शनिबार, वैशाख ८, २०८१

हजारौं अज्ञात जिवजन्तुका प्रजाति लोप हुने खतरामा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन २२ गते १४:४७

कम्युनिकेसन बायोलोजी नामक वैज्ञानिक जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार इन्टरनेशनल युनियन फर कन्जर्भेसन अफ नेचर (आइयुसिएन) ले विलुप्त हुने जोखिमको आँकलन गर्न नसकेका झण्डै आधा प्रजातिहरू पर्याप्त तथ्याङ्कको अभावमा खतरामा परेको जनाएको छ ।

अनुसन्धानकर्ताहरूले अनुमान गरेका छन्- ७,६९९ प्रजातिहरूको जानकारीको अभाव छ । ती मध्ये लगभग ४,३३६ प्रजातिहरू लोप हुने खतरामा पर्ने छन् । ८५ प्रतिशत उभयचरको जानकारीको अभाव छ । त्यसैगरी ४० प्रतिशत छोटा र पातला झिल्ली भएका माछा, ६१ प्रतिशत स्तनपायी, ५९ प्रतिशत सरीसृप र ६२ प्रतिशत कीराहरू खतरामा छन्।

अध्ययनले विश्वको समुद्री तटमा तथ्यांकको अभाव भएका सामुद्रिक प्रजातिमध्ये एक तिहाइ देखि आधा विलुप्त हुने जोखिममा रहेको अनुमान गरेको छ। त्यो जोखिम रहेका स्थल प्रजातिहरू मध्ये प्रायः मध्य अफ्रिका, दक्षिण एशिया र मादागास्करमा पाइन्छन्।

आइयुसिएनले प्रत्येक वर्ष खतरामा परेका प्रजातिहरूको विश्वव्यापी रातो सूची प्रकाशित गर्दछ। पछिल्लो अपडेट गत जुलाई २१ मा गरेको हो । पछिल्लो तथ्यांक अनुसार एक लाख ४७ हजार पाँच सय १७ प्रजातिहरू गणना गरिएको छ जसमा ४१ हजार ४५९ विलुप्त हुने खतरामा छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक