शुक्रबार, वैशाख १४, २०८१

फ्रान्स र पोर्चुगलमा फेरि तापक्रम बढेपछि आगलागी

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन १६ गते २२:१७

Image Credit-worldwildlife.org

युरोपमा केहि दिनदेखि तापक्रम बढ्दै गएपछि फ्रान्स र पोर्चुगलमा फेरि आगलागीका घटनामा वृद्धि भएको छ ।

तापक्रम बढेसँगै पोर्चुगल र फ्रान्सले सप्ताहन्तदेखि फेरि डढेलोसित लड्नुपरेको छ । पोर्चुगलले हप्ताको प्रारम्भमै ४० डिग्री सेल्सियस भन्दा बढी तापक्रम भोगेको छ ।

यि दुई देशले आइतवारदेखिनै जंगलमा लागेको डढेलोसँग लड्न थालेका छन् किनभने यस सप्ताहन्तदेखि तापक्रम तीव्र रूपमा बढेको छ ।

पोर्चुगलमा, राजधानी लिस्बनको उत्तरमा माफ्रा क्षेत्रमा ब्यापक आगलागी भएको छ । फ्रान्समा कम्तिमा चार अग्नी नियन्त्रकहरू गम्भीर घाइते भए र गाडी गुड्ने सडकहरू बन्द गरियो ।

लिस्बनबाट करिब ४० किलोमिटर उत्तरमा आगो निभाउन करिब ४०० फायर फाइटरहरू खटाइएको छ ।

टेलिभिजन तस्विरहरूका अनुसार आगो छिमेकी जङ्गलहरूमा पनि फैलिएको हुनाले बासिन्दाहरूले आफ्ना बगैंचाहरूमा पानीले भिजाएर आगो फैलिन नदिन कोसिस गरेका छन् ।

नागरिक सुरक्षा प्राधिकरणका कमाण्डर पाउलो सन्तोसले रेनासेन्का रेडियोलाई बताए अनुसार आगलागीको डरले एक अवकाश गृहमा ३० जनालाई सावधानीका रूपमा अन्यत्र सारिएको थियो ।

पोर्चुगलको अन्य भागमापनि ढेलो फैलिएको छ । उत्तरी र मध्य पोर्चुगलमा १,००० भन्दा बढी अग्नी नियन्त्रकहरु खटिएका छन् ।

पोर्चुगलको मध्य क्षेत्र ओरेममा एक नदीको समुद्र तटमापनि मानिसहरुलाई सावधानीको रूपमा खाली गरिएको थियो । लुसा एजेन्सीले आपतकालीन अधिकारीलाई उद्धृत गरेअनुसार दुई व्यक्तिलाई डढेलोको धुवाँले असर गरेको थियो ।

उत्तरी र मध्य पोर्चुगलका भागहरूमा यस सप्ताहन्तमा ताप क्रम बढेर ४० डिग्री पुगेको छ र मंगलवारसम्म रहने बताइएको छ । मौसम बिज्ञान बिभगका अनुसार त्यहाँका धेरै क्षेत्रलाई उच्च सतर्कतामा राखिएको छ ।

utaa दक्षिणपूर्वी फ्रान्समा आइतवार फेरि नयाँ डढेलो फैलियो । गार्ड भन्ने ठाउँमा ३५० हेक्टर वन जलेको छ जहाँ एक अग्नी नियन्त्रक गम्भीर रूपमा घाइते भए । त्यस्तै, मासेई शहर नजिकै ३५ हेक्टरमा आगो लाग्यो, जसको कारण मोटरवेहरू आंशिक रुपमा बन्द गरियो ।

“चार अग्नि नियन्त्रकहरू घाइते भएका छन्” फ्रान्सका गृहमन्त्री जेराल्ड डार्मानिनले निम्सको दक्षिणी भागमा रहेको औबाइ सहरको सल्लाको जंगलमा दिउँसो ३:०० बजेतिर लागेको आगलागीबारे ट्वीट गर्दै भनेका छन् ।

ती मध्ये एक जनाको हात र अनुहारमा जलेर गम्भीर रूपमा घाइते भएपछि हेलिकप्टरबाट मोंपलिय अस्पताल लगिएको थियो ।

हावाले आगोको ज्वाला उल्टो फर्काइदिएपपछि अरु धेरै मानिस सामान्य घाइते भएका थिए । आगोले उनीहरूको गाडीलाई आंशिक रूपमा नष्ट गर्‍यो” अग्नी नियन्त्रणको समन्वय गर्ने एरिक एग्रिनियरले एएफपीलाई भने ।

विज्ञहरूले बढ्दो तापक्रमको दोष जलवायु परिवर्तनलाई दिएका छन् र अझ खराब अवस्था आउन बाँकी रहेको बताएका छन् ।

पोर्चुगलमा सन् २०१७ को घातक आगोले देश अझै त्रासमा छ । त्यो बेलाको डढेलोले १०० भन्दा बढी मानिसहरूको ज्यान लियोएको थियो । जुलाईको सुरुमा पनि चर्को तापक्रमले पोर्चुगलका बिभिन्न ठाउँमा डढेलो लागेको थियो र धेरै मानिसहरुलाई आफ्नो थातथलोबाट बाहिर सारिएको थियो ।

प्रकृति तथा वन संरक्षण संस्थान (आइसिएनएफ) को पछिल्लो तथ्यांक अनुसार वर्षको सुरुदेखि नै ५८ हजार हेक्टर भन्दा बढी क्षेत्रमा डढेलो लागिसकेको छ ।

तपाइँको प्रतिक्रिया