बुधबार, वैशाख १२, २०८१

लगभग ८० प्रतिशत बोतलको पानी माइक्रोप्लास्टिक्सले दूषित

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन १२ गते १९:४२

तपाइँ प्लास्टिकको बोत्तलको पानी घ्वाटघ्वाटी पिउनुहुन्छ ? त्यसको अर्थ पानीसँगै केहि प्लास्टिक पनि पिउनुहुन्छ । जुलाई २१ मा एक्सन फर इन्भाइरोमेन्ट (आजिर पोर लँभिरोन्मँ) संस्थाद्वारा प्रकाशित एक विश्लेषण प्रतिवेदनले फ्रान्समा सबैभन्दा बढी बिक्रि हुने नौवटा पानीका बोतलहरूको परिक्षण गरेको थियो । ति मध्ये सातमा माइक्रोप्लास्टिक रहेको देखाएको छ ।

माइक्रोप्लास्टिकको संख्या एकैनाश भने छैन, धेरै परिवर्तनशील छ। केही बोतलहरू (डेढ लिटरको एभियन बोतल, एक लिटरको बाद्वा रातो बोतल) मा प्रति लिटर मात्र एक माइक्रोपार्टिकल हुन्छ । जबकि अन्य बोत्तल (क्रमशः १ लिटर भिट्टेल बोतल, १ लिटर क्रिस्टालिन बोतल) मा प्रति लिटर ५ वा ८ माइक्रोपार्टिकल्स देखाउँछ। दुखद पक्ष के भने ३३ सेन्टिलिटरको बालबालिकाहरूका लागि तयार पारिएको भिटेल किड्स पानीमा प्रति लीटर १२१ माइक्रोपार्टिकल्स देखिएको छ ।

संवन्धित : प्रत्येक हप्ता कति प्लास्टिक खानुहुन्छ ? एउटा बैंक कार्ड जत्तिकै !

पानीका बोत्तलमा पाइने मुख्य प्लास्टिकहरू पोलीप्रोपाइलिन, पोलिथिलीन र पोलिथिलीन टेरेफ्थालेट हुन् । आधा लिटरको भोल्भिक र ३३ सेन्टिलिटरको क्यारेफुर सुपरमार्केटले तयार पारेको मोन्टक्लार गरि दुई बोतलहरूमा माइक्रोपार्टिकल्स देखिएको छैन ।

कम अनुमानित परिणामहरू ?

वातावरणका लागि प्रयोगशालामा कडा शर्त हुन्छन् । वातावरण र स्वास्थ्यकालागि गरिने विश्लेषणहरूको कडा सर्तहरूले नतिजाहरूलाई कम मूल्याङ्कन गरेको हुनसक्छ भन्ने कुरामा अध्ययनले जोड दिएको छ । बोतललाई पराबैंजनी रङ वा सूर्यको किरणमा पार्दा बोत्तल तात्छ । केहि मात्रा पग्लिन्छ । बोत्तल तातेपछि वा पुन: प्रयोग गर्दा प्लास्टिकको सूक्ष्म कणहरूको उपस्थिति बिग्रने सम्भावना हुन्छ । अर्कोतर्फ १० माइक्रोमिटर भन्दा कम कणहरू भएको प्लास्टिकको बोत्तल पत्ता लगाउन प्रतोगशाला सुसज्जित थिएन । प्रयोगशालाको मेशिननै त्यो सुविधायुक्त, क्षमतायुक्त थिएन ।

तपाईलाई थाहा हुनुपर्छ, प्लास्टिक कुहिएर, गलेर जाँदैन । यो माइक्रोप्लास्टिकमा टुक्रा हुन्छ, त्यसपछि अझ सानो भागमा टुक्रिन्छ । त्यसलाई नानोप्लस्टिक भनिन्छ । प्लास्टिकका ति कणहरू असाध्यै सानो हुनाले तिनीहरू सजिलैसित जताततै मिसिनसक्छन् ।

वातावरणको लागि गरिएको अनुसन्धानले देखाउँछ, औसतमा हामी प्रति हप्ता क्रेडिट कार्ड बराबर (५ ग्राम प्लास्टिक) निल्छौं ।

एक्सन फर इन्भाईरोमेन्टले फ्रान्सका राष्ट्रपती एमानुएल म्याक्रोनको पाँच वर्षे कार्यकालको अन्त्यमा अर्थात् सन् २०२७ मा प्लास्टिकका बोतलहरूमा प्रतिबन्ध लगाउन आह्वान गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक