शनिबार, वैशाख ८, २०८१

२९ सदस्यिय एनआरएनए मेडिया टास्कफोर्स गठन

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ साउन २२ गते ११:५६

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले चार जना सल्लाहकार सहित २९ सदस्यिय मेडिया टास्कफोर्स समिति र १३ सदस्यिय न्युज एक्स्पर्ट टिम गठन गरेको छ ।

मेडिया टास्क फोर्सको चेयरमा शिव बरुवाल र सोम सापकोटा छन् । को चेयरमा बाबा राजेस्वरी थापा र सदस्य सचिवमा चिरन्जिवी खड्का छन् ।

यो समिति गत अगस्ट ५ मा गठन गरिएको उपमहासचिव नारायण काफ्ले र रामशरण सिम्खडाद्वारा हस्तक्षित पत्रमा उल्लेख छ ।

चार जना सल्लाहकारमा भगिरथ योगी, ददि सापकोटा, हेमन्त काफ्ले र नरेश खपांगी मगर छन् । तर चार मध्ये ददि सापकोटाले आफूलाई नसोधि नाम राखिएको भन्दै आपत्ती जनाएका छन् । उनले एनआरएनएको मेडिया छलफल समुहमा आफू यस्तो समितिमा नबस्ने उलेख गरेका छन् ।

गैर आवासीय नेपाली संघमा एनआरएनए टास्क फोर्सका नाममा मेडिया समिति बनाउने प्रचलन छ । मेडियाका ब्यक्तिहरु रहने र त्यसले प्रचारप्रसारमा ठूलो महत्व राख्ने बुझाईले यसमा केन्द्रिय तहका अभियन्ताको चासो, चाख, हस्तक्षेप, तानातान हुने गरेको छ । आफ्ना निकटका ब्यक्तिहरु भर्ति गरिने चलन रहेकाले केहि पत्रकारहरु यसमा रहन चाहँदैनन् भने केहिको यसमा निकै चासो रहने गरेको छ ।

हाल प्रस्तावित २९ जनाको टोलीको नेतृत्वपनि गैर पत्रकारद्वारा गरिएकाले केहिले गैर पत्रकारहरुको नेत्रित्वमा पत्रकारहरुले काम गर्न नहुने बताएका छन् । गैर पत्रकारको नेत्रित्व स्विकारेर पत्रकारले काम गर्न हुने कि नहुने भन्ने विवाद र बहस हुँदै आएको छ । हाल गठन गरिएको मेडिया टास्क फोर्सको नेतृत्व पुरै गैर पत्रकारको छ । त्यसैगरि बरियताक्रम नहेरि आफ्ना आफ्ना मान्छे छानिएको भन्दै केहिको असन्तुस्टिपनि शुरु भएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक