शनिबार, वैशाख ८, २०८१

यूरोजोनमा फेरि मुद्रास्फीति, अघिल्लो रेकर्ड तोड्दै ८ दशमलव ९ प्रतिशतले वृद्धि

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन १४ गते १६:११

यूरोजोनमा आर्थिक सुधार गर्ने अपेक्षा गर्दागर्दै आठ दशमलव नौ प्रतिशतले मुद्रास्फीति बढेर अहिलेसम्मकै रेकर्ड तोडिएको छ ।

युरो मुद्रा प्रयोग गर्ने युरोपेली देशहरूमा मुद्रास्फीतिले जुलाईमा अर्को कीर्तिमान बनाएको छ । युक्रेनमा रूसको युद्धले इन्धनको मूल्यहरू उच्च हुनाले मुद्रास्फितिलाई माथि धकेलेको हो । तर अर्थतन्त्रले अपेक्षा गरेभन्दा राम्रो व्यवस्थापन गरेको दाबी गरिएको छ । थोरैले भएपनि दोस्रो त्रैमासिकमा वृद्धि भएको भनिएको छ ।

युरोपेली सङ्घको तथ्याङ्क निकाय युरो स्टाटले शुक्रबार प्रकाशित गरेको तथ्यांकअनुसार युरोजोनका १९ देशमा वार्षिक मुद्रास्फीति जुलाईमा बढेर ८ दशमलव ९ प्रतिशत पुगेको छ । जुनमा ८ दशमलव ६ प्रतिशतले बढेको थियो ।

महिनौंदेखि मुद्रास्फीति बढ्दै जाँदा सन् १९९७ देखि यताकै उच्चतम स्तरमा चलिरहेको छ । युरोपेली केन्द्रीय बैंकले ११ वर्षमा पहिलो पटक गत हप्ता ब्याज दर बढाउन र सेप्टेम्बरमा अर्को वृद्धिको संकेत दिएको छ ।

ऊर्जाको मूल्य जुलाईमा ३९ प्रतिशत ७ प्रतिशतले बढ्यो । ग्यास आपूर्तिको चिन्ताका कारण अघिल्लो महिनाको तुलनामा थोरै मात्र कम भएको हो । उच्च यातायात लागत, अभाव र युक्रेनी आपूर्तिको अनिश्चितताका कारण खाना, मदिरा र सुर्तिजन्य पदार्थको मूल्य गत महिना पोस्ट गरिएको वृद्धिको तुलनामा ९ दशमलव ८ प्रतिशतले बढ्यो ।

संवन्धित : मार्‍यो महङ्गीले: खाद्य मुद्रास्फीतिमा एक प्रतिशत वृद्धिले एक करोड थप जनता गरिब

युरोजोनको अर्थतन्त्र अप्रिलदेखि जुनसम्म बढेको बढ्यै गर्‍यो । जर्मनीमा स्थिरताको बावजुद अघिल्लो त्रैमासिकको तुलनामा ० दशमलव ७ प्रतिशतले विस्तार भयो। फ्रान्समा शुन्य दशमलव ५ प्रतिशत वृद्धि सार्वजनिक गरेर मन्दीको डरबाट जोगिने प्रयास गरिएको छ । जबकि इटाली र स्पेनले क्रमशः १ प्रतिशत र १ दशमलव १ प्रतिशत विस्तार गरेर मुद्रा स्फितिको अपेक्षाहरू पार गरेका छन् ।

मुद्रास्फीति अपेक्षित भन्दा बढी बढ्दै जाँदा विश्लेषकहरूले आर्थिक वृद्धि गर्न सके मात्रै राम्रो समाचारको अन्तिम झलक हुने अपेक्षा गरेका छन् । मुद्रास्फीति, बढ्दो ब्याज दर र बिग्रँदै गएको ऊर्जा संकटले यस वर्षको अन्त्यमा यस क्षेत्रलाई मन्दीमा धकेल्ने अपेक्षा गरिएको छ।

युरोपको वृद्धि संयुक्त राज्य अ मेरिकासँग विपरित छ जसको अर्थतन्त्र लगातार दुई त्रैमासिकमा संकुचित भएको छ, जसले गर्दा ४० वर्षकै उच्च मुद्रास्फीति भएर मन्दीको डर बढाएको छ ।

तर रोजगार बजार कोविड-१९ महामारी अघि भन्दा पनि बलियो छ, र फेडरल रिजर्व अध्यक्ष जेरोम पावेल लगायत अधिकांश अर्थशास्त्रीहरूले भनेका छन् ‘अर्थतन्त्र मन्दीमा छ जस्तो लाग्दैनन्।’

तथापि, धेरैले युरोपमा जस्तै यस वर्ष वा अर्को वर्ष अमेरिकामा आर्थिक मन्दी सुरु हुने अपेक्षा गरेका छन् ।

युरोपको जोखिम धेरै हदसम्म रुसी उर्जाको निर्भरतासँग जोडिएको छ । मस्कोले प्राकृतिक ग्यासको प्रवाहलाई कम गरिरहेको छ जसले युरोपका कारखानाहरूलाई उर्जा भरिदिन्छ, बिजुली उत्पादन गर्छ र जाडोमा घरहरू तातो बनाउँछ ।

यस हप्ता जर्मनीमा नोर्ड स्ट्रिम १ प्रमुख पाइपलाइन मार्फत जर्मनी आउने ग्यास रुसले कटौति गरिदियो । अब रुसले ग्यास आपूर्ति पूर्ण रूपमा कटौती गर्नसक्ने डर बढाएको छ। यसले उद्योगहरू सन्चालनकोलागि निकै समस्या बनाउने छ । ऊर्जाको मूल्यहरू बढ्दै जाँदा पहिले नै उच्च रेकर्ड स्तरमा वृद्धि भएको मुद्रास्फीतिले २७-राष्ट्रीय समूहलाई मन्दीमा डुबाउने उच्च जोखिम बढाउँछ ।

युरोपेली संघका सरकारहरूले यस हप्ता ग्यासको प्रयोग १५ प्रतिशतले घटाउने ईयुको प्रस्तावमा ल्याप्चे ठोकेका छन् । त्यो घटाएर सन्चित गर्ने र जाडोमा प्रयोग गर्ने उद्देश्य छ । दैनिक जीवनको लागत बढेको बेला त्यस संकटलाई कम गर्न कर कटौती र अनुदानहरू पारित गरेका छन् । खास गरेर भन्ने हो भने युरोप रूस र मौसमको दयामा बाँचेको छ।

अब जाडोयामको ठण्डीमा प्राकृतिक ग्यासको माग बढ्छ । ग्यासको भण्डारण स्तरहरू कम गर्न सक्छ । त्यहि भण्डार कम होला भनेरै अहिले युरोपेली मुलुकले ग्यास प्रयोग १५ प्रतिशतले कम गर्ने र त्यो सन्चित गरेर जाडो यामकालागि भण्डार बढाउने भनेका हुन् । त्यो भण्डार ढाउनकलागि अहिले सरकारहरु हँसिला बनेका छन् । तर युरोपेली सरकारहरुलाई रूसको ग्यास कटौतीले निकै कठिन बनाएको छ ।

“यस क्षेत्रको ग्यास आपूर्ति घटेको र मुद्रास्फीति केही समयको लागि उच्च रहने देखिएकाले यूरोजोन मन्दीमा पर्ने सम्भावना छ” क्यापिटल इकोनोमिक्सका सहायक अर्थशास्त्री माइकल ट्रानले यस हप्ताको विश्लेषणमा भनेका छन् ।

संवन्धित :

मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रीय बैंकहरूले किन ब्याजदर बढाउँछन् ?

मार्‍यो महङ्गीले: खाद्य मुद्रास्फीतिमा एक प्रतिशत वृद्धिले एक करोड थप जनता गरिब

यूरोजोनको कुन भाग सबैभन्दा बढी मुद्रास्फीतिले प्रभावित ?

रुस-युक्रेन युद्धले यूरोपेली क्षेत्रमै मुद्रास्फीति साँढे सात प्रतिशतले वृद्धि

यूरोजोनमा मुद्रास्फीति झण्डै पाँच प्रतिशत

जर्मन कामदारहरूद्वारा न्यूनतम ज्याला वृद्धिको स्वागत, रोजगारदाता मुद्रास्फीति बारे चिन्तित

युरोप आउने रूसी ग्यास फेरि कटौती : युरोपमा थप आर्थिक पीडा

युरोपमा मुद्रास्फिति फेरि बढ्यो, कुन देश बढी प्रभावित ?

इयुले युद्ध सुरु भएदेखि रुसी ऊर्जामा ३५ अर्व युरो खर्च, युक्रेनलाई सहायता एक अर्व मात्र

युरोजोनमा मुद्रास्फिती उच्च, १९ देशमा मूल्य वृद्धि

तपाइँको प्रतिक्रिया

फेसबुक