बिहीबार, चैत १५, २०८०

साईकलसँग ६० वर्ष

नेपालप्लस संवाददाता / चितवन२०७९ साउन १६ गते ९:०५

पस्चिम चितवनको पटिहानीमा ६० वर्ष साईकलसँग कार्यक्रम भएको छ । साठी बर्ष भन्दा माथिका पिताहरुसँग करिब ६० किमीनै साईकल यात्रा आइतवार गरिएको हो।

साइकल यात्रा अविस्मरणीय रहेको प्रक्रिति संरक्षणका अभियानकर्ता अपिल घिमिरेले उल्लेख गरेका छन् ।

“उहाँहरुको उत्साहजनक उपस्थिती र साथले सार्है खुसी लागेको छ” उनले भनेका छन् ।

पैसठ्ठी जनाको सहभागीता रहेको यो साईकल यात्रामा उनासी बर्षको उमेरका पुरुषसम्म थिए । धेरै जनाको उमेर सत्तरीको थियो ।

यात्रा पस्चिम चितवनको पटिहानी, पकौडी देखि मेघौली हुँदै गोलाघाटसम्म पुगेको हो ।

साईकललाई स्वास्थ्य, वातावरण र पर्यटनसँग जोड्ने उद्देश्यले साईकल यात्रा गरिएको हो ।

भरतपुर नगरपालिका वडा नंवर २७ को कार्यालय, मेघौली उपभोक्ता समिति, मेघौली पर्यटन बिकास समिति र पर्यटन व्यवसायीहरुले यस कार्यक्रमलाई स्वागत गरेका थिए । कार्यक्रम राप्ती तटीय सरसफाई अभियान चितवनको आयोजनामा भएको हो ।

तस्विरहरु- अपिल घिमिरे

तपाइँको प्रतिक्रिया

फेसबुक