बिहीबार, वैशाख १३, २०८१

राजकुमार चार्ल्सको परोपकारलाई बिन लादेन परिवारबाट लाखौं पाउन्ड चन्दा !

नेपालप्लस संवाददाता / बेलायत२०७९ साउन १६ गते १०:२४

बेलायती राजकुमार चार्ल्सको परोपकारी संस्थाले ओसामा बिन लागेनको परिवारबाट १० लाख पाउण्ड चन्दा लिएको बेलायतको एक अखबारले सार्वजनिक गरेको छ ।

द सन्डे टाइम्सको रिपोर्ट अनुसार वेल्सका राजकुमारको परोपकारी कोषले सन् २०१३ मा ठूलो र धनी साउदी परिवारका कुलपिता बकर बिन लादेन र उनका भाइ शफिकबाट रकम प्राप्त गरेको थियो। दुवै जना पूर्व अल-कायदा नेताका सौतेनी दाजु हुन् जसलाई सन् २०११ मा पाकिस्तानमा अमेरिकी विशेष फौजले हत्या गरेको थियो।

अखबारका अनुसार सल्लाहकारहरूले बेलायती राजकुमारलाई चन्दा नलिन आग्रह गरेका थिए।

“चार्ल्सको क्लेरेन्स हाउस अफिसले त्यसमा विवाद गर्‍यो । तर दान गरिएको पुष्टि गर्यो । यो पैसा स्वीकार गर्ने निर्णय राजकुमारले होइन, परोपकारका ट्रस्टीहरूले लिएका थिए र यो दान स्वीकार गर्नमा पूर्ण सहमति जनाइएको थियो ” द सन्डे टाईम्स अखबारमा उल्लेख छ ।

कोषका अध्यक्ष इयान चेशायरले पनि उक्त चन्दालाई पाँच ट्रस्टीहरूले पूर्ण रूपमा सहमति जनाएको उल्लेख गरेका थिए ।

“अन्यथा सुझाव दिने कुनै पनि प्रयास भ्रामक र गलत हो” द सन्डे टाईम्समा इयान चेशायरको भनाई उल्लेख गरिएको छ ।

वेल्सका राजकुमारको परोपकारी कोष सन् १९७९ मा जीवन परिवर्तन गर्न र समुदायहरूमा दिगोपन निर्माण गर्न स्थापना भएको थियो । यसले बेलायत र विश्वका विभिन्न परियोजनाहरूलाई अनुदान दिन्छ।

७३ वर्षीय राजकुमार चार्ल्सले आफ्नो परोपकारी संस्थाको सञ्चालनको बारेमा विभिन्न आरोपहरूको सामना गरेका छन् । गत महिना सन्डे टाइम्सले कतारका पूर्वप्रधानमन्त्री शेख हमाद बिन जसिम बिन जाबेर अल थानीबाट ३० लाख डलर नगद भएको झोला स्वीकार गरेको बताएको थियो ।

लन्डन प्रहरीले हाल राजकुमारको अर्को परोपकारी संस्था, प्रिन्स फाउन्डेशनसँग सम्बन्धित व्यक्तिहरूले साउदी अरबपतिलाई चन्दाको बदलामा सम्मान र नागरिकता सुरक्षित गर्न मद्दत गर्ने प्रस्ताव गरेको छुट्टै आरोपको अनुसन्धान गरिरहेको छ। क्लेरेन्स हाउसले चार्ल्सलाई यस्तो प्रस्तावको कुनै जानकारी नभएको बताएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक