सोमबार, साउन ३०, २०७९

सुत्न नसकेका ति अनगिन्ति रातमा साउति मारिरहने ‘जागते रहो ….’

कृष्ण शर्मा / अमेरिका२०७९ साउन १७ गते ११:०८

कृष्ण शर्मा

शायद त्यस साँझ सूर्य डुब्न करिव एक प्रहर मात्रै बाँकी थियो। धानका खराइ अनि परालका टौवाका लामा लामा छायाँहरु जमीनको सतहबाट क्रमशः हराउँदै थिए । हामी स्कुलबाट फर्किएपछि हतार हतार खाजा खाएर गाउँको त्यो साझा खलियानमा पुगी आसपास, अर्थात लुकामारी, खेल्दा खेल्दा थाक्ने उपक्रममा थियौं । ठिक त्यहि बेला उनिहरु दक्षिणको बाटो हुँदै गाउँ पस्नु अघि हामी खेलिरहेको ठाउँमा आए। त्यो समयमा दक्षिणको गाडा हिंड्ने चौडा बाटोबाट गाउँ पस्ने अर्को निकास नभएकोले खलियान हुँदै छिर्नुको बिकल्प थिएन । दिपावली पर्व भर्खर सकिएको थियो। खलियान धानका खराइ र परालका टौवाहरुले खचाखच भरिंदै थियो।

मलाइ अझै पनि याद छ, उनिहरु सबैले त्यो दिन टाउकोमा सुति कपडाको फेटा बाँधेका थिए। लामा लामा जुँगा पालेका थिए। केहिको त दाह्री पनि थियो कि जस्तो लाग्छ। गरिबीले खोपल्टिएर चाउरी परेका गालालाइ केहि हदसम्म उनिहरुको जुँगाले लुकाइदिएको थियो। केहिका हातमा बन्दुक थियो भने केहिको हातमा बाँसका लौरा अनि जुटका बोरा थिए। सबैले खरानी रंगका तर फोहर र धुलोले मैलिएका कुर्था अनि धोती लगाएका थिए। सबैका खुट्टामा सस्ता तर जीवन नै फटाल्दिने बलिया टायरका चप्पल थिए।

उनिहरुलाइ देखेपछि मैले सोचें, यिनीहरु मेरी आमाले हामी रातमा कतै नजाउन् भनी डर सृजना गराउन बर्णन गरेका डरलाग्दा पात्र अर्थात धोकरकस हुन। सोचाइले मात्र पनि मेरो डरको उचाइले सगरमाथा नाघ्न थाल्यो। मलाइ लाग्यो, उनिहरुले हामी सबैलाइ ति जुटका बोरामा बाँधेर लैजाने छन र भारतमा कतै बन्दै गरेको पक्कि पूलको दीर्घायुका लागि वलि दिने छन । मलाइ अनायास आफ्नो मृत्यु सम्झेर रुन मन लाग्यो।

तर ठिक त्यहि बेला ति मध्येको नाइके जस्तो देखिने एक अग्लो जुँगामुठे मानिस हामी नजिकै आयो र मायालाग्दो लवजमा एउटा ठाउँ देखाउदै भन्यो, “बच्चों, तुम सब इस जगह पर इकठ्ठे हो जाओ । हम गीत गाएंगे और तुम सब नाचो।”

“मालिकको घर घेरेर बन्दुक पड्काउनु अघि खलियानमा बच्चाहरुलाइ नचाउन गीत गाइरहेका थिए रे डाँकाहरुले ।” उनले त्यो भने पछि मेरो मुटु घाँटीमा आएर अड्किए जस्तो भयो । मलाइ एकदमै डर लाग्यो । किनभने त्यसरि डाँकाले नचाएको हामीलाईनै थियो ।

त्यसपछि उसले त्यस बेलाको तराइको लोकप्रिय भोजपुरी गीत गायो : “गोर कि पतर कि रे…. मारे गुलेलिया जियरा उड उड जाए…. सैयाँ सवँरका रे तोरे नजरिया जियामे गड गड जाए….”

उसले एक मात्रा गाए पछि अर्को मात्रामा उसका अरु साथीहरुले पनि टुसुक्क भुइँमा बसेर हातमा सुर्ति माड्दै उसको गीतमा साथ दिए । उनिहरु सबैले गीत गाएको सुने पछि मेरो मनमा रहेको शंका हट्यो र उनिहरुको गीतमा म पनि नाचें। हामी सबै केटाहरु जानि नजानि धुलो उडाउँदै नाच्यौं।

दुइ तिन वटा गीत सकिए पछि, “बहुतखुब…. बहुतखुब” भन्दै “बच्चों ये लो….तोहफा…. भन्दै हामी सबैलाइ एक एक वटा पाँच पैसाका सिक्का दिए र भने, “अब सब अपने अपने घर जाओ। कल मिठाइँ खरिदके खा लेना।”

मैले सिक्का थाप्ने क्रममा देखेको थिएँ, त्यो नाइकेले कुर्था बाहिर कम्मरमा गोलीहरु भएको एउटा छालाको पेटि बाँधेको थियो । पैसा पाए पछि हामी खुशि हुँदै देब्रे हातको मुठ्ठिमा पैसा कसेर बुरुक बुरुक खुट्टा उचाल्दै दौडेर घर पुग्यौं ।

त्यसताका साहुको पसलमा पाँच पैसामा पाँच वटा सुन्तला मिठाई किन्न पाइन्थ्यो। हामी दौडिंदै घर पुग्दा लगभग अँध्यारो भैसकेको थियो। अँध्यारोमै पालै पालो गर्दै घर अगाडिको साझा चापाकलबाट पानी तान्दै दाहिने हात र दुबै खुट्टा धोएर हामी दाजु भाइ सिधै भान्सामा छिर्यौं।

बायाँ हातमा पैसा भएकोले खसेर हराउला भनी मैले त्यो हात धुने चेष्टा गरेको थिईन। परालको चकटीमा बसेर लाल्टिनको मधुरो उज्यालोमा खाना खान शुरु गरेका मात्रै के थियौं बन्दूक पड्केको ठूलो आवाजले हामी मात्र होइन सारा गाउँलाइ नै तर्साइदियो। कहाँ के भयो भन्ने जिज्ञासामा हामी दुबैले आमाको मुखमा हेर्यौं। आमासँग जवाफ थिएन। बुवा, हजुरबुवा र कान्छो हजुरबुवा माथि आँटीमा बसेर तमाखु पिउँदै हुनुहुन्थ्यो। हजुरआमा, दिदी, दाजुहरु भर्खरै मात्रै पहाडबाट आएकि फुपु दिदिसँग आँटीको अर्कोपट्टि बसेर कुरा गरिरहनुभएको थियो। बुवा र कान्छो हजुरबुवा तुरुन्तै तल झर्नुभयो र सानो स्वरमा भन्नु भयो “गाउँमा डाँका लागे जस्तो छ। तिमीहरु सबै पश्चिम बगियाको बुढो आँपको रुखमुनि गएर हामी लिन नआउन्जेलसम्म बस । हामी डाँकाहरुलाइ भगाएर आउँछौं ।” मैले पाँच पैसाको सिक्कालाइ चकटिमुनि राखें र हजुरआमा, आमा, फुपुदिदि, दाजु सबैको पछि लागेर गाउँभन्दा अलिक पर पश्चिमपट्टि रहेको आँपको बगिया तिर गयौं।

कुकुरहरु धेरै बेरसम्म भुकिरहे । तर मानिसहरुको आवाज केहि सुनिएन। अन्य गाउँलेहरु पनि सुटु सुटु हामी जस्तै ज्यान बचाउन आ-आफ्ना घर छोडेर खेत तिर, आँप एबम अम्बाका बगैंचातिर भागेका रहेछन । पल्टु र बड्कानेको परिवार त हामी पुग्दा आँपको बगैंचामा आइसकेको थियो । मलाइ ति हामीलाइ नचाउने फेटा बाँधेका धोती कुर्था लगाएका मानिसहरु नै डाँकाहरु हुनुपर्छ भन्ने लागेको थियो । किनभने मैले त्यो हामीलाइ नाच्न लगाउने मान्छेको काँधमा बन्दुक र कम्मरमा गोलिको पेटि देखेको थिएँ । तर मैले पल्टु बड्काने कसैलाइ केहि पनि सोधिन।

मैले सिक्का थाप्ने क्रममा देखेको थिएँ, त्यो नाइकेले कुर्था बाहिर कम्मरमा गोलीहरु भएको एउटा छालाको पेटि बाँधेको थियो । पैसा पाए पछि हामी खुशि हुँदै देब्रे हातको मुठ्ठिमा पैसा कसेर बुरुक बुरुक खुट्टा उचाल्दै दौडेर घर पुग्यौं ।

केहिबेर पछि राम बहादुर थापाको परिवार पनि पश्चिम कुलोको छेउ हुँदै त्यहिं आयो। राम बहादुर हामी भन्दा कम्तिमा पाँच वर्ष जेठो हुनुपर्छ। हामीले तिन कक्षामा पढ्दा उनले आठ कक्षामा पढ्थे। उनले भने “मालिकको घर घेरेर बन्दुक पड्काउनु अघि खलियानमा बच्चाहरुलाइ नचाउन गीत गाइरहेका थिए रे डाँकाहरुले ।” उनले त्यो भने पछि मेरो मुटु घाँटीमा आएर अड्किए जस्तो भयो । मलाइ एकदमै डर लाग्यो । किनभने त्यसरि डाँकाले नचाएको हामीलाईनै थियो ।

हजुरआमाले ‘नडराउ न नाती, हामी सबै यहिं त छौं नी’ नभन्दासम्म उहाँको काखमा टाँसिइरहें। हामी साना केटाहरुले केहि थाहा नपाइकनै डाकाहरुलाइ भेटिसकेका थियौं। “डाँकाहरुले हामीलाइ बन्दुकले त्यतिबेलै मारिदिएको भए….!” मैले त्यसपछि सोच्नै सकिन । डरले काँपिरहें।

बुवा र कान्छो हजुरबुवाहरु हाम्रो गाउँको पूर्वतिर पर्ने तुक्तुकिया भन्ने गाउँमा जानुभएछ । त्यहाँ बर्माबाट आउनुभएको हामीलाइ असाध्यै माया गर्ने हाम्रो बुढोमावली ठूलोबुवाको परिवार थियो। उहाँको घरमा बन्दुक पनि थियो। उहाँहरु त्यहाँ पुगेपछि ठूलोबुवा बन्दुक सहित त्यो गाउँका धेरै मानिसहरु लिएर बुवाहरुसँगै आउनुभयो।

गाउँको पूर्वपट्टि रहेको दुर्गादेवीको मन्दिर नजिकैबाट उहाँहरुले ठूलो स्वरमा “खबरदार” भन्दै बन्दुक पड्काउनुभयो । तर डाँकाहरु त सकेजति र भेटे जति पैसा एबम अन्य बहुमुल्य गरगहना र सरसामान लिएर बन्दुक पड्किनु अघि नै भूत जस्तै भागिसकेका रहेछन ।

अर्को दिन बिहान थाहा भयो, डाँकाहरुले त्यस रात मालिकलाइ मार्ने सुपारि लिएर आएका रहेछन । मालिक सेमरा बजारबाट घर फर्कंदै गर्दा बेवरी गाउँका मालिकले हाट बजारमा धेरै रक्सि पिएकोले घर पुग्न सक्नुहुन्न कि ? बरु यतै बस्नुस, भोलिपल्ट बिहानै जानुहोला भनी रोकेका रहेछन। मालिकलाइ घरमा नभेटेपछि डाँकाहरुले त्यहाँ काम गर्ने एक बुढो नोकरलाइ ‘मालिकको सामान त्यसै लैजान पाउँदैनौ’ भने पछि भर्यागंबाट खसाली घाइते बनाइदिएका रहेछन ।

त्यसको करिब एक साता पछि रेडियो नेपालबाट रुपन्देही जिल्लाको मक्रहर गाउँमा डाँकाहरुले आक्रमण गरेको समाचार प्रसारण भयो।

मलाइ ति हामीलाइ नचाउने फेटा बाँधेका धोती कुर्था लगाएका मानिसहरु नै डाँकाहरु हुनुपर्छ भन्ने लागेको थियो । किनभने मैले त्यो हामीलाइ नाच्न लगाउने मान्छेको काँधमा बन्दुक र कम्मरमा गोलिको पेटि देखेको थिएँ ।

यो कुरा सन १९७७ तिरको हो। त्यसताका तराइका सबै गाउँमा नजिकै प्रहरि चौकि नभएकोले, आदिवासिहरुमा एक्लै प्रतिकार गर्नसक्ने साहस नभएकोले र हामी जस्ता पहाडबाट भर्खर मात्र बसाइ सराइ गरेकाहरुले केहि भेउ पाइनसकेकोले डाँकाहरुलाइ आक्रमण गरी सुपारि अनुसारको काम गरी सम्पति लुटेर लैजान सजिलो थियो।

त्यस घटनाको दोस्रो दिन दुर्गा मन्दिर अगाडिको चौरमा गाउँभरिका मानिसहरुको उपस्थितिमा ठूलो कचहरि बस्यो। आदिबासी अनि पहाडिया सबै मिलेर गाउँलाइ भारतीय डाँकाहरुको आतंकबाट बचाउन रातभर पालैपालो पहरा दिने निर्णय भयो। त्यसपछि हरेक रात सात जना बयस्क सदस्यहरुको टोलीले गाउँको वरिपरि हिंड्दै ‘जागते रहो’ भन्न थाले।

हामी केटाहरु जसले डाँकाहरुबाट नाचेबापत पैसा पाएका थियौं कसैले पनि मिठाइ किन्ने कुरा गरेनौं । मैले चकटी मुनिको पाँच पैसा खोज्ने आँट पनि गरिन। युवा नहुँदासम्म यो कुराको चर्चासमेत कसैले गरेन। कम्तिमा पनि मेरो ध्यान चाहिं कहिले बयस्क भएर ‘जागते रहो’ भन्दै गाउँको सुरक्षा दिन सकिने भईएला भन्ने मै केन्द्रित थियो।

पछि मालिकलाइ मार्न कसले सुपारी दिएको थियो होला भन्ने बारे धेरै कन्स्पिरेसि थ्यौरी अर्थात षडयन्त्रका कथाहरु सतहमा आए । मैले पनि ति थ्यौरीहरु सुनें । तर ति थ्यौरीहरुले भन्दा बढि मलाइ त्यस घटनाले तेर्साएका केहि अनुत्तरित प्रश्नहरुले आज पर्यन्त बिस्फारित बनाइरहन्छन ।

गाउँको पूर्वपट्टि रहेको दुर्गादेवीको मन्दिर नजिकैबाट उहाँहरुले ठूलो स्वरमा “खबरदार” भन्दै बन्दुक पड्काउनुभयो । तर डाँकाहरु त सकेजति र भेटे जति पैसा एबम अन्य बहुमुल्य गरगहना र सरसामान लिएर बन्दुक पड्किनु अघि नै भूत जस्तै भागिसकेका रहेछन ।

मालिकले त्यो सोमबारको दिन सेमराको बजारमा धेरै रक्सि नपिएका भए र मालिकलाइ बेवरिका मालिकले देखेर त्यस साँझ नरोकेको भए के डाँकाहरुको हातबाट मालिक मारिन्थे होला ? मालिक मारिएको भए त्यो गाउँ के त्यस्तै रहन्थ्यो जस्तो रह्यो ? के मालिकका छोरा छोरीहरु नाति नातिनाहरुलाइ हामीले त्यस्तै रुपमा देख्न पाउथ्यौं जसरि पायौं ? मेरो मश्तिष्कले मालिक मारिएका भए त्यो खलियानको घटना, त्यो नाच, त्यो गीत, त्यो ढल्दै गरेको साँझको परिवेश र त्यो पुरा गाउँलाइ कसरि पस्कन्थ्यो होला?

मालिक त्यस घटनापछि धर्म कर्ममा लागेको, कम बोल्न थालेको म स्वयमले देखें । कुनैपनि मान्छेको मृत्यु कहिले र कसरि हुने भनेर कसले निर्धारण गर्दो हो ?

आफ्नै बारेमा कुरा गर्नुपर्दा, नवलपरासी चोरमारा नजिकै रात्रिबस दुर्घटना हुँदा म किन मरिन ? सेफ्टि ब्याग नै निस्कने गरी आफैंले चलाएको गाडि दुर्घटना हुँदा म किन मरिन ? समुद्रमा उच्च ज्वार आएर मैले टेकेको जमीन मुनिको बालुवा सबै बगेर जाँदा म कसरि पौडेर किनारमा आउन सकें?

साँच्चि हाम्रो जीवनको लेखक को होला जसले हाम्रो मृत्युलाइ कसरि, कहिले अनि कहाँ घटित गराउने भनी सधैं रहस्यमयी र रोमान्चकारी कथा बनाइरहन्छ ? यि लगायत यस्तै प्रश्नहरुले म सुत्न नसकेका धेरै रातहरुमा मेरो कान नजिकै आएर साउति मारिरहन्छन : जागते रहो …..।

कृष्ण शर्माका अघिल्ला रचनापनि हेर्ने कि ?

गुरु चरणं

ति पानीका फोका, त्यो कट्टुको पसल

भाङको सत्यले चिमोटिएको बेला

जिवनलाई उत्कर्षमा पुर्‍याउने आनन्ददायी बानीहरु

तपाइँको प्रतिक्रिया

फेसबुक