बिहीबार, चैत १५, २०८०

ग्रिसमा भिषण डढेलो, ४० वटा अग्नी नियन्त्रक विमान तैनाथ

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन २२ गते १८:४८

Picture Credit-nato.int

ग्रीसमा लागेको भिषण डढेलोलाई नियन्त्रणमा लिन ४० वटा अग्नी नियन्त्रक विमान परिचालन गरिएको छ ।

ग्रीसको वनमा ज्यादै ठूलो डढेलो लागेको र त्यसलाई ग्रीसको स्रोत र सामर्थ्यले निभाउन सक्ने नदेखिएपछि उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को सहयोगमा ४० वटा अग्नी नियन्त्रक विमान परिचालन गरिएको हो ।

नाटोको सपोर्ट एण्ड प्रोक्योरमेन्ट एजेन्सी (एनएसपीए) ले आपूर्ति गरेका ४० वटा विमानमध्ये २९ वटा अग्नी नियन्त्रक हेलिकप्टर र पहिलो पटक ११ वटा अग्नी नियन्त्रक विमान छन् ।

एनएसपीएले ग्रीसलाई अग्नि नियन्त्रक विमान दिएर सहयोग गरेको यो लगातार ११ औं वर्ष हो ।

ग्रीसमा लागेको आगो अत्यन्त्र ठूलो र खतरनाक भन्दै त्यसलाई नियन्त्रणमा लिन विमानहरुका आगो निभाउने तरल पदार्थ र पानी भर्न २० ठाउँ तयार पारिएको छ । विमान धेरै टाढा जानुनपरोस् भनेर पानी भर्ने क्षेत्रहरु नजिकै खडा गरिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

“हवाई अग्नी नियन्त्रणका काम उड्डयनमा सबैभन्दा जटिल छन्, किनभने चालक दलहरूले जल, स्थल आगो र वायुको चार क्लासिक तत्वहरूसँग व्यवहार गर्नुपर्दछ” हवाई अग्नी नियन्त्रणमा खटिएका हेलेनिक वायुसेनाका करियर पायलटलेफ्टिनेन्ट कर्नल पानागियोटिस फिलिसले भनेका छन् ।

यो ईयुको आपतकालीन प्रतिक्रिया समन्वय केन्द्र (ईआरसिसी) द्वारा आपूर्ति गरिएको सहयोग हो जुन यस वर्ष पहिलो पटक अन्य ईयु सदस्य राष्ट्रहरूबाट ग्रीसमा २०४ अग्नी नियन्त्रक विमानलाई पूर्व-स्थितिमा राखिएको थियो ।

ईआरसिसीको १२ फायर फाइटिंग विमानहरू किन्न सदस्य राष्ट्रहरूबाट पनि ऋण दिइएको छ । ति विमानलाई हाल अल्बानिया, पोर्चुगल, स्पेन, फ्रान्स, चेक गणतन्त्र र स्लोभेनिया लगायतका अन्य देशमा डढेलोसित लड्न प्रयोग गरिएको छ ।

युरोपेली वन डढेलो सूचना प्रणाली (ईएफएफआइएस) को तथ्याङ्कले ३० जुलाईसम्म लगभग छ लाख हेक्टर जङ्गल आगलागीबाट जलेको देखाएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक