ग्यास कटौती गर्ने घोषणा रुसले गरेपछि मंगलवार ईयु मन्त्रीहरु छलफलमा जुटेका छन् । ईयु मन्त्रीहरूले मंगलबारको बैठकमा ग्यास राशनको बारेमा छलफल गर्ने तयारी गरेका छन् ।

रुसले आफ्नो नर्ड स्ट्रिम १ पाइपलाइनमा प्राविधिक समस्या आएको र ईयूले रुसमाथि लगाएको प्रतिबन्धका कारण अत्यावश्यक पार्टपुर्जा पुर्‍याउन कठिनाइका कारण कटौती भएको बताएको छ ।

जर्मन सरकारले उनीहरूले यो प्राविधिक समस्या निकाल्ने आइडिया किन्नु नपर्ने बरु आफैं निकाल्ने बताएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कटौतीलाई “ऊर्जा आतंकवाद” भनेका छन् ।

ग्यास प्रयोग घटाउने तयारि

युरोपेली संघका देशहरूले मङ्गलबार आफ्नो ग्यासको मागलाई कम गर्न बनाइएको आपतकालीन ईयु प्रस्तावलाई अनुमोदन गर्ने तयारी गरेका छन् । ग्यास प्रयोग घटाउने प्रस्तावले उनीहरूलाई रूसी आपूर्ति कटौतीको लागि तयारी गर्न विभिन्न राष्ट्रिय मार्गहरू पछ्याउनुपर्ने बनाउँछ ।

रूसको ग्याजप्रोमले नर्ड स्ट्रिम १ पाइपलाइनबाट युरोपमा फेरि प्रवाह घटाउने बताएपछि युरोपले यस हप्ता थप ग्यास घटाउको सामना गर्नु परेको छ । दर्जनौं ईयु देशहरूले पहिले नै कम रूसी आपूर्तिको सामना गरिरहेका छन् । रुसी ग्यास पूर्ण कटौती हुने सम्भावना रहेको ब्रसेल्सले चेतावनी दिएको । देशहरूलाई ग्यास बचत गरी जाडोको लागि भण्डार गरेर तयारी गर्न आग्रह गरिरहेको छ ।

युरोपेली आयोगले गत हप्ता आपतकालीन नियमहरू प्रस्ताव गरेको थियो जसमा प्रत्येक देशले अगस्टदेखि मार्चसम्म १५ प्रतिशतले ग्यासको प्रयोग कटौती गर्नुपर्नेछ। लक्ष्य स्वैच्छिक हुनेछ, तर आयोगले आपूर्तिको आपतकालमा यसलाई बाध्यकारी बनाउन सक्छ ।

यद्यपि यो योजनाले विभिन्न सरकारहरूबाट प्रतिरोधको सामना गरेको छ । देशहरूले यसलाई धेरै देश र उद्योगहरूलाई छुटहरू समावेश गर्न पुन: ड्राफ्ट गरेका छन् । ईयु देशका ऊर्जा मन्त्रीहरूले अन्तिम ड्राफ्टलाई अनुमोदन गर्न मंगलबार भेट्दैछन् ।

रूसी ग्यास कटौतीले युरोपमा आर्थिक पीडा

रुसले युक्रेनलाई समर्थन गर्ने देशहरूलाई झट्का दिँदै बुधबारदेखि युरोपमा ग्यास आपूर्ति कटौती गर्ने बताएको छ। त्यसले समग्र युरोपमाथिनै आर्थिक पीडा थप्ने छ ।

रूसी ऊर्जा विशाल गाजप्रोमले एक ग्यास उद्योग निगरानीको निर्देशन उद्धृत गर्दै सोमबार नोर्ड स्ट्रिम १ पाइपलाइन मार्फत जर्मनीमा हुने ग्यास प्रवाह बुधवार देखि प्रति दिन तीन करोड ३० लाख क्यूबिक मिटरमा झर्ने बताएको छ।

त्यो वर्तमान प्रवाहको आधा हो । यस अघिनै पूर्ण क्षमताको ४० प्रतिशत मात्रै प्रवाह हुँदै आएको छ । युद्ध अघि, युरोपले यसको ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल रूसबाट आयात गर्थ्यो ।

रुसले ग्यास अवरोध हुनुको कारण पाईप, प्रशोधन मेशिनहरुको मर्मतसम्भारका कारण र रुसमाथि पश्चिमी प्रतिबन्धहरूको परिणाम भनेको छ । युरोपेली संघले भने रूसलाई ऊर्जा ब्ल्याकमेलको आरोप लगाएको छ ।

जर्मनीले पछिल्लो समय ग्यास कटौती गर्नुमा कुनै प्राविधिक कारण नदेखेको बताएको छ । युक्रेनीहरुको पाइपलाइन अपरेटर कम्पनीले रूसी ग्यास आपूर्तिकर्ता गाजप्रोमले पूर्व सूचना बिना नै रुसी ग्यास युरोपमा पुर्‍याउन युक्रेन हुँदै बग्ने पाइपलाइनमा तीव्र दबाव बढाएको बताएको छ ।

“पाईपहरुमा त्यस्ता दबाबहरूले पाइपलाइन फुट्नेलगायत आपतकालिन अवस्थाहरू निम्त्याउन सक्छ । पाइपलाइन अपरेटरहरूले तिनीहरूको बारेमा एकअर्कालाई अग्रिम जानकारी दिन बाध्य हुन्छन्” युक्रेनी कम्पनीले भनेको छ । यसका बारेमा गाजप्रोमको प्रतिक्रिया आएको छैन ।

ग्याजप्रोमले उक्त पाइपलाइनबाट एक दिन अघि ४१ दशमलव २ एमसीएमको तुलनामा सोमबार ४१ दशमलव ७ मिलियन घनमिटर (एमसीएम) आपूर्ति गरेको अनुमान गरेको थियो।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युरोप विरुद्ध ‘खुला ग्यास युद्ध’ गरिरहेको चेतावनी दिएका छन् ।

रूसले यस जाडोमा ग्यास कटौती गर्न सक्ने, यो कदमले जर्मनीलाई मन्दीमा धकेल्ने र बढ्दो मुद्रास्फीतिबाट प्रभावित उपभोक्ताहरूलाई चोट पुर्याउन सक्ने युरोपका राजनीतिज्ञहरूले बारम्बार चेतावनी दिंदै आएका छन् ।

रुसले भने युरोपलाई ग्यास आपूर्ति पूर्ण रूपमा रोक्न आफूले नचाहेको बताएको छ ।

(नेपालप्लसको साथमा फ्रंस २४, एपी, एएफपी र रोयटर्स)

तपाइँको प्रतिक्रिया