बुधबार, वैशाख १२, २०८१

पद्मश्री साहित्य पुरस्कारका लागि पाँच उत्कृष्ट पुस्तकको सूची सार्वजनिक

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ साउन १५ गते ११:३०

पद्मश्री साहित्य पुरस्कारका लागि पाँच उत्कृष्ट पुस्तकको सूची सार्वजनिक गरिएको छ । खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले प्राप्त पुस्तकहरूमध्येबाट उत्कृष्ट पॉच पुस्तकको संक्षिप्त सूचि घोषणा गरेको हो ।

पाँच उत्कृष्ट पुस्तकको सूचीमा अग्नि : डा नवराज लम्साल, अर्को भोर: केशवराज ज्ञवाली, भिक्षुसँग प्रेम: उषा हमाल, मिथ्या: दीपक पराजुली र यादहरूको सङ्ग्राहलय: केवल बिनाबी छन् ।

खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारको लागि क्रमशः तीन चरणमा कृतिहरू सिफारिस गर्न खुल्ला स्वतन्त्र निर्णायक समिति गठन गर्ने गरेको छ ।

प्रतिष्ठानले वि सं २०७८ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त भएका कृतिमध्येबाट निर्धारित मापदण्डबमोजिम् मूल्याङ्कन गरी समितिले सिफारिस गरेको पन्ध्रवटा कृतिहरूको विस्तारित सूची गत असार १५ गते सार्वजनिक गरेको थियो ।

उक्त विस्तारित सूचीमा परेका कृतिहरूमध्येबाट समितिले थप अध्ययन तथा मूल्याङ्कन गरी प्रतिष्ठानलाई उत्कृष्ट संक्षिप्त सूचीको प्रयोजनको लागि पाँचवटा कृतिहरूको नामावली उपलब्ध गराएको प्रतिष्ठानले जनाएको छ । तेस्रो तथा अन्तिम चरणमा यिनै पाँच कृतिहरूमध्येबाट पुरस्कृत कृति चयन गरिने छ ।

तपाइँको प्रतिक्रिया