आइतबार, मंसिर ११, २०७९

हामीले देख्ने सुन्तला रङको बाघ मृगका आँखामा हरियो !

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ साउन १३ गते १२:१३

दाहिनेतिरको हामीले देख्ने बाघ र देब्रेतिरको मृग, हरिणले देख्ने बाघ

जंगली जनावरहरु प्राय धमिला, फुस्रा हुन्छन् । तर किन बाघ चम्किलो सुन्तला रङको हुन्छ ? यो प्रश्न निकै लामो समयदेखि जिवजन्तु विशेषज्ञ, वैज्ञानिकहरुबिच चल्दै आएको हो । कोहि भन्छन्, यसरि चम्किलो हुनाले अन्य जनावरभन्दा तिनलाई स्पष्ठ, फरक र चिन्न सजिलो बनाउँछ । खास गरेर हरियो वनको हरियो पृष्ठभूमिबाट फरक देखिनकालागि हो ।

विलियम ब्लेकले आफ्नो विश्व प्रसिद्द कवितामा लेखेका छन्- ‘टाइगर टाईगर बर्निङ ब्राईट । ईन द फरेस्ट अफ त नाईट ।’

हो यसैले बाघ किन चम्किलो, पाटै पाटा परेको सुन्तला रङको हुन्छ भन्ने उत्तर दिन्छ ।

खास गरेर हाम्रो लागि स्पष्ठ देखिने, धानाकर्षक हुन्छन्, बाघ, चितुवा लगायतका ठूला बिरालाहरू । उनीहरूले शिकार गर्ने मुख्य जनावरहरूलाई ठूला बिरालाले उसैगरि स्पष्ठ देख्छन् । तर बँदेल, हरिण र मृगहरुले बाघलाई देख्दा फरक रङ देखाउँछ ।

 रङका अन्धा जनावर

बाघका शिकारहरुले कुन रङ देख्छन् त ? तिनले बाघलाई हेर्दा गरिएको अध्ययनले के पत्ता लाग्यो भने रातो- हरियो मिश्रित रङ नदेख्ने (रङका अन्धा) रहेछन् । त्यसो त, यहि समस्या केहि मानिसमापनि हुन्छ ।

यसको अर्थ के हो भने त्यस्ता जनावरको आँखाले हरियो र निलो रङ लिन्छ सुन्तला र रातो रङ लिँदैन, खुट्याउँदैन ।

यसको अझ सरल अर्थ के भने तिनीहरु निलो-हरित रङको वर्णक्रम (स्पेक्ट्रम) प्रति बढि संबेदनशिल हुन्छन् । त्यो किन भने उनीहरुको आँखाको पर्दाको घनत्व उच्च (हाई रड डेन्सिटी) हुन्छ । तर लामो तरंगकासाथ फैलिने वा लामो तरंगसहित देखिने सुन्तला र रातो रङप्रति उनीहरु कम संवेदनशिल हुन्छन् । अर्थात् उनीहरुको आँखाले त्यसलाई बेवास्ता गर्ने हुन्छ । भन्नाले तिनका आँखाको बनावट, संरचनानै त्यस्तो हुन्छ । त्यसैले कुनै मृगकालागि बाघ सुन्तला रङको चम्किलो रङ भन्दा हरियो रङका रुपमा देखापर्छ ।

सामान्य रङ दर्शन वा सामान्य मानिसले रातो, निलो र हरियो रंगहरू देख्न सक्दछ । तर मृग, हरिणले निलो र हरियो प्रकाश मात्रै लिन सक्दछ । तिनीहरु रातो, सुन्तला रङका अन्धा हुन्छन् । फोटो- राष्ट्रिय प्रकृति संरक्षण कोष

त्यसैले गर्दा बाघलाई आफ्नो चम्किलो रङबाट बचेर, लुकाएर वा चम्किलो रङ नभएजसरि झुक्काएर शिकारको नजिक पुग्न सहज हुन्छ । रातो-हरियो रङ छुट्ट्याउन नसक्ने अन्य जनावरहरूमा ब्वाँसा, स्याल, कुकुर र बिरालाहरू हुन् ।

आँखामा कुनै समस्या नभएको वा सामान्य खालको मानिसले रातो, निलो र हरियो रंगहरू देख्न सक्दछ ।

तर हरिण, मृगहरूले केवल निलो र हरियो प्रकाश टिप्न सक्दछन् । तिनीहरू रातो रङका अन्धा हुन्छन् केहि मानिसहरु जस्तै ।

नयाँ अनुसन्धानका अनुसार यसको मतलब बाघको शरिरका सुन्तला रङको गठन मृगहरुको आँखामा हरियो देखिन्छ । तिनीहरूलाई जंगलको हरियो पृष्ठभूमिमा पूर्ण रूपमा मिश्रण गर्न दिँदै हरियो देखाइदिन्छ ।

ब्रिस्टल उनिभर्सिटीका डा. जोन फेनेल र उनका सहकर्मीले जनावरको द्रिष्यबारे कम्प्युटरमा परिक्षण गरेका थिए ।

त्यो पत्ता लगाउन उनीहरुले जनावर बस्ने वातावरणका छविहरू प्रयोग गरे । ति वातावरणमा बाँच्ने अन्य पशुहरुसहित वातावरणमा उनीहरुले अन्य रङहरु निकालेर, कम्प्युटरमा अन्य रङहरुको उत्पादन गरेर जनावरहरुलाई फरक रङमा मिश्रित भए बस्न मद्दत पुग्छ कि पुग्दैन भनेर हेरे ।

डा. फेनेलको भनाईमा रङहरु फरक बनाएर, बढाएर वा चम्किलो गराएर हेर्दा ति जनावरले मात्रै दुईव्टा रङ देख्ने बुझियो । जसले रातो र हरियो बीचको भिन्नता पत्ता लगाउन सक्दैन । उनीहरुमा देख्ने र लुकाउने वा झुक्काउने दुई रङ मात्रै हुने पता लगाए ।

रोयल सोसाइटी जर्नल इन्टरफासमा डा. फेनेल लेख्छन्: ‘टाइगर (फेलिस टाइग्रिस) को पाटाहरु बिचार गर्नुहोस, यसमा भुवा वा रौं (फर) छ जुन तीन वटा रङ देख्नेकालागि । यसमा भएको हरियो खालको चायाँ वा प्रिष्ठभूमी जस्तो देखिन्न । सुन्तला रङ बढी देख्नुपर्नेमा हरियोको केही छाया देख्छ जुन वन जंगलको रङसित मिलेको हुन्छ । त्यहि रङले जंगलमा एक आक्रमणकारी शिकारीको लागि बढी उपयुक्त तरिकाले छल गर्न सक्षम बनाइदिन्छ ।’

तर जब दुई रङका बिचमा भेद छुट्ट्याउन सक्नेले हेर्छ त्यहि सुन्तला रङ बढी प्रभावकारि भैदिनाले देखिन्छ ।

डा. फेनेलले मान्छेहरुमापनि यो परिक्षण गरे । उनले केहि छविहरू स्क्रीनिंग गरेर दुई वटा प्रिठभूमिमा सम्मिलित गराएका थिए ।

एउटा शीतोष्ण वनमा थियो । त्यसकालागि उत्तरी समरसेटको लेईग वन छानियो । अर्को सुख्खा तर केहि वर्षाद हुने (सेमी एरिड) वातावरण भएको स्पेनको अल्मेरियास्थित ताबेर्नास मरूभूमिमा थियो ।

अन्वेषकहरूले मापन गरे कि प्रिष्ठभूमिमा सम्मिलित गरिएका रङहरुमध्ये तीन रङ र दुई रङ (टु वे एण्ड थ्री वे कलर भिजन) कति छिटो देख्छन् भन्ने फेला पारे ।

पर्यवेक्षकहरू दुवै परिदृश्यमा तीन रङका छविहरू पत्ता लगाउन धेरै छिटो देखिए ।

अब प्रश्न उठ्छ- बाघहरुको शरिरको प्रिष्ठभूमीमा किन हरियो पाटा हुन्न ? डा. फेनेल र सहकर्मीहरू लेख्छन् ‘स्तनपायीहरू हरियो भुवा उत्पादन गर्न सक्षम हुँदैनन् ।

त्यसो गर्न स्तनपायी जिवमा रसायनविज्ञानमै महत्वपूर्ण परिवर्तन आवश्यक हुन्छ। एक मात्र स्तनपायी हरियो भुवा वा रौं भएको जिव छ ‘ग्रीन स्लोथ (भालु वर्ग) को । योपनि झुक्काउने रङ हो खास हरियो होइन जुन भित्रै देखि पलाएर आउने । किनकि त्यसको शरिरमा हरियो खालको काई (आल्ग) उम्रिने हो ।

बाघको शरिसमा उम्रिने सुन्तला रङ फेओमेलानिन् भनिने एक रासायनिक तत्वद्वारा भित्रैबाट उत्पादन गरिन्छ ।

डा. फेनेलले खुला प्रश्न राखिदिएका छन्, ‘किन हरिण र मृगमा तीन खालको रङको द्रिष्यक्षमता विकास हुन्न ? किनकि यसले उनीहरूलाई खानलाई रोक्न मद्दत गर्दछ।

कलरब्लाईन्ड (कुनै कुनै रङको भिन्नता छुट्ट्याउन नसक्ने) ब्यक्तिहरु सामान्य रङ देख्ने क्षमताका भन्दा आफ्ना शत्रुहरु ठम्याउन बढी सफल देखिएका थिए युद्दको समयमा ।

डा. फेनेलको भनाईमा सामान्य तीन रङ देख्ने क्षमता हुनु भनेको लुकिएको, झुक्काउने रङलाई चिन्न बढी सहज र क्षमता हुनु हो ।

तपाइँको प्रतिक्रिया