शुक्रबार, चैत १६, २०८०

‘मेरो घरमा छापा मारियो’ : डोनाल्ड ट्रम्प

नेपालप्लस संवाददाता / बेलायत२०७९ साउन २४ गते १०:२६

अमेरिकी पूर्व राष्ट्रपती डोनाल्ड ट्रम्पले आफ्नो फ्लोरिडास्थित घरमा प्रहरीले छापा मारेको बताएका छन् ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआई एजेन्टहरूले सोमबार छापा मारेको बताएका हुन् ।

राष्ट्रपतीको कार्यालय ह्वाइट हाउसबाट महत्वपूर्ण कागजपत्र उनले आफ्नो निवासमा सारेको बारे अनुसन्धान गर्न प्रहरीले छापा मारेको बताएको हो । छापा मार्न आएका प्रहरीलाई उनको छोराले स्वीकार गरेको बताईएको छ ।

पूर्व राष्ट्रपतिको घरभित्र अभूतपूर्व खोजीले रेकर्ड अनुसन्धानमा महत्त्वपूर्ण वृद्धि भैरहेको औंल्याएको छ । राष्ट्रपतीको पदमा हुँदाका उनका कागजपत्र, महत्वपूर्ण प्रमाण दुरुपयोग गरेको बारेमा ट्रम्पले आफ्नो कार्यालय र निजी व्यवसायमा समेत राष्ट्रपती पदमा रहेकै बेलादेखिनै सामना गरिरहेका छन् । र हाल खोजिएका कागजपत्रपनि त्यहि बेलादेखिनै अनुसन्धान गरिएका कागजपत्रहरू मध्ये एक हो ।

अमेरिकी न्याय विभागले खोजीमा टिप्पणी गर्न अस्वीकार गरेको फ्रंस २४ ले उल्लेख गरेको छ । ट्रम्पले घरमा छापा मार्न एफबीआई एजेन्टहरूको ठूलो समूह आएको एक विज्ञप्तिमार्फत उल्लेख गरेका छन् । वाशिंगटनमा एफबीआईको मुख्यालय र मियामीमा रहेको फिल्ड अफिस दुवैले उक्त विषयमा टिप्पणी गर्न अस्वीकार गरेको फ्रंस २४ ले उल्लेख गरेको छ ।

ट्रम्पका छोरा एरिक ट्रम्पले फक्स न्यूजलाई भनेका छन्- बुवाले ह्वाइट हाउसबाट आफूसँग ल्याएका कागजातहरूको बाकसको खोजी प्रहरीले गरेका थिए । मेरा बुबाले महिनौंदेखि यस विषयमा राष्ट्रिय अभिलेखलाई सहयोग गर्दै आएका छन् ।

यस विषयसँग परिचित स्रोतले पनि हाल यो छापा हानुको कारण ट्रम्पले ह्वाइट हाउसबाट गोप्य रेकर्डहरू हटाएको विषयसित जोडिएको रोयटर्सलाई पुष्टि गरेको छ ।

ट्रम्पले भने “घर अहिले घेराबन्दीमा छ, छापा मारिएको छ र कब्जा गरिएको छ ।” उनले छापा मार्नुको कारण भने खुलाएनन् ।

“सम्बन्धित सरकारी एजेन्सीहरूसँग काम र सहयोग गरेपछि मेरो घरमा यो अघोषित छापा मार्नु आवश्यक वा उपयुक्त थिएन” ट्रम्पले थपे “उनीहरूले मेरो सन्दुक समेत तोडफोड गरे !

सोमबार फ्लोरिडास्थित आफ्नो घरमा छापा मारिंदा ट्रम्प न्यूयोर्कमा थिए । जनवरी २०२१ मा ह्वाइट हाउस छोडेदेखि पाम बीचमा आफ्नो क्लबलाई आफ्नो घर बनाएका ट्रम्पले सामान्यतया ग्रीष्म ऋतुहरू न्यू जर्सीको बेडमिन्स्टरमा रहेको आफ्नो गल्फ क्लबमा बिताउने गरेका छन् । किनभने फ्लोरिडा स्थित उनको घर (जसलाई मार ए लागो नाम दिईन्छ) सामान्यतया गर्मी याममा बन्द हुन्छ।

अमेरिकी राष्ट्रपतिको अभिलेख ऐन भनिने संघीय कानूनले राष्ट्रपतिको आधिकारिक कर्तव्यसँग सम्बन्धित मेमो, पत्र, नोट, इमेल, फ्याक्स र अन्य लिखित सञ्चार सामाग्रि संरक्षण गर्न आवश्यक छ ।

कसैको एक निजी निवास भित्र कुनै पनि चिजको खोजि, अनुसन्धान गर्न न्यायाधीशद्वारा अनुमोदित हुनुपर्छ । कानून प्रवर्तन एजेन्सीले सम्भावित कारण देखाएपछि अनुसन्धान गरिएको यस खोजीलाई जायज भनिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक