बिहीबार, चैत १५, २०८०

सुरक्षा र विश्वाश बढाउन स्पेन प्रहरीद्वारा शरिरमा क्यामरा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन २६ गते १९:३१

स्पेनी प्रहरीले जनतामा बढ्दो सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले जनतासँगको कुराकानी रेकर्ड गर्न शरिरमा क्यामेरा लगाउन थालेको छ ।

गृह मन्त्रालयले गत सोमवारदेखि शरिरमा क्यामरा (बडीक्याम) सुरु गरिएको जनाएको छ । प्रारम्भिक चरणहरूमा कति जना संलग्न थिए भन्ने चाहिं खुलाएको छैन । तर सबै प्रहरी अधिकारीहरूलाई क्रमशः अनिवार्य गरिने उल्लेख छ।

स्पेनको टिभिई सार्वजनिक टेलिभिजनले साना क्यामेराहरू अफिसरहरूको वर्दीमा जोडिएको उल्लेख गरेको छ । ति क्यामरा म्यानुअल वा स्वचालित रूपमा सक्रिय हुन सक्छन् ।

मुख्य स्पेनी प्रहरी युनियन जुपोलले ट्विटरमा यो कदमको स्वागत गरेको छ । यो निर्णय युनियनले गरिरहेको अनुरोधको प्रतिक्रिया स्वरुप आएको जनाएको छ ।

“यसले सुरक्षाको ग्यारेन्टी गर्नेछ । हाम्रा हस्तक्षेपहरूको कुनै पनि प्रकारको गलत व्याख्या हुनबाट जोगिनका लागि काम गर्ने छ । जनताले प्रहरीको व्यावसायिकतालाई स्पष्ट रूपमा देख्न सक्नेछन् र त्यहाँ शक्तिको दुरुपयोग वा अतिक्रमण भएको छैन भन्ने थाह पाउने छन्” युनियन प्रवक्ता पाब्लो पेरेजले टिभिई टेलिभिजनलाई भने ।

विगत एक दशकमा प्रहरी विरुद्ध घातक गोलीबारी र अन्य आक्रमणहरु भएको भनेर गरिएको दाबीपछि पारदर्शिता बढाउन यो कदम चालिएको हो । युरोप र अमेरिकाका सेनाहरू बढ्दो रूपमा यस्तो प्रविधिमा फर्किरहेका छन् ।

“क्यामेराहरू सार्वजनिक सुरक्षा प्रोटोकल अन्तर्गत प्रयोग गरिन्छ जुन अपरेशनको क्रममा अनावश्यक अपराधको घटना हुनसक्ने भयले ति सबै रेकर्ड गर्नको लागि हो” स्पेनका गृहमन्त्री फर्नान्डो ग्रान्डे मार्लास्काले क्यामरा जडान गर्नु अघि टिभिई टेलिभिजनलाई भने ।

“यदि ति क्यामराहरू सक्रिय छन् भने यसले सुरक्षाको ग्यारेन्टी गर्न मद्दत गर्छ । र क्यामरा लगाउनु भनेको वास्तवमै पारदर्शी हुनु हो ताकि प्रहरी अधिकारीहरूको कार्य देख्न र जाँच गर्न सकिन्छ” मन्त्रीले भने “यसको अर्थ प्रहरी र जनता दुबैको लागि सुरक्षा हो ।”

केहि समयमै स्पेनको गार्डिया सिभिल ग्रामीण प्रहरी बलमा पनि उपलब्ध हुने उनले बताएका छन् ।

फ्रान्सले सन् २०१३ मा पैडेस्ट्रियन क्यामेरा भनेर चिनिने बडीक्यामहरूको परीक्षण गर्न थालेको थियो ।

लन्डन र न्यूयोर्कका प्रहरीहरूले पनि सन् २०१४ मा पाइलट योजनाहरू सुरु गरेका थिए जसमा क्रेडिट-कार्ड-आकारको क्यामेराहरू तिनीहरूको वर्दीमा अड्काउने गरिएको थियो । उक्त प्रविधिलाई त्यसपछिका वर्षमा क्रमश: परिस्क्रित गर्दै लगिएको छ ।

तर प्रहरीले लगाउने क्यामराको मिश्रित सफलता भएको बताइएको छ । किनभने तिनीहरूको प्रयोगलाई नियन्त्रित गर्ने कुनै पनि कानूनी दायित्वको अभावले पनि तिनीहरूको प्रयोग गर्दा प्रहरीले दुर्व्यवहारको पर्दाफास गर्न सीमित गर्न सक्छ भन्ने भनाई धेरैको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक