शुक्रबार, वैशाख १४, २०८१

जलवायु परिवर्तनले जर्मनीलाई तीन वर्षमा ८० अर्ब युरो खर्च

नेपालप्लस संवाददाता / जर्मनी२०७९ साउन १२ गते २०:२३

जलवायु परिवर्तनका कारण जर्मनीमा तीन वर्षमै ८० अर्व युरो खर्च भएको छ ।

जुलाई १८ मा ल फिगारो दैनिक र एएफपी द्वारा प्रकाशित एउटा अध्ययन (जर्मन भाषामा) अनुसार, जलवायु परिवर्तनको नतिजाले जर्मनीलाई सन् २०१८, २०१९ र २०२१ मा मात्रै ८० अर्ब खर्च गराएको छ ।

जलवायु तथा वातावरण मन्त्रालयले आफूले तयार पारेको यस प्रतिवेदनको नतिजालाई ‘डरलाग्दो’ भनेको छ । यसरी, २०१८ र २०१९ को ग्रीष्ममा गर्मी र खडेरीको धेरै तीव्र छालहरूले राज्यलाई ३५ अर्व खर्च गरायो । त्यस्तै जुलाई २०२१ को घातक बाढीका कारण ४० अर्ब यूरो खर्च गर्नुपर्‍यो ।

रिपोर्टका अनुसार हावाहुरी र असिनाका कारण ५ अर्ब युरो खर्च भएको थियो । अन्तमा, अध्ययनले रायन नदी र यसको आसपासमा अधिकारीहरूले सन् २००० देखि ग्लोबल वार्मिंगका कारण प्रति वर्ष औसत ६ अर्व ६० करोड युरो खर्च गरेको औंल्याएको छ ।

यसको अर्को डरलाग्दो पाठ के भने अप्रिल २०२१ मा जर्मन संघीय संवैधानिक अदालतले जलवायु परिवर्तनबाट खतरामा पर्ने नजन्मेका मानिसहरूका लागि जीवन र स्वास्थ्यको अधिकारको मान्यता दिएको छ । अर्थात् जति वालवालिका जन्मिन्छन् तिनकोलागिपनि जलवायु परिवर्तनको क्षतीको जिम्मा सरकारले लिनुपर्छ ।

जर्मनीमा जलवायु परिवर्तनकै कारण उत्पन्न उच्च गर्मी र बाढीले ७,५०० जनाको मृत्यु भएको जनाईएको छ । “सन् २०१८ र २०१९ मा असाधारण रूपमा उच्च गर्मीको कारण हुनसक्छ”रिपोर्टमा भनिएको छ ।

तपाइँको प्रतिक्रिया