शुक्रबार, वैशाख ७, २०८१

रायन एयरका चालकद्वल द्वारा पाँच महिने हडताल शुरु, १४ लाख यात्रु प्रभावित हुने

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन २७ गते १८:०६

युरोपभरि न्युन भाडा दर (लो कस्ट) मा उडान भर्न चिनिएको रायन एयरका स्पेनस्थित केब्रिन क्रु (चालक दल) का कर्मचारीहरुले विहिवार अपरान्हबाट हडताल शुरु गरेका छन् ।

यो हडतालले १४ लाख यात्रुहरुलाई समस्या पार्ने छ ।

उनीहरुले बढ्दो मुद्रा स्फिति तथा महँगि अनुसारको तलब वृद्धि र अन्य केहि सुविधाको माग गर्दै हडताल शुरु गरेका हुन् ।

विमान कम्पनीका अन्य कामदार, कर्मचारीहरुले जुन र जुलाई महिनामा विमानस्थलमा हडताल गरेका थिए । त्यसबाट ब्यवस्थापन पक्षले आफ्ना मागहरु सुनुवाई नगरेको भन्दै युनियन सिन्डिकल ओब्रेरा (यूएसओ) र एसआईटीसीपीएलए दुई युनियनहरूले ८ अगस्टदेखि पाँच महिने लामो हडताल शुरु गरेका हुन् । खास हडताल विहिवारबाट शुरु गरेका हुन् ।

उनीहरुको यो हडतालमा पाईलट लगायत विमानको उडानका कर्मचारी (केबिन क्रु) छन् । हाल शुरु गरिएको हडताल ७ जनवरी सन् २०२३ सम्म चल्ने बताएका छन् ।

हडताल प्रत्येक हप्ता सोमबारदेखि बिहीबारसम्म हुने र २४ घण्टासम्म रहने कर्मचारी युनियन युएसओका स्रोतहरूले बताएका छन् । उनीहरुले आफ्नो हडताल उडान सबैभन्दा ब्यस्त रहने गर्मीयाम र क्रिसमस पर्वमा जारि राख्ने भएका छन् । उडानको सबैभन्दा बढी माग हुने गर्मीयाम र युरोपेलीको सबैभन्दा ठूला पर्व क्रिसमस र नयाँ वर्षमा हो ।

ग्रीष्म ऋतु शुरुवातबाट अघिल्लो १८ दिनको हडतालमा अनुमानित ३१० उडानहरू रद्द गरिएका थिए । स्पेनको १० वटा रायन एयर आधार कार्यालयहरूमा लगभग ३,४५५ वटा उडान ढिलाइ भएको थियो । सबैभन्दा बढी ढिलाई विशेष गरी स्पेनमा सबैभन्दा बढी ब्यस्त रहने बार्सिलोनाको एल प्राट एयरपोर्टमा भएको थियो । उडानहरु ढिलाई भएपछि अन्य देशको उडान लिनुपर्ने यात्रुहरुले मार खाएका थिए । कतिपयको अर्को देशबाट हुने उडान छुटेको थियो र ति क्रुद्द बनेका थिए ।

एयरलाइनले मुख्य स्पेनिस केबिन क्रू युनियन (सिक्को) सँग श्रम सम्झौता गरिसकेको जनाएको छ ।

“स्पेनमा केबिन चालक दलका दुई वटा युनियनहरू छन् । तिनले यो हडताललाई कमजोर समर्थन गरेको परिणाम स्वरूप रायन एयरले अगस्ट र सेप्टेम्बरमा प्रति दिन ३,००० उडानहरूको सञ्चालनमा कुनै अवरोधको आशा गरेको छैन” एयरलाईन्सले भनेको छ ।

कामदार के चाहन्छन् ?

युनियनको माग मध्ये यस जुलाईमा हडताल गर्दा निकालिएका ११ जना मजदुरलाई तत्काल पुनर्बहाली गर्नुपर्ने भन्ने छ ।

“हामी लगभग दैनिक बर्खास्त देखिरहेका छौं। गत हप्ता यो दशौं कार्यकर्ता थियो र हिजो बार्सिलोनाबाट अर्को सहकर्मी जो १२ वर्षदेखि कम्पनीमा थिए उनलाईपनि बर्खास्त गरियो” युनियन स्रोत भन्छ।

उनीहरुले बन्दमा भाग लिएका करिब एक सय कामदार विरुद्धको अनुशासनात्मक कारबाही फिर्ता गर्न पनि माग गरिरहेका छन् ।

कम्पनीले कर्मचारीहरूलाई डराउने तर्साउने गर्न अनुशासनको कारवाहि र बर्खास्ति गरिरहेको जनाएका छन् ।

संघका प्रवक्ताका अनुसार कम्पनीले हडताललाई कमदार तर्साउने तरिकाको रूपमा प्रयोग गरिरहेको छ ।

यस्तो अवस्थामा पनि कम्पनीले युनियनसँग सहमतिकालागि वार्तामा बस्न नमानेको उनीहरुको भनाइ छ ।

यो नयाँ हडतालले मुख्यतया म्याड्रिड-बाराजास, बार्सिलोना, मालागा, एलिकान्ते, सेभिल र पाल्मा दे मालोर्काका एयरपोर्टहरूलाई असर गर्नेछ। स्पेन जाने सहित राष्ट्रिय र अन्तर्राष्ट्रिय जडानहरू अवरुद्ध हुनेछन् ।

स्पेनिस पाइलट एसोसिएसनले पछिल्लो समयको मुद्रास्फीतिलाई ध्यानमा राख्दै आफ्ना सदस्यहरूको तलब बढाउन माग गरिरहेको छ।

युनियनहरूले अपरेटरलाई थप कामदारहरू भर्ती गरेर कर्मचारीको सुरक्षाको आदर गर्न पनि आग्रह गरे । उनीहरूले चेतावनी दिएका छन्, ‘एयरपोर्टमा यात्रु संख्यामा भएको वृद्धिको अनुपातमा कर्मचारी संख्यामा अभाव छ । केबिन क्रू र ग्राउन्ड स्टाफलाई निराश यात्रुहरूद्वारा दुर्व्यवहार हुने जोखिम बढेको छ ।’

एएनए र पाइलट एसोसिएसन अफ स्पेनले मानव संसाधनको कमीलाई पूर्ति गर्न तत्काल कदम चाल्नुपर्ने माग पनि गरेका छन् ।

छुट्टी बसेको बेला स्पेनी श्रम कानूनको आवेदन र स्पेनी कामदारहरूले प्रदान गर्ने १४ सार्वजनिक बिदाहरूको कार्यान्वयन गर्नुपर्ने मागपनि छ । हाल कम्पनीले नौ दिन मात्रै प्रस्ताव गरेको छ ।

तिनीहरूले आयरिश कानून अन्तर्गत वर्कफोर्स र क्रुलिङ्क जस्ता रोजगार एजेन्सीहरू मार्फत कर्मचारिलाई अल्पकालिन रोजगार संझौता अन्त्यको लागि पनि आह्वान गरिरहेका छन्। कर्मचारी स्पेनमा भर्ति गर्ने तर आयरिस कडा कानुन लगाउने र अल्पकालिन संझौतापत्रमा हस्ताक्षर गराएर काममा लगाउन नहुने तर्क कर्मचारीहरुको छ ।

त्यसैगरि उनीहरूले आफ्नो तलब कोरोना महामारी पूर्वको स्तरमा पुर्‍याउन तलब वृद्धिको माग गरिरहेका छन्। कोविडले गर्दा सबै एयरलाइन्स र युनियनहरूले कर्मचारीहरूको तलब घटाएको तर हाल कोरोना पूर्वको अवस्थामा पुग्दापनि सुविधा र तलब भने फिर्ता नपाएको बताउँछन्।

उनीहरुले जति घन्टा उडान भर्‍यो त्यत्तिको मात्रै तलब पाएको दाबी गर्छन् । युनियनहरूले आफ्नो आधारभूत तलब न्यूनतम पारिश्रमिक तोकिए बराबर बनाउन माग गरिरहेका छन्।

तपाइँको प्रतिक्रिया

फेसबुक