मंगलबार, वैशाख ११, २०८१

हिथ्रो एयरपोर्टमा धेरै लाम लाग्नुको कारण महिलाको मेकअप

नेपालप्लस संवाददाता / बेलायत२०७९ साउन ११ गते १६:२९

बेलायतको अत्यन्त ब्यस्त हिथ्रो विमानस्थलमा यात्रुहरुले लामो समय लाम लाग्न परेको गुनासो आइरहेका बेला विमानस्थलका हामिकले भने महिलाहरुको मेक अपलाई दोष लगाएका छन् ।

“हिथ्रोमा डरलाग्दो ढिलाइ आंशिक रूपमा हुनुमा महिला यात्रुहरूले धेरै समय मेकअप गरेर बिताउने र लाम अगाडि बढेन भन्ने बहाना पार्दै बसिदिनाले भएको हो” एयरपोर्टका हाकिमले दावी गरेका छन् ।

हालैका महिनाहरूमा हिथ्रो विमानस्थलमा यात्रुहरूले घुमाउरो लामहरू झेल्नुपरेको छ । त्यसैगरि अन्तिम-मिनेटमा विमान रद्द र सामान हराएर हैरानी झेल्नुपरेको छ ।

अराजकता रोक्न एयरपोर्टले भर्खरै दैनिक एक लाख आगन्तुकहरूको कोटा पेश गरेको छ । एयरलाइन्सहरूलाई अगस्ट महिनाको उडानहरूको लागि नयाँ टिकटहरू बेच्न बन्द गर्न भनेको छ ।

यद्यपि हिथ्रोका प्रमुख कार्यकारी जोन हल्यान्ड-केले गर्मीको छुट्टी राम्रोसित सुरु भएको बताएका छन् ।

“उनीहरूले धेरै झोलाहरू लिएका छन् र उनीहरूको झोलामा थप तरल पदार्थहरू छन् जसले गर्दा  एयरपोर्टमा जाँच्न समय अलि बढी लाग्छ” उनले भने ।

“धेरै मानिसहरूलाई उनीहरूको सबै मेकअपका सामान जाँच गर्नकोलागि रोकिएको छ । किनभने ति सामानहरु झोलामा सँगै लैजान्छन् कि भनेर विमानस्थलका कर्मचारीहरु चिन्तित छन्” उनले भनेका छन् ।

उनको भनाईमा मानिसहरूले मेकअपलाई यात्राको बेला आवश्यक छैन, मेक अपका सामान लान हुन्न, पाइन्न भनेर नसोच्ने हुँदा विमानस्थलमा तिनलाई धेरै बेर अर्थ्याउँदा, जाँच गर्दा र सिकाउँदा समय धेरै लाग्ने गरेको हो ।

मेकअप गर्ने महिलाहरूनै हुने भएकाले उनको टिप्पणी महिला यात्रुहरूलाई लक्षित गरेको मानिएको हो ।

तपाइँको प्रतिक्रिया