शनिबार, वैशाख १५, २०८१

पाँच वर्षकै उमेरमा आमा बनेकी बालिका

उनी चिकित्सा इतिहासमा सबैभन्दा कान्छी आमा हुन्

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन २७ गते १२:२६

पेरु, १९३९ मा बच्चा जन्मेलगत्तै लिना र उनको बच्चाको फोटो । स्रोत: हिस्ट्री दैनिक

हो, जब लीना मेडिनाले आफ्नो बच्चा जन्माईन्, उनी जम्मा पाँच वर्षकी थिइन् । हिस्ट्री दैनिक भन्छ -सन् १९३९ मा पेरुकी लिना मार्सेला मेडिनाले पाँच वर्षको उमेरमा स्वस्थ बच्चालाई जन्म दिएर विश्वकै कान्छी आमा बनिन् । वास्तवमा, जम्मा पाँच वर्ष, छ महिना र तीन हप्ताको उमेरमा उनको बच्चा भएको थियो। उनका आमाबुवाको चिकित्सा मूल्याङ्कनले केटी गर्भवती हुँदा अझै पाँच वर्ष पुगेको थिएन ।

९ र १० वर्षको बीचमा यौवनका लक्षणहरू देखाउन थाल्ने अन्य केटीहरूको विपरीत लीनाले अपेक्षाभन्दा पहिले नै यौवनको अनुभव गरिन् । उनको यौन अंगको विकास पनि द्रुत गतिमा भएको थियो । उनले अनुभव गरेको जिवनको यो अवस्थालाई “प्रीकोसियस पुबर्टी” को रूपमा चिनियो ।

चकित पार्ने खोज

छोरीको पेट उठेका बेला लीनाका आमाबाबु, टिबुरेलो मेडिना र भिक्टोरिया लोसे भर्खर भर्खरै पेरुको दुर्गम गाउँमा सरेका थिए । जब उनीहरूले आफ्नो जवान छोरीको पेट भरिलो देखे उनीहरूलाई यो ठूलो ट्युमर हो भन्ने लाग्यो । उनीहरु डराए । त्यसैले उनीहरूले उनलाई प्रसिद्ध डाक्टर जेरार्डो लोजाडाकहाँ जचाउन लगे।

केही अन्य स्रोतहरूले रिपोर्ट गरेका छन् -असामान्य वृद्धिको कारण, लीनाकी आमाले आफ्नी छोरीको शरीरमा दुष्ट आत्माहरूले कब्जा गरेको कुरा विश्वाश गरेकि थि ईन् । डाक्टरले यो पनि केटीको पेटको वृद्धिको एक कारक हो भन्ने सोचेका थिए।

लीना मेडिनाले बच्चा जन्माउँदा उनी जमम पाँच वर्षकी थिइन् । दैनिक स्रोत: हिस्ट्री दैनिक

एक परीक्षणले लीना गर्भवती भएको कुरा पत्ता लगाएपछि डाक्टर गेरार्डो छक्क परे । उनले यसलाई पुष्टि गर्न थप परीक्षणहरू गरे । अन्य चिकित्सकहरूसँग पनि परामर्श गरे। जब चिकित्शकहरुले केटीको मुटुको धड्कन सुने त्यसपछि ठोस प्रमाण पत्ता लाग्यो, साँच्चै, केटी गर्भवती भएकि छे । उनी त्यतिबेला आफ्नो तेस्रो त्रैमासिकमा थिइन् !

आफ्नो बच्चा जन्माउन मद्दत डाक्टर जेरार्डो लिना मेडिना । स्रोत: भिन्टेज एभ्रीडे

डाक्टरले आफ्नी ५ वर्षीया छोरी गर्भवती भएको खबर सुनाएपछि लीनाका अभिभावकहरू त्रसित भएका थिए । उनीहरुलाई पत्याउनै गाह्रो भयो । केही महिना पछि लिनाले सी-सेक्शन (शल्यक्रिया मार्फत हुने) मार्फत बच्चा जन्माईन् किनभने उनको पुठ्ठाको हाडको भाग एकदम सानो थियो । जन्मिएको केटा स्वस्थ थियो। जन्मँदा उसको तौल २ दुई दशमलव ७ किलोग्राम थियो।

पाँच वर्षको उमेरमा लीना संसारकै कान्छी आमा बनिन् । बच्चाको नाम “गेरार्डो” राखिएको थियो । डा गेरार्डो लोजादा जसले उसको प्रसूतिमा मद्दत गरे ।

लिनाको गर्भावस्था चिकित्सा इतिहासमै नयाँ विकास

तुरुन्तै लीनाको गर्भावस्थाको खबर लोकप्रिय भयो । यसले धेरैको ध्यान खिच्यो । यो समाचार त्यो बेलाका सबै पत्रपत्रिकामा छापियो । उनी आठ महिनाको हुँदा उनको महिनावारी भएको थियो भनेर डाक्टर एडमन्डो एस्कोमेलले मेडिकल जर्नल ला प्रेसे मेडिकलमा पनि रिपोर्ट गरेका थिए । उनको स्तन पनि चार वर्षको हुँदा नै विकसित भइसकेको थियो । उनको हड्डीको परिपक्वता पनि बढेको थियो र उनको कम्मर फराकिलो भएको थियो।

लीना मदिना आफ्नो छोरासँग स्रोत: Allthatsinteresting

डाक्टरहरूले लीनाको प्रेकोसियस पुबर्टी (अकल्पनिय, दूर्लभ यौवन) भएको पुष्टि गरे। यो एक दुर्लभ चिकित्साको अवस्था थियो। यो अनौठो आनुवंशिक अवस्थाले उनलाई प्रारम्भिक यौवनको अनुभव गराएको थियो। प्रत्येक १००० बालबालिका मध्ये एक जनाले यो अवस्था अनुभव गर्ने चिकित्शकहरुको थियो । लीना ती बच्चाहरू मध्ये एक थिइन्। हर्मोनको खराबी (हर्मोन डिस अडर) , अंगमा संक्रमण (इन्फेक्सन) र मस्तिष्कको असामान्यता जस्ता कारकहरू प्रेकोसियस पुबर्टीको कारण हुने भनाई चिकित्शकहरुको छ ।

निकै वर्षसम्म मानिसहरुले लीनाको यो घटनालाई असत्य भन्दै आएकापनि छन् । यसलाई पूर्णरुपमा झुठो भन्नेपनि छन् । यद्यपि, उनको समस्याको बारेमा थाहा पाएका डाक्टरहरूले उनीहरूसँग एक्स-रे, फोटोग्राफ र बायोप्सी जस्ता मेडिकल प्रमाणहरू रहेको जोड दिएका छन् र उनी वास्तवमै गर्भवती भनेको दाबी गर्दै आएका छन् ।

कसले बनायो पाँच वर्षीया बालिकालाई गर्भवती ?

सुरुमा, अधिकारीहरूले लिनाको गर्भावस्थाको लागि उनको बुबा जिम्मेवार भएको शंका गरे। यो बाल यौन दुराचारको मामला हो भन्दै उनको बुबालाई गिरफ्तार गरिएको थियो। उनीमाथि कुटपिट गर्दै अभियोग लगाइएको थियो । तर दाबी पुष्टि गर्ने कुनै प्रमाण नभेटेपछि उनलाई रिहा गरियो।

सन् १९७२ मा लीना आफ्नो पतिसित । स्रोत: हिस्ट्री डेली

लीनाको छोराको बुबा को हो कसैलाई थाहा छैन । र के भएको थियो भनेर उनलाई सोध्ने र जान्ने हर प्रयास गरियो तर पत्ता लागेन। लीनाको बच्चाको बुबा कहिल्यै पत्ता लागेन । उनको गर्भावस्थाको कारण र परिस्थितिहरूपनि स्पष्ठकासाथ आएनन् । केही अधिकारीहरूले युवतीनै कसले गर्भवती बनायो भन्ने बारे पूर्णतया अनभिज्ञ हुन सक्ने सुझाव दिएका छन् ।

अचम्मको घटना भएकाले लीनाको अन्तर्वार्ता लिन धेरै प्रयासहरू गरियो। यद्यपि, उनको परिवारले कुनै पनि प्रकारको प्रचार वा अन्तर्राष्ट्रिय ध्यानलाई कहिल्यै स्वागत गरेन। डकुमेन्ट्री फिल्म बनाउने र परिवारलाई पैसा दिने धेरै प्रस्ताव आएका थिए, तर ती सबै अस्वीकार गरियो । उनी सानै भएकै कारण गर्भावस्थाको विवरण गोप्य राखिएको मानिन्छ । लीना कसरी गर्भवती भइन् भन्ने अझै थाहा छैन ।

लीनाका आमाबाबुले लीना र उनको छोरा जेरार्डोलाई सँगै हुर्काए। जेरार्डोलाई १० वर्ष पुग्दासम्म लिना उनको आमा थिइन भनेर भनिएको थिएन। लामो समयसम्म जेरार्डोले आफ्नी आमा लीनालाई ठूली दिदी भन्ने ठानेको थियो ।

लीनाको बिहे

लीना र उनको पहिलो छोरा, जेरार्डो (बायाँ) । स्रोत: भिन्टेज एभ्रीडे

सन् १९७० को सुरुमा लीनाले राउल जुराडोसँग विवाह गरिन् । उनीसँगै उनको दोस्रो छोरा पनि थियो । यद्यपि सन् १९७९ मा उनको पहिलो बच्चा जेरार्डोको ४० वर्षको उमेरमा मृत्यु भयो । उनलाई हड्डीको क्यान्सर (बोन मारो) भएको थियो । त्यहि रोगले उनको मृत्यु भयो।

त्यसपछि लीनाले पेरुमा शान्त जीवन बिताएकी छिन् । उनी अझै जीवित छन् कि छैनन् भन्ने अनिश्चित छ । यदि उनी अझै जीवित भए उनको उमेर हाल ८० को हाराहारीमा छ ।

(मेडियम डट कममा येवान्डे आडेको आलेखलाई नेपालीमा भावानुवाद गरिएको हो)

तपाइँको प्रतिक्रिया