शनिबार, वैशाख १५, २०८१

रूसमा स्वीस औषधिको बिक्री युद्धको समयमा झन बढी

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७९ साउन १९ गते १६:१५

Credit-European Medicines Agency

रुस-युक्रेन युद्धपछि स्विजरल्याण्डले अन्य पस्चिमी देशहरुसँगै प्रतिबन्धको घोषणा गरेपनि रुसमा स्वीस औषधीहरुको बिक्रि भने झनै बढेको छ ।

व्यापार समाचार एजेन्सी ए डब्ल्यु पी ले सरकारी वैदेशिक व्यापार तथ्यांकमा आधारित रहेर यो विश्लेषण गरेको जनाएको छ ।

स्विस फार्माले रूसमा बिक्रीबाट मात्र जून महिनामा ३३ करोड युरो (३४ करोड २० लाख डलर) भन्दा बढीको राजस्व जम्मा गरेको देखाएको छ ।

फेब्रुअरी २४ मा सुरु भएको युक्रेनमा युद्धका कारण रुसले धेरै प्रतिबन्ध ब्यहोरेको छ । स्विट्जरल्याण्डले युरोपेली संघको प्रतिबन्धको पालना गरेको छ । तर मानवीय कारणले औषधिहरू बहिष्कार गरिएको छैन ।

विश्लेषण अनुसार रोचे र नोभार्टिस जस्ता कम्पनीहरूसँगको स्विस फार्माले युद्दका बेलामा विशेष फाइदा उठाएको छ । यस क्षेत्रले मार्च देखि जुन २०२२ सम्म रूसी बिक्रीबाट ७२ करोडस्विस फ्र्यांक भन्दा बढी कमाएको छ । रसियाले अघिल्लो वर्षको सोही महिनाको तुलनामा साढे दुई गुणा बढी खर्च गरेको थियो । गत जुन महिना सबैभन्दा नाफामुखी महिना रहेको जनाईएको छ ।

यसको विपरित, युक्रेनमा औषधिको निर्यात घटेको छ। २०२२ को पहिलो छ महीनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशत कम औषधि युद्ध क्षेत्रमा निर्यात भएको थियो । देशमा कुल निर्यात बिक्री लगभग ९१ करोड स्वीस फ्र्यांक थियो । यो तथ्यांक अनुसार २० प्रतिशतले घटेको हो ।

तपाइँको प्रतिक्रिया