शुक्रबार, वैशाख ७, २०८१

रुसले सन् २०२४ पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन छोडेर आफ्नै निर्माण गर्ने

नेपालप्लस सम्वाददाता / काठमाडौं२०७९ साउन १० गते १९:११

रुसले सन् २०२४ पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) छोडेर आफ्नै निर्माण गर्ने बताएको छ ।

युक्रेनमा चलिरहेको युद्धलाई लिएर रुस र पश्चिमी देशहरुबीचको तनाव बढ्दै गएपछि मस्कोले सन् २०२४ पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) छोड्ने घोषणा गरेको हो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका नवनियुक्त महानिर्देशक युरी बोरिसोभबीच भएको बैठकमा यो निर्णय भएको भन्दै रुसी सञ्चारमाध्यमले सार्वजनिक गरेको हो ।

यो घोषणालाई पस्चिमी देशहरुले सामान्यतया अन्तरिक्षमा अन्तर्राष्ट्रिय सहयोगको लागि खराब समाचारको रूपमा हेरेका छन् । यसको मतलब रूसले अन्तरिक्षमा आफ्नो चाख र खगोलको महत्वाकांक्षाहरू छोडेको छ भन्ने होइन । यसले आफ्नै नयाँ कक्षीय स्टेशन सिर्जना गर्नेछ । रुसको यो निर्णयबाट अब अन्तरिक्षमा झन धेरै प्रतिस्पर्धा र विवाद हुनसक्ने आशंका गर्न सकिन्छ ।

पूर्ववर्ती दिमित्री रोगोजिनलाई यस महिनाको सुरुमा पुटिनले रोजकोसमोसको प्रमुखबाट व्यक्तिगत रूपमा हटाएर युरी बोरिसोभलाई प्रतिस्थापन गरेका थिए । बोरिसोभले अन्तर्राष्ट्रिय स्टेशनमा रुस एक्लै अगाडि बढ्ने निधो गरेका हुन् । बोरिसोभले रुसको आफ्नै अन्तरिक्ष स्टेशन निर्माण गर्ने निर्णयलाई अन्तरिक्ष उद्योगमा उटा खम्बा उठाउने त्यो आफ्नो कार्यक्रमको मुख्य प्राथमिकता भनेका छन् ।

“अवश्य पनि हामी हाम्रा साझेदारहरूसितका हाम्रा सबै दायित्वहरू पूरा गर्नेछौं, तर २०२४ पछि यो स्टेशन छोड्ने निर्णय गरिएको छ” बोरिसोभले भने ।

आइएसएसबाट रुस निस्किएपछि मस्कोले पश्चिमी देशहरूसँग शान्तिपूर्वक सहयोग गरिरहेको केही बाँकी क्षेत्रहरूमध्ये एक हो ।

फेब्रुअरीमा युक्रेनमाथि रुसको आक्रमण र त्यसपछि रुसमाथि लगाइएका प्रतिबन्धहरू, आईएसएसको भविष्यलाई लिएर नासा र रोस्कोसमोसबीच एक अर्कामाथि आलोचना युद्ध सुरु भएपछि तनाव बढेको थियो ।

स्टेशनमा अन्तर्राष्ट्रिय सहयोग नासा, जापानको जाक्सा, युरोपको ईएसए र क्यानाडाको सिएसए अन्तरिक्ष एजेन्सीहरू बीच समन्वय र संलग्नता जारी रहनेछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक