मंगलबार, वैशाख ११, २०८१

जर्मनीलाई हराउँदै बेलायतले जित्यो महिला युरो २०२२ को उपाधि

नेपालप्लस संवाददाता / बेलायत२०७९ साउन १६ गते ११:२९

 

युरो महिला फुटबल च्याम्पियनसिपको उपाधी बेलायतले जितेको छ । आइतवार बेलायतको वेम्ब्ले रंगशालामा भएको बेलायत-जर्मनीको फाईनल खेलमा बेलायतले २-१ ले जर्मनीलाई हराएको हो ।

आइतबार भएको खेलमा क्लो केलीले अतिरिक्त समयमा गरेको गोलले जर्मनीलाई २-१ ले हराएपछि बेलायतले महिला फूटबलतर्फको ठूलो प्रतियोगिता जितेको छ ।

युरोपियन च्याम्पियनसिपको इतिहासमा कुनै पनि खेलका लागि ८७,१९२ दर्शकको किर्तिमानी भिड यस अघि जम्मा भएको थिएन । केलीले बेलायती फुटबलको विश्वकप वा युरो जितको लागि ५६ वर्षको पर्खाइलाई अन्त्य गरिदिएकि हुन् । आफ्नै देशको खेल मैदानमा बेलायत बिजयी भएपछि त्यहाँ ठूलो उत्सब मनाईएको छ ।

बेलायतका राजकुमार विलियमपनि महिला फूटबल हेर्न रंगशालामै पुगेका थिए ।

९० मिनेटमा मेर्ले फ्रोम्समाथि वैकल्पिक खेलाडी एला टुनेको उत्कृष्ट गोलले आयोजकलाई अग्रता दिलाएपछि इंग्ल्याण्डले जितको लागि तयारी गरेको थियो ।

बेलायतले गरेको पहिलो गोललाई जर्मनीकी लिना मागुलले बराबरीमा टुंग्याइदिएपछि खेल थप, रोचक बनेको थियो । तर त्यसपछि जर्मनी शुरु र मध्यान्तर पछिको शुरुकै आक्रमणकारी अवस्थामा पुग्न सकेन ।

पाँच वर्षअघि नेदरल्यान्ड्सलाई जित दिलाएपछि इङ्ल्यान्डकी म्यानेजर सरिना विग्म्यानले घरेलु टोलीलाई महिला युरोको उपाधि दिलाएकी छन् ।

तपाइँको प्रतिक्रिया