शुक्रबार, वैशाख १४, २०८१

जर्मनीको राजधानी बर्लिन निकटको जंगलमा भिषण आगलागी, अझै नियन्त्रण बाहिर

नेपालप्लस संवाददाता / जर्मनी२०७९ साउन १९ गते १९:५९

जर्मनीको राजधानी बर्लिन शहर नजिकैको सबैभन्दा ठूलो जंगलमा भिषण आगलागि भएको छ र आगो बिहिवार अपरान्हसम्म नियन्त्रणमा आउनसकेको छैन ।

फोहोर थुपार्ने ठाउँमा धेरै विस्फोटका कारण आगो नियन्त्रणमा आउन नसकेको जर्मन प्रहरीलाई उल्लेख गर्दै जर्मनीको डिपिए न्युजले उल्लेख गरेको छ ।

जर्मन समाचार एजेन्सी डीपीएका अनुसार सहरको पश्चिममा रहेको ग्रुनवाल्ड जङ्गलमा लागेको आगोलाई नियन्त्रणमा लिन पहिले करिब १०० अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए।

बर्लिन प्रहरीले आफ्ना सहकर्मीहरूलाई सहयोग गरिरहेको छ । जंगलमा जानेका लागि रोक्न सडक अवरोधहरू खडा गरिरहेको छ । आगो अनियन्त्रित रुपमा फैलिंदै गएपछि आगो विरुद्ध लड्न आफ्नै हेलिकप्टर र जमिन तथा आकाशबाट पानीका तोपहरू प्रयोग गरिरहेको छ।

“स्थिति खतरनाक छ,” बर्लिन फायर डिपार्टमेन्टका थोमस कर्स्टाइनले पत्रकारहरूलाई भने। उनले बासिन्दाहरूलाई जंगलबाट टाढा रहन आग्रह गरेका छन् ।

आगलागीले पहिलो पटक करिब १५,००० वर्ग मिटर जङ्गललाई प्रभावित गरिसकेको छ । सहरको दमकल इकाईले अवस्था उच्च जोखिममा रहेकोले एक किलोमिटरको परिधि स्थापना गरिएको बिहिवार जनाएको छ ।

“आगो चाँडै फैलिरहेको थियो । दोस्रो विश्वयुद्धको पुरानो गोला बारूद, आतिशबाजी र विस्फोटक हतियार भण्डारण गरिएको छ । र नियन्त्रित विस्फोटहरू गर्ने साइटबाट ठूलो विस्फोटहरू सुन्न सकिन्थ्यो” प्रहरीले डिपिए न्युजलाई भनेको छ ।

यो फोहोर जम्मा गर्ने साइट सन् १९५० देखि प्रयोगमा छ । शहरले विकल्प खोजिरहेपनि बर्लिन क्षेत्रमा उपलब्ध नभएकाले अन्य्त्र सिफारिस गर्न नसकिएको भनाई बर्लिन प्रहरीको छ ।

उडिरहेको भग्नावशेष र थप विस्फोटको खतराका कारण अधिकारीहरूले आगोबाट उत्पन्न झड्काहरुलाई नियन्त्रणमा लिन उच्च सतर्कताकासाथ काम गरिरहेको प्रहरीले बताएको छ ।
बर्लिन अधिकारीहरूले आगो निभाउन थप मद्दतको लागि जर्मन सेनाका विशेष बलहरूलाईपनि आग्रह गरेका छन् ।

शहरको पश्चिममा रहेको कम्युटर ट्रेन सेवा आंशिक रूपमा अवरुद्ध भएको छ भने शहरको सबैभन्दा महत्त्वपूर्ण राजमार्गहरू मध्ये एक आभ्स बन्द गरिएको छ ।

आगोले अहिलेसम्म वस्तिलाई नछोएतापनि दमकल विभागले जंगलको सुख्खा अवस्था र बिहीबार ३८ डिग्री सेल्सियससम्मको तापक्रमका कारण असाधारण धुपले आगो अझै फैलिन सक्ने चेतावनी दिएको छ ।

ग्रुनेवाल्ड जंगलले करिब ३,००० हेक्टर जमिन ओगटेको छ र यो वर्लिन शहरको पश्चिमी भागमा ह्याभेल नदीको किनारमा फैलिएको छ ।

बर्लिन क्षेत्र पनि विशेष गरी गम्भीर खडेरीबाट ग्रस्त छ।

तपाइँको प्रतिक्रिया