बिहीबार, वैशाख १३, २०८१

प्रहरीद्वारा ट्रम्पको निवासबाट गोप्य कागजातहरु बरामत

नेपाल प्लस२०७९ साउन २८ गते १०:३७

अमेरिकाको एफ बि आइ प्रहरी टोलीले अमेरिकी पूर्व राष्ट्रपती डोनाल्ड ट्रम्पको मार-ए-लागो निवासबाट गोप्य कागजातहरु बरामत गरेको छ ।

यस हप्ता फ्लोरिडामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मार-ए-लागोको घरमा खोजी गर्न एफबीआई एजेन्टहरू पुगेका थिए । उनीहरुले गोप्य रूपमा चिन्ह लगाइएका ११ वटा गोप्य कागजातहरू छुट्याएका थिए । उनले अमेरिकाको जासुसी ऐन उल्लङ्घन गरेको विश्वास गर्ने सम्भावित कारण रहेको खुलासा गर्दै अमेरिकी न्याय विभागले शुक्रबार ति कागजातहरु छुट्याएको बताएको हो ।

संघीय मजिस्ट्रेट न्यायाधीशले अनुमोदन गरेको वारेन्टको आधारमा एफबीआई एजेन्टहरूले ट्रम्पको निवासमा खोजी गरेको चार दिन पछि जारी गरिएको कानुनी कागजातहरूमा बमको खुलासा गरिएको थियो ।

न्याय विभागले अमेरिकी मजिस्ट्रेट न्यायाधीश ब्रुस रेनहार्टलाई आफ्नो वारेन्ट आवेदनमा ट्रम्पले जासुसी ऐन, राष्ट्रिय सुरक्षा जानकारीको स्वामित्व वा प्रसारणलाई निषेध गर्ने संघीय कानूनको उल्लंघन गरेको विश्वास गर्ने सम्भावित कारण भएको उल्लेख गरेको छ ।

प्रहरीले बतामत गरेको कागजातहरूको सूची सात पृष्ठको छ जसमा अमेरिकी मजिस्ट्रेट न्यायाधीश ब्रुस रेनहार्टले एफबीआईलाई दिएको वारेन्टको पत्र पनि समावेश छ । कागजातको सूचीमा के के छ भन्ने प्रस्ट खुलाईएको भने छैन ।

ट्रम्पसँग “शीर्ष गोप्य” लेबल गरिएको कागजातहरू रहेको रिपोर्ट गरिएको खुलासा गरिएको छ । त्यसले गर्दा उनमाथि ठूलो कानुनी खतरा खडा गर्न सक्ने बताइएको छ । “शीर्ष गोप्य” भनेर वर्गीकरण गरिनु भनेको देशको सुरक्षाको अलगि उच्चतम स्तर हो । देशको सबैभन्दा महत्वपूर्ण राष्ट्रिय सुरक्षा जानकारीको लागि आरक्षित गरिन्छ । यसलाई सामान्यतया विशेष सरकारी पहुँचमा राखिन्छ किनभने यसको खुलासाले राष्ट्रिय सुरक्षामा गम्भीर क्षति पुर्‍याउन सक्छ ।

धेरै संघीय कानूनहरूले वर्गीकृत सामग्रीको दुरुपयोग गर्न निषेध गर्दछ । जासूसी ऐनका साथै अर्को विधान जसले वर्गीकृत कागजात वा सामग्री अनधिकृत रुपमा हटाउने र राख्ने गर्न निषेध गर्दछ। ट्रम्पले आफ्नो पदमा रहँदा यसका लागि जरिवाना बढाए र यसलाई पाँच वर्षसम्मको जेल सजाय हुन सक्ने अपराध बनाए। पछि ट्रम्प आफैंले ति कागजहरु दुरुपयोग गरेको, हटाएको आरोप लाग्यो ।

बिहीबार ढिलो, ट्रम्पले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै लगेका भनिएका कागजहरु सार्वजनिक गरेकोअं बिरोध नगरेको अज्नाएका छन् । बरु उनले ति कागजहरु जारि गर्न माग गरेका छन् ।

ट्रम्पले राष्ट्रपती कार्यालयको रेकर्ड हटाएको सम्बन्धमा अनुसन्धान यस वर्ष सुरु भएको हो । राष्ट्रिय अभिलेख र अभिलेख प्रशासनले जनतासँग सम्बन्धित राष्ट्रपतिको रेकर्डको सुरक्षा हुनु पर्ने र त्यो नभएको भन्ने आरोप लागेपछि एजेन्सीले विभागलाई सिफारिस गरेको थियो । त्यसपछि अनुसन्धान शुरु गरिएको थियो ।

शुक्रबार, युएस हाउस अफ रिप्रिजेन्टेटिभ्स इन्टेलिजेन्स कमिटीका रिपब्लिकन सदस्यहरूले गार्ल्यान्ड र एफबीआईका निर्देशक क्रिस रेलाई वारेन्टका लागि शपथ पत्र जारी गर्न आह्वान गरेका थिए । उनीहरुले यो विषय जनतालाई थाहा हुनु आवश्यक रहेको बताएका थिए ।

तपाइँको प्रतिक्रिया