बुधबार, वैशाख १२, २०८१

कतारमा बन्यो एनआरएनएको समानान्तर कमिटी

नेपालप्लस प्रतिनिधि / कतार२०७९ साउन २८ गते १८:३२

बिनोद कुँवर अध्यक्ष रहेको र शेष घले पक्षको भनेर चिनिंदै आएको गैर आवासीय नेपाली संघ (एनआरएनए) को कतार समिति गठन भएको छ ।

शनीवार कतारको वक्रास्थित एक सभाहलमा बिशेष भेला आयो गर्दै सुरेश भट्टको अध्यक्षतामा २३ सदस्यिय एनसिसी कतार तदर्थ समिति गठन गरिएको हो ।

आइसिसी मनोनित सदस्य सरिता चिलुवाल पोखरियाको सभापतित्वमा भएको उक्त कार्यक्रममा आइसिसी सल्लाहकार धरम के सी प्रमुख अतिथी र आइसिसीका मानार्थ सदस्य आर सी पन्त बिशेष अतिथी थिए । सुरेश भट्ट आश्रीनको अध्यक्षतामा सर्व सम्मतीमा २३ सदस्यीय तदर्थ कार्यसमिति चयन गरिएको छ।

समितिका अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष-सुनिल कुमार घिमिरे, उपाध्यक्ष-सोम नाथ कँडेल, उपाध्यक्ष-मोहम्मद कलम हुसेन खान, महिला उपाध्यक्ष-मञ्जु खनाल आचार्य, महासचिव-ध्रुबराज अधिकारी, सचिव-पुष्पराज कोइराला, सचिव-प्रेम नेपाल, सचिव-रमेश पौडेल क्षत्री छन् ।

त्यस्तै, कोषाध्यक्ष-सुर्य नारायण सापकोटा, सह कोषाध्यक्ष-अब्दुल रहमान, युवा संयोजक-हेम राज रिमाल छन् ।

त्यसैगरि सदस्यहरुमा राधाकृष्ण अधिकारी, रुप बिश्वकर्मा, अमित रिजाल, योगेन्द्र तामांग, मुहसिन नासिर, प्रकाश बराल, प्रकाश यादव, लोक बहादुर बराल, अजय कुँवर, सबिना आचार्य, र आरिक शेख छन् ।

गतः मार्च २२-२५ मा होटल याक एण्ड यतिमा बिधि बिधानसम्मत ढंगमा आइसिसीको १०औं अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न भएको दाबी उनीहरुको छ । सोहि महाधिवेशनबाट निर्वाचित बिनोद कुँवरको अध्यक्षताको आइसिसीसँग मौजुदा एनसिसी कतारले बिधानतः गर्नुपर्ने समझदारी (MOU) गर्न तयार नभए पछि कतारमा अर्को एनसिसी तदर्थ समिति गठन गर्ने तयारी भैरहेको समानान्तर समितिका आयोजकको भनाई छ ।

बिभिन्न खिचातानी र असहजताका बिच शनिवार उक्त समिति गठन भएको हो । यसरी गठन हुने एनसिसीहरूमा कतार मध्यपूर्बमा तेस्रो र बिश्वमा पाँचौ बनेको भनाई बिनोद कुँवर पक्षको छ । यसअघि साउदी अरब, ओमान, क्यानडा र क्रोयसियामा एनसिसीहरू गठन भैसकेको उनीहरुले उल्लेख गरेका छन् ।

यहि सिलसिला अरू धेरै देशहरूमा पनि जारी रहेको बताउँदै शनिवार कतारमा भएको भेलामा उपस्थित एनआरएनहरूले यस अघि बनेको एनसिसी कतारले आर्थिक पारदर्शिता कायम नगरेको, संस्थालाइ केही ब्यक्ति बिशेषले स्वेच्छाचारी ढंगमा सिण्डिकेटको शैलीमा चलाएको, संस्थाको कोष अपचलन गर्दै ब्यक्तिगत रूपमा प्रयोग गरेको गम्भिर आशंका ब्यक्त गरेका थिए ।

संस्थाको कोष जोसुकैको खातामा राखिएपनि कोष बैंक स्टेटमेन्ट जस्ताको तस्तै सार्वजनिक नगरेसम्म यस्तो आशंका रहिरहने समेत बताएका थिए ।

तपाइँको प्रतिक्रिया