बुधबार, वैशाख १२, २०८१

अमेरिकाद्वारा जलवायुको लागि ३ खर्ब ६२ अर्ब यूरोसहित सात परियोजना घोषणा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन २४ गते १३:०७

संयुक्त राज्य अमेरिकाले जलवायु परिवर्तनबाट उत्पन्न समस्या समाधानकालागि तीन खर्ब ६२ अर्ब युरो लगानी र सात परियोजना सन्चालनको घोषणा गरेको छ ।

अमेरिकी सिनेटले आइतबार अगस्ट ७ मा जलवायु परिवर्तन विरुद्ध लड्नका लागि विभिन्न उपायहरू पारित गरेको हो । सिनेटले ७०० पृष्ठको योजना पास गरेको छ ।

विधेयकका रुपमा पास गरिएको यो योजनालाई ‘मुद्रास्फीति न्यूनीकरण ऐन’ भनिएको छ ।

यो परियोजना अन्तर्गत विशेष गरी वातावरणीय समस्या हल गर्न, कर र स्वास्थ्य सुधारहरूमा ३ खर्ब ६९ अर्ब डलर (३ खर्च ६२ अर्ब यूरो) लगानी गर्ने योजना छ ।

यसले सन् २००५ को तुलनामा २०३० सम्ममा ४० प्रतिशतले कार्बन उत्सर्जन घटाउने लक्ष्य राखेको छ ।

विस्तारमा भन्नुपर्दा ६० अर्ब डलर (५९ अर्ब युरो) नवीकरणीय ऊर्जाको विकासमा लगाइनेछ । २० अर्ब डलर (१९ अर्ब युरो) ले अटोमोटिभ क्षेत्रलाई वातावरणिय अनुकूल व्=हुने वा स्वच्छा इनर्जीका सवारी साधन निर्माण गर्न सहयोग गर्नेछ । त्यस्तै ६० अर्ब डलर (५९ अर्ब युरो) प्रायः प्रदूषणबाट सबैभन्दा बढी प्रभावित गरिब जनसंख्यालाई सहयोग गर्ने उद्देश्यले कार्यक्रमहरूमा लगानी गरिएको छ । यस योजनामा वन्यजन्तु, संरक्षित प्रजाति, समुद्र, महासागर र वनका लागि जिम्मेवार सरकारी निकायहरूको बजेट वृद्धि समेत गरिने छ ।

अमेरिकी सर्वोच्च अदालतका न्यायाधीशहरूले जुलाईको अन्त्यमा कारखानाहरूबाट कार्बन उत्सर्जनलाई नियमन गर्ने वातावरणीय संरक्षण एजेन्सीको क्षमतालाई तीव्र रूपमा घटाएपछि यो कदम चालिएको हो ।

तपाइँको प्रतिक्रिया