शुक्रबार, वैशाख १४, २०८१

एनआरएनए पदाधिकारीको कार्यशैलीमाथि सचिवालयकै कर्मचारीद्वारा चुनौति

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ साउन २३ गते १६:५८

कर्मचारीको काम के हो ? नितिनियम, परिधिमा रहेर आफ्नो काम फत्ते गर्नु ! तर जब कुनै संस्था कमजोर बन्छ त्यस्तो बेला सामान्य कर्मचारीलेपनि हेप्न थाल्छ । संस्थाको कुर्सीमा जोसुकै होस् कर्मचारीले कुनै मानसम्मान र टेरपुच्छर लगाउँदैन । अर्थात, ज्यान कमजोर, टाउको खियौटे भयो भने पुच्छरलाई ज्यान र टाउकाले होइन कि पुच्छरले ज्यान हलाईदिन्छ । अहिले एनआरएनएमा त्यहि भएको छ । एनआरएनएको केन्द्रिय सचिवालयका कर्मचारीलेनै संस्थाको निर्णयमाथि चुनौति दिएका छन् ।

गैर आवासीय नेपाली संघले गत अगस्ट ५ शुक्रवार गठन गरेको मेडिया टास्कफोर्सलाई एनआरएनएको काठमाडौं स्थित सचिवालयका कर्मचारीले ठाडो चुनौति दिएका छन् । यो चुनौतिसँगै उनीहरुले अहिलेको समग्र कार्यसमिति र संस्थामाथिनै ठाडो चुनौति दिएका हुन् ।

सम्पूर्ण गैरआवासीय नेपाली संघ सचिवालय कर्मचारी परिवारका नामबाट कर्मचारीहरुले केन्द्रिय नेत्रित्वलाई गैरआवासीय नेपाली संघले मेडिया टास्क फोर्स गठन गरेको र उक्त समितिको न्युज एक्स्पर्ट टीममा नेपालबाट केहि पत्रकारहरुको नाममा आपत्ती जनाएका हुन् ।

संवन्धित : २९ सदस्यिय एनआरएनए मेडिया टास्कफोर्स गठन

कर्मचारीहरुले भनेका छन् “संघको गतिविधिहरुलाई प्रवर्धन गर्ने उद्देश्यले बनेको मेडिया टास्क फोर्समा पनि संघको बारेमा नकारत्मक टिपणी गर्ने तथा निरन्तर संघको गरिमालाई आँच पुर्याउने र साथै संघका पदाधिकारीहरु तथा सचिवालयका कर्मचारीहरुलाई लक्ष्य गरि तथ्य हिन तथा मनगणन्त समाचार लेख्ने पत्रकारहरुको नाम समावेश गरिनाले त्यस्ता पत्रकारहरुलाई अझ प्रोत्साह मिल्ने प्रष्ट छ । तसर्थ, नेपालबाट न्युज एक्स्पर्ट टीममा संघको कार्यलाई प्रवर्धन गर्ने र रचानात्मक तथा तथ्य समाचार लेख्ने पत्रकारहरुको नाम राखियो भने यसले संघको छविलाई अझ उच्च राख्ने छ भन्ने हाम्रो विश्वास रहेको छ । तसर्थ कार्यदलमा सदस्यहरु राख्दा यस्ता कुरालाई पनि ध्यानमा राखी सदस्यहरु चयन गर्न हार्दिक अनुरोध गर्दछौं ।’

नेपालबाट कस्ता र कुन कुन पत्रकारको नाम रख्नुपर्ने हो र कुन कुन पत्रकारको नाममा आपत्ती हो भन्ने चाहिं कर्मचारीले खुलाएका छैनन् । तर केहि समयदेखि एनआरएनएका बिभिन्न कार्यक्रममा संस्थाको बिधिबिधान, नितिनियम र नियमावली मिचेर मनपरि गर्ने, आर्थिक दुरुपयोग र गलत तरिकाले कार्यक्रम गर्ने बिरुद्दका समाचार लेख्दै आएका पत्रकारलाई समावेश गर्न नहुने भनाई कर्मचारीको यो सन्देशले संकेत गरेको छ ।

कर्मचारीहरुको यो सन्देशले संघमा बेथिति, मनपरि र कर्मचारीहरुमा संघको कार्यकारी सचिवालयलाईनै हेप्ने र पेल्ने मनशाय रहेको भन्दै संघभित्र केहिले बिरोध गरेका छन् । अन्य केहिले कर्मचारीले संस्थाको संरचनामा धावा बोल्न लागेको भित्रभित्रै उल्लेख गरेका छन् । तर संघले आधिकारिकरुपमा यसका बारेमा कहिं टिप्पणी हालसम्म गरेको छैन ।

मेटिया टिमप्रति पत्रकारकै आपत्ती

एनआरएनएले गठन गरेको मेडिया टास्क फोर्समा एकातिर सचिवालयका कर्मचारीले आपत्ती जनाएका छन् भने अर्कोतिर मेडिया टास्कफोर्सकै न्युज एक्स्पर्ट टीमका सदस्यले आफ्नो स्विकारोक्तिबिना टीममा राखिएको भन्दै आपत्ती जनाएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको हालै गठित मिडिया टाक्स फोर्समा (सूचना तथा प्रकाशन कार्यदल) मा आफ्नो नामपनि समाचार विज्ञका रूपमा राखिएको समाचारबाट पछि मात्र थाहा पाएको भन्दै समितिका सदस्य बिनेश खनालले आपत्ती जनाएका हुन् । खनालले यो समिति खासमा किन बनाइएको हो र यसको उद्देश्य पनि प्रष्ट नभएको भन्दै भद्रगोल समिति बनाइएकोले यसमा बस्न आफ्नो कुनै रुचि नभएको उल्लेख गरेका छन् ।

उनले भनेका छन् “एकपटक पनि नसोधी मेरो नाम समावेश भएकोमा मेरो आपत्ति छ । म एउटा पत्रकार हो । म कुनै विज्ञ होइन । तसर्थ म यहाँ नरहेको जानकारी गराउँछु ।”

एनआरएनएको सकारात्मक अभियान र उसले गर्ने राम्रा कामप्रति आफ्नो सदैव सहयोग रहने तर यसभित्रका विकृति, विसंगति र अनिमियतताविरुद्ध आफूले सशक्त रुपमा कलम चलाउने उनले उल्लेख गरेका छन् ।

तपाइँको प्रतिक्रिया