बिहीबार, चैत १५, २०८०

एनआरएनएका केन्द्रिय कोषाध्यक्षसित एनआरएनए फ्रान्सको अन्तर्क्रिया

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन २१ गते २२:३३

गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रिय कोषाध्यक्ष सुनील साहसित एनआरएनए फ्रान्सले अन्तर्क्रिया गरेको छ ।

शुक्रवार फ्रान्सको राजधानी पेरिसमा साह र एनआरएनएका अधिकारीसहित यहाँका नेपालीहौर्ले अन्तर्क्रिया गरेका हुन् ।

अमेरिकाबाट करिब दुई साताको युरोप भ्रमणमा आएका साहलाई एनआरएनए फ्रान्सका अध्यक्ष गीता थापा, उपाध्यक्ष लोक बहादुर पुन, आइसिसी सदस्य अमर भण्डारी, महासचिव दिलिप गुरुङ, महिला संयोजक पार्वती अधिकारी, संस्थापक संयोजक हरिहर अर्याल, नेपाली जन संपर्क समिति फ्रान्सका पूर्व अध्यक्ष सुधिर राना, गोर्ख समाजका अध्यक्ष रामेश्वर श्रेष्ठ, लगायतले साहलाई स्वागत गरेका थिए ।

साह र एनआरएनए फ्रान्सका अधिकारीका साथै यहाँका नेपालीहरुले गैर आवासीय नेपालीका समस्या, एनआरएनए अभियान र संस्थाको पछिल्लो गतिबिधिबारे अन्तर्क्रिया गरेका हुन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक