शनिबार, वैशाख ८, २०८१

फ्रान्समा १,७०० ब्यक्तिमा मन्कीपक्स संक्रमित

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन १० गते ११:१५

Photo Source-Medical Xpress

फ्रान्समा करिब १,७०० मानिसहरू मन्कीपक्सबाट संक्रमित भएको स्वास्थ्यमन्त्री फ्रंस्वा ब्राउनले बताएका छन् ।

ब्राउनले सरकारले हालसम्म मन्कीपक्सका लागि करिब १०० खोप केन्द्र खोलेको र ६,००० भन्दा बढी व्यक्तिले मन्कीपक्स निवारक खोप लिएको बताए।

स्वास्थ्य मन्त्रीले पर्याप्त मात्रामा खोप उपलब्ध गराउनकालागि अतिरिक्त सहयोग परिचालन गर्ने बताएका छन् । मेडिकल विद्यार्थीहरूलाई ज्याब्सहरू प्रशासित गर्न प्रशिक्षण दिने योजना रहेकोपनि उल्लेख गरेका छन् ।

ब्राउनले घाउ वा अन्य लक्षणहरू भएका बिरामीहरूलाई सकेसम्म चाँडो स्वएकान्तवास (आइसोलेसन) मा बस्नपनि आह्वान गरेका छन् ।

आम जनताको लागि ठूलो खतरा नभएको र सरकारले आफ्नो खोप अभियानलाई सबैभन्दा जोखिममा रहेका लक्षित समूहहरूमा केन्द्रित गर्ने बताएको छ ।

“विरामीहरूको प्रोफाइल कस्तो छ भने तिनीहरू मुख्यतया पुरुषहरू हुन् जसले अन्य पुरुषहरूसँग यौन सम्बन्ध राखेका छन् । तर बिरामीको छालाको सम्पर्कबाट पनि संक्रमित हुनसक्छ” ब्राउनले बिएफएम टिभीसँगको अन्तर्वार्तामा भनेका छन् ।

“यो रोगबाट सबैभन्दा बढी जोखिममा रहेका जनसंख्याका लागि हामीसँग सजिलैसँग प्राप्त हुने पर्याप्त खोपको मात्रा छ” ब्राउनले थपे।

सबैभन्दा धेरै संक्रमण पेरिस क्षेत्रमा भएको छ । सरकारले पेरिसमा यस हप्ता मन्कीपक्सलाई लक्षित गर्दै एक प्रमुख खोप केन्द्र खोल्ने भएको छ।

विश्व स्वास्थ्य सङ्गठनले शनिबार तीव्र गतिमा फैलिरहेको मन्कीपक्सको प्रकोपले विश्वव्यापी स्वास्थ्य आपतकालको रुप लिएको बताएको छ । यस वर्ष अहिलेसम्म ७५ भन्दा बढी देशमा मन्कीपक्सका १६ हजारभन्दा बढी घटना र अफ्रिकामा पाँच जनाको मृत्यु भइसकेको छ ।

हालैको प्रकोपलाई अध्ययन गर्दा पुरुषहरूसँग यौनसम्पर्क गर्ने पुरुषहरूमा यो भाइरल रोग मुख्यतया फैलिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक