शुक्रबार, वैशाख ७, २०८१

युक्रेनको जापोरिझिया क्षेत्र रसियामा सामेल हुन जनमत संग्रहको तयारी गर्दै

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन २३ गते २२:३२

Image credit-ukrinform.net

युक्रेनको जापोरिझिया क्षेत्रका प्रमुखले रुससँग सामेल हुन जनमत संग्रहको काम सुरु गरेको बताएका छन् ।

दक्षिणपूर्वी युक्रेनी क्षेत्र जापोरिझियामा मस्को समर्थित भनेर आरोप लगाईएका अधिकारीहरूले उनीहरू रुसमा सामेल हुने जनमत संग्रह गर्ने योजनाको साथ अगाडि बढिरहेको सोमबार बताएका हुन्।

“मैले एक सम्झौतामा हस्ताक्षर गरें …. रुसी संघसँग जापोरिजिया क्षेत्रको पुन: एकीकरणको लागि जनमत संग्रह आयोजना गर्ने मुद्दामा काम सुरु गर्नका लागि हो” युक्रेनी क्षेत्रको कब्जा गरिएको भागमा मस्कोद्वारा स्थापित प्रशासनका प्रमुख येभगेनी बालित्सकीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

बालित्स्कीले यसअघि आगामी शरद ऋतुमा मतदान हुने संकेत गरेका थिए ।

युरोपको सबैभन्दा ठूलो जापोरिजिया आणविक उर्जा संयन्त्र हालैका दिनहरूमा आक्रमणको केन्द्र बनेको छ जसले धेरै संरचनाहरूलाई क्षति पुर्याएको छ । आक्रमणका कारण यसका रिएक्टर बन्द गर्न बाध्य पारेको छ ।

मस्कोले शुरु गरेको सैन्य अभियानको पहिलो हप्तादेखि नै दक्षिणी युक्रेनी क्षेत्रहरू खेरसन र जापोरिझिया धेरै हदसम्म रुसको नियन्त्रणमा छन् । यि दुवै क्षेत्र अब रूसको अर्थतन्त्रमा एकीकृत भइरहेका छन् ।

अमेरिकाद्वारा युक्रेनलाई एक अर्ब डलरको नयाँ सैन्य सहायता

अमेरिकाले युक्रेनलाई एक अर्ब डलरको नयाँ सैन्य सहायता दिने घोषणा गरेको छ ।

अमेरिकी सैन्य मुख्यालय पेन्टागनले सोमबार युक्रेनका लागि एक अर्ब डलरको नयाँ सैन्य सहायता घोषणा गरेको हो, जसमा हिमार्स प्रणालीका लागि थप उच्च कोटीका क्षेप्यास्त्रहरू पनि समावेश छन् । त्यसले युक्रेनका सेनाहरूलाई अग्रभागमा रहेर धेरै पछाडि रहेका रूसी सेनाहरूलाई आक्रमण गर्न मद्दत गरेको दाबी गरिएको छ ।

अमेरिकी रक्षा विभागका अनुसार अमेरिकाले प्याकेजमा रुसी विमान र रकेटहरू विरुद्ध रक्षाका लागि सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्रहरू, थप जेभलिन एन्टि-आर्मर रकेटहरू र अन्य गोला बारुदहरू पनि समावेश गरेको छ ।

“यी सबै महत्वपूर्ण क्षमताहरू हुन् जुन युक्रेनीहरूलाई पूर्वमा रुसी आक्रमणलाई निस्तेज पार्न र दक्षिण र अन्य ठाउँमा विकासित घटनाहरूलाई सम्बोधन गर्न मद्दत गर्दछ” रक्षा उपसचिव कोलिन काहलले भने ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि अमेरिकाले युक्रेनलाई दिएको सुरक्षा सहयोग रकम नौ अर्ब १० करोड डलर पुगेको छ ।

“संयुक्त राज्य अमेरिका रुसको आक्रामकता विरुद्ध युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्नको निम्ति महत्वपूर्ण सुरक्षा सहायता प्रदान गर्न ५० भन्दा बढी देशका सहयोगी र साझेदारहरूसँग उभिएको छ” विदेश सचिव एन्टोनी ब्लिन्केनले भनेका छन् ।

“हामी युक्रेनसँग नजिकबाट परामर्श जारी राख्नेछौं र थप उपलब्ध प्रणाली र क्षमताहरू बढाउनेछौं । युद्धको मैदानमा फरक पार्न र वार्ताको टेबलमा युक्रेनको अन्तिम स्थितिलाई बलियो बनाउन सावधानीपूर्वक काम गरिनेछ,” ब्लिन्केनले एक विज्ञप्तिमा भनेका छन् ।

विश्व बैंकमार्फत युक्रेनलाई थप साँढे चार अर्ब डलर

संयुक्त राज्य अमेरिकाले युक्रेनको सरकारलाई थप साँढे चार अर्ब डलर उपलब्ध गराउने भएको छ । अमेरिकाले उक्त रकम विश्व बैंकमार्फत युक्रेनलाई उपलब्ध गराउने भएको हो ।

रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेपछिको कुल बजेट सहयोगलाई साँढे आठ अर्ब डलर पुर्‍याउने अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (युएसएआइडी) ले सोमबार जनाएको छ ।

विश्व बैंक मार्फत अमेरिकी ट्रेजरी विभागसँग समन्वय गरिएको कोष युक्रेनको सरकारलाई किस्तामा जानेछ । अगस्टमा तीन अर्ब डलर वितरणबाट सुरु हुने युएसएआइडीले उल्लेख गरेको छ ।

“यो आर्थिक सहायता युक्रेनी जनतालाई समर्थन गर्न महत्वपूर्ण छ किनकि उनीहरूले रुसको अप्रत्याशित आक्रामक युद्धको बिरूद्ध आफ्नो लोकतन्त्रको रक्षा गर्छन्” अमेरिकी अर्थमन्त्री जेनेट येलेनले एक विज्ञप्तिमा भनेका छन् ।

युक्रेनको बढ्दो गरिब जनसंख्या, अपाङ्गता भएका बालबालिका र लाखौं आन्तरिक रूपमा विस्थापित र अन्य युद्धको चपेटामा परेको व्यक्तिहरूका लागि सामाजिक र आर्थिक सहायता सहित आवश्यक कार्यहरू कायम राख्न मद्दत गर्ने उद्देश्य यो कोषको छ ।

विश्व बैंकका अध्यक्ष डेभिड मालपासले भने “युक्रेनलाई जीवनको अवस्था सुधार्न र गरिबीबाट थप खस्किनबाट जोगाउन स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा लगायतका सरकारी सेवाहरू जारी राख्न यो सहयोग आवश्यक छ।”

युक्रेनी अधिकारीहरूले युद्धको लागत र घट्दो कर राजस्वका कारण देशले मासिक पाँच अर्ब डलर वित्तीय खर्चको रुपमा अभाव झेल्नुपरेको छ । यसको अर्थ युद्धपूर्व कूल गार्हस्थ उत्पादनको साँढे दुई प्रतिशतको सामना गर्नु परेको थियो ।

अर्थशास्त्रीहरूले युक्रेनको वार्षिक घाटा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २५ प्रतिशतमा पुर्‍याउने बताएका छन् । द्वन्द्व अघि साँढे तीन प्रतिशत थियो ।

युद्ध र ठूलो संख्यामा विस्थापित व्यक्तिहरूको परिणाम स्वरूप सन् २०२३ को अन्त्य सम्ममा ५५ प्रतिशत युक्रेनीहरू गरिबीमा बाँच्ने अनुमान विश्व बैंकको छ । युद्ध सुरु हुनु अघि साँढे दुई प्रतिशत गरिबीमा थियो ।

युएसएआइडीले युक्रेनी सरकारलाई अस्पताल, विद्यालय र अन्य महत्वपूर्ण पूर्वाधारहरूमा ग्यास र बिजुली प्रवाह गर्न र नागरिकहरूलाई मानवीय आपूर्तिहरू पुर्‍याउन सक्षम बनाएको दाबी गरेको छ ।

(समाचार स्रोत-फ्रंस २४ डटकम)

तपाइँको प्रतिक्रिया

फेसबुक