शुक्रबार, वैशाख १४, २०८१

अमाजोन, इबे र अन्य अनलाइन बजारहरूले अवैध हतियार बेचेको खुलासा

नेपालप्लस संवाददाता / बेलायत२०७९ साउन २७ गते १०:४६

बेलायतमा अमाजोन, एबे र अन्य अनलाइन बजारहरूले अवैध हतियार बेच्ने गरेको फेला पारेका छन् ।

बेलायतको उपभोक्ता संगठनलाई बेवास्ता गरेर अवैध हतियार विभिन्न नाममा तेस्रो पक्षको बिक्रेताले बेचेको पाइएको ए एफपीले जनाएको हो ।

अमाजोन,, ईबे, विश र अलीएक्सप्रेस अनलाइन प्लेटफर्महरूमा चक्कु, तरवार र डण्डा जस्ता अवैध हतियारहरू बेचेको अनुसन्धानले पत्ता लगाएपछि ति आलोचनामा परेका छन् ।

युकेको कानून ‘अफेन्सिभ वेपन्स ऐन २०१९’ ले देशमा यी हतियारहरूको बिक्रीलाई निषेध गरेको छ र ती घरपरिवारमा राख्न पाइदैन ।

अवैध मानिने ति हतियारसहित पक्राउ परेमा पक्राउ गरी जेल सजाय हुन सक्ने कानुनी प्रावधान छ ।

“यो चिन्ताजनक छ किनभने हाम्रो भर्खरको अनुसन्धानले असाधारण सस्तो मूल्यमा अनलाइन बजारमा अवैध हतियारहरू बिक्री भइरहेको खुलासा गरेको छ । ती प्राविधिक फर्महरूले मानिसहरूलाई थप खतरातर्फ धकेलिरहेका छन्,” उपभोक्ता संरक्षण नीतिका प्रमुख सु डाभियस ए एफपीलाई भन्छन् ।

“यसले यी प्लेटफर्महरूद्वारा गरिएको जाँच र अनुगमनमा ठूलो प्रश्न चिन्ह खडा गर्छ,” उनले थपे । अनलाइन बजारहरूलाई थप जिम्मेवारी लिन र उनीहरूको साइटहरूमा अवैध हतियारहरू देखा पर्नबाट रोक्न आग्रह गरेका छन् ।

हाल ति अनलाईन साइटहरुमाथि अनुसन्धान भैरहेको छ ।

तपाइँको प्रतिक्रिया