बिहीबार, वैशाख १३, २०८१

अरुको बेइमानीका बदलामा आफ्नो लागि केही माग, हरेक बेइमानसँग बेइमानी साटासाट

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ साउन ११ गते ११:०२

फोटो स्रोत- नेपाली टाईम्स

निकै शक्तिशाली भनिएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले रजिनामा दिएर केही दिनको लागि उनी काम चलाऊ हैशियतमा छन । आफैंले नियुक्त गरेका मन्त्री मण्डलका केही सदस्यहरुले राजिनामा दिए । उनको कन्जर्भेटिभ पार्टी अब अर्को प्रधानमन्त्री चयनको प्रकृयामा छ । अब आउँदो ५ देप्टेम्बरमा बेलायतले नयाँँ प्रधानमन्त्री घोषणा गर्ने छ । धेरैलाई लाग्न सक्छ, निकै महत्वकांक्षी मानिने अहिलेका यि प्रधानमन्त्री जोन्सनले प्रधानमन्त्रीको आफ्नो अर्ध कार्यकाल सकिएपछी के गर्लान ? यो प्रश्न हामी नेपालीहरुलाई स्वभाविक लाग्न सक्छ । किनभने नेपालमा यस्तो अवस्था आएको खण्डमा के हुने थियो ? ईतिहासले उत्तर पनि स्वभाविक रुपमै दिएको छ ।

नेपालमा या त मध्यावधी घोषणा भएको छ या त्यस्तो दल विभाजन भएको छ । तर बेलायतमा जोन्सनले न त दल विभाजन गर्नेछन न उनले मध्यावधी नै घोषणा गरे । केही दिन अघि आफुले सहज रुपमा कुनै जागिर खोज्ने बताएका थिए । अब पुर्व पत्रकार रहेका यि प्रधानमन्त्री कुनै कम्पनीको सल्लाहकार हुनेछन अथवा पत्रपत्रीकामा लेखहरु लेखेर बाँकी जीवन विताउने छन् ।

जोन्सन जम्मा ६० वर्षका छन । नेपाली नेताहरुको उमेर हेर्ने हो भने यिसँग राजनीति गर्न अझै २० वर्ष छ । कन्जरभेटिभ पार्टीलाई फुटाउने हो भने पनि उनीसँग ठुलो जनमत छ । तर यिनले यस्तो गर्दैनन । ब्रेक्जिट अभियानका क्रममा लेवर पार्टीका एक जना नेताले यिनको बारेमा टिप्पणी गर्दै भनेका थिए- जोन्सन यस्ता मान्छे हुन जसले बदमासी पनि इमान्दारिता पुर्वक गर्छन् । हो यही कुरा हो राजनीतिमा मान्छे कत्तिको इमान्दार हुन मिल्छ भन्ने !

खासमा राजनीतिज्ञहरु इमान्दार हुन मिल्छ कि मिल्दैन होला ? देशमा सबै भन्दा इमान्दार हुनुपर्ने भनेको नै राजनीतिज्ञ हुन । जनता इमान्दार नभए पनि हुन्छ । किनभने इमान्दार मान्छेहरुले इमान्दारीतापूर्वक बनाएको कानुनले जो कोहीलाई आफ्नो दायरामा ल्याउँछ । तर राजनीतिज्ञहरु बेइमान भए भने जुनसुकै देश पनि नेपाल बन्नसक्छ ।

शेर बहादुर देउवाले भर्खरै आफ्नै मन्त्रीहरुका कारण बेलायती प्रधानमन्त्री जस्तै आफ्नो पदबाट हट्नु परेको भए के गर्दा हुन ? कुरो स्पष्ट छ- पहिलो त ति मन्त्रीहरु जसेले उनलाई सत्ताच्युत गराएर तिनलाई जन्मदेखिको बल लगाएर पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गराउँथे । यदी पार्टीको केन्द्रिय समितिको बहुमत ति मन्त्रीहरुका पक्षमा देखियो भने मध्यावदी चुनाव घोषणा गर्थे वा यो पनि भएन भने पार्टी फुटालेर अलग हुन्थे । यो देउवा मात्र होइन ओली, बाबुराम, प्रचन्ड, माधव नेपाल, झलनाथ सबैले गर्ने यही हो र यही गरेका पनि हुन ।

एक्कैछिन थोरै पछाडि फर्केर हेरौं । बितेका वर्षमा नेपालका ठूला र साना सबै पार्टीहरु कति पटक टुक्रिय र ति फेरी कती पटक मिले ? अथवा नेपालमा यो दुई दशकमा कती दर्जन नयाँँ पार्टी थपिए ? धेरैलाई यसको हेक्का पनि नहुन सक्छ अथवा हाम्रो देशमा पार्टीहरु फुट्नु र जुट्नु सामान्य भइसकेकोले पार्टीहरु फुट्दा र जुट्दा कसैलाई मतलव पनि हुँदैन । तर हामीले कहिल्यै मनन गरेका छौं- यि पार्टीहरु किन टुक्रिन्छन वा जुट्छन ? नेपाली कांग्रेस फुटालेर शेरबहादुर देउवा केका लागि बाहिरिएका थिए र उनी केका लागि फेरी कांग्रेस मै फर्केर आए ? वामदेव गौतमले एमाले पार्टी किन टुक्र्याएर र किन फेरी मिसिए ? बाबुरामले माओवादी पार्टी किन छोडे ? किन मधेसबादी दलसँग मिले ? किन फेरी छुट्टिए ? माओवादी एमाले किन जोडीयो र फेरी किन फोरियो ? माधव नेपाल, झलनाथ खनाल र केपी ओलिहरु किन फुटे र फेरी अहिले बामपन्थी एकताको कुरा किन हुँदैछ ?

यदी यि सबै देश बनाउनका लागि थिए भने त देशले अहिले एक दुई फड्को होइन हजारौं फड्को मारिसक्ने थियो । तर विडम्बना यि जुट्ने र टुट्ने प्रकृयाहरु मात्र ब्यक्तिगत स्वार्थ केन्द्रित थिए । एमाले टुक्रिंदाको महाकाली सन्धीको एउटा मुद्दालाई छोड्ने हो भने कुनै पनि राष्ट्रिय मुद्दालाई लिएर न त अहिलेसम्म कुनै पार्टी टुक्रिएको छ न कुनै पार्टी जोडीएको छ । शेरबहादुर देउवाले नितान्त ब्यक्तिग महत्वकांक्षाका कारण नेपाली कांग्रेस छोडेर अर्को पार्टी गठन गरे । बाबुराम भट्टराईले पनि देश बनाउनका खातिर माओवादी पार्टी छोडेका होइनन । उनलाई माओवादीमा प्रचन्ड रहुन्जेल अध्यक्ष भईन्छ भन्ने लाग्दै लागेन । माओवादी छोडे र आफ्नै पार्टी उत्पती गरेर अध्यक्ष बने । एमाले र माओवादी मिलेर बनेको नेकपा पनि प्रचन्डलाई पद जसरी पनि चाहिने केपी ओलीले छोड्दै नछड्ने कारण फुटेको हो । झलनाथ खनाल र माधव नेपालहरु आफ्ना लोभी आँखालाई सितल बनाउन अर्कै तिर लागेका हुन ।

देश सँग राजनीतीकर्मीहरुको एउटै मात्र ब्यक्तिगत स्वार्थ छ । नत्र एउटा मात्रा गतिलो र इमान्दार नेता देशको सर्वोच्च तहमा पुग्ने हो भने त्यो देशको कायापलट भएको उदाहरण विश्वमा दर्जन भन्दा बढी छन । नेपाल किन बन्न सक्दैन ? किनभने हाम्रो देशमा एउटा पनि इमान्दार नेता छैन । देश हरेक पटक बेइमानहरुले चलाएका छन । कस्तो विडम्बना छ- जोसुकै प्रधानमन्त्री वा मन्त्री हुउन् आफू र आफ्नो परिवारको फाईदाका लागि देशको कानुन र नियमावली नै फेरिदिन्छन । भर्खरै शेरबहादुर देउवाले सशस्त्र प्रहरी नियमावली-२०७२ नै संशोधन गरेर आफ्ना ज्वाइँपर्नेलाई सशस्त्र प्रहरी बलको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा गराएका छन ।

केपी ओलीले ओम्नी समुह र यती समुहका लागि के के गरे भन्ने कुरा पनि धेरै पुरानो भएको छैन । प्रचन्डले अजय सुमार्गी, दुर्गा प्रसाई र आफ्नो घरबेटी ठेकेदारका राष्ट्रको सम्पत्ति कसरी दोहन गरे- सबैले सुने बुझेकै कुरा भयो । तर यस्ता बिषयमा तिनका पार्टीका कसैले पनि केही बोल्दैन । पार्टीका कार्यकर्ता देखी नेताहरुसम्म देश दोहन गर्ने मतियारहरु मात्र हुन । देश र जनताका वारेमा सोच्ने र काम गर्ने एउटा पनि इमान्दार नेता देशमा छैन ।

यदि कसैलाई फलानो मान्छे त इमान्दार छ भन्ने लाग्छ भने त्यो फगत केखि छिनको भ्रम मात्र हो । राजनीतिक पार्टीहरु भित्र अहिलेसम्म एउटा पनि इमान्दार र देशका लागि केही गर्न सक्छ भन्ने कुनै पनि नेता देखिएको छैन ।

हुन त पार्टी भित्र इमान्दार जस्ता देखिने तर पदमा नपुगेका केही ब्यक्तिहरु छन । तिनिहरु प्रती जनताको आशा पनि हुन सक्ला । तर इमान्दार यसकारणले देखिएका छन कि तिनिहरु बेइमानी गर्ने ठाउँँसम्म पुगिसकेका छैनन् ।

कुनै बेला बीपी कोइरालाले भनेका थिए- “शेर बहादुर देउवा जस्तो इमान्दार र संघर्षशिल नेता विरलै जन्मिन्छ यो समाजमा” । बीपी समेत झुक्किएका थिए । शेरबहादुरको बेइमानी हामीले भोगिरहेका छौं । आफूलाई इमान्दार भन्नेहरुले देश र जनता प्रती भएको बेइमानीका विरुद्दमा बोल्न सक्नुपर्छ । कसले बोलेको छ ? छैन । जसले केही बोलेको छ उसले अरुले गरेको बेइमानीका बदलामा आफ्नो लागि केही मागेको छ । यो देशमा हरेकले बेइमानीसँग बेइमानी साटेको छ ।

तपाइँको प्रतिक्रिया