बुधबार, वैशाख १२, २०८१

नदीमा पानी घटेपछि दोस्रो विश्वयुद्दकालिन बम भेटियो

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन २६ गते १७:३४

चरम खडेरीले इटालीको पो नदीमा पानीको स्तर न्युन भएपछि दोस्रो विश्वयुद्दका बेला गाडिएको तर विस्फोट नभएको बम फेला परेको छ।

इटालीको सेनाले गत आइतवार ४५० किलोग्रामको बम नपड्किएकै अवस्थामा फेला पारेको दाबी गरेको हो । सेनाले पछि नियन्त्रित विस्फोट गराएको बताएको छ ।

शुरुमा २५ जुलाईमा ईटालीको लोम्बार्डी क्षेत्रको बोर्गो भर्जिलियोको उत्तरी गाउँ नजिकै माछा मार्नेहरूले उक्त वम पत्ता लगाएका थिए।

इटालीको ब्रेडबास्केट मानिने पो उपत्यकाबाट बग्ने पो नदी, जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमसँगै वर्षा नभएको र हिउँ पग्लिन निकटमा हिमाल नभएकाले ऐतिहासिक रुपमा न्युन स्तरमा पुगेको छ । नदीमा पानीको स्तर लगभग नौ मिटर घटेपछि मछुवारहरुले उक्त बम देखेको बताएका छन् ।

“खडेरीका कारण पानीको सतह घटेपछि पो नदीको किनारमा माछा मार्नेहरूले नपड्किएको बम फेला पारेका हुन्” कर्नेल मार्को नासीको भनाई उल्लेख गर्दै मेडियाहरुले उल्लेख गरेका छन् ।

बोर्गो भर्जिलियोका मेयर फ्रान्सेस्को अपोर्टीले बम डिस्पोजल इन्जिनियरहरूका अनुसार अमेरिकी निर्मित उक्त बममा २४० किलोग्राम विस्फोटक रहेको बताएका छन् ।

ईटालीको सेनाले करिब ८०० बासिन्दा बसोबास गर्ने गाउँ खाली गरेर निस्क्रिय पारेको बताएको छ ।

तपाइँको प्रतिक्रिया