शनिबार, वैशाख १५, २०८१

एलएनजी ग्यासको अन्त्य गर्न माग गर्दै जर्मनीमा हजारौंको प्रदर्शन

नेपालप्लस संवाददाता / जर्मनी२०७९ साउन २८ गते २०:२३

photo source-Future Germany

रुसी ग्यासमाथिको आफ्नो निर्भरता अन्त्य गर्न जर्मनीको ह्यामवर्ग शहरमा शनिवार हजारौंले प्रदर्शनी गरेका छन् ।

जर्मनीले तरल प्राकृतिक ग्यासतर्फ राज्यलाई मोड्ने बाटो रोजेको छ। चार एलएनजी टर्मिनल चार्टर्ड गरिने भएको छ । शनिवार हेम्वर्गमा भेला भएका हजारौं प्रदर्शनकारीले उक्त निर्णयको निन्दा गरेका छन् । यो बिरोध प्रदर्शन शुक्रवारबाटै शुरु भएको हो र अगस्ट १५ सोमवारसम्म जारि राखिने छ ।

एउटा ठूलो सर्कस देखाउन बनाएको जस्तो पालको वरिपरि साना पाल, सोफा, लामो टेबलहरू बनाएर आन्दोलनकारीहरु बसेका छन्। यो १५ अगस्ट सम्मकालागि बनाइएको हो । ४० संस्थाले आन्दोलनकालागि आव्हान गर्दा पाल बनाएरै बस्न करिब ६००० मानिसहरु समावेश भएका छन् ।

कार्यक्रममा चलचित्र प्रदर्शन र कन्सर्टहरू गरिएका छन् । छलफलहरू र बहसहरू भएका छन् । जर्मन तटमा एलएनजी टर्मिनलहरूको निर्माणको निन्दा गर्न र अझ व्यापक रूपमा पूँजीवादी प्रणाली र नव उपनिवेशवादको कारणले पर्यावरण, आर्थिक र सामाजिक संकटहरू उत्पन्न भएको भन्दै बिरोध गरिएको छ । उनीहरुले प्रदर्शन र बिनम्रताका साथ ग्याँस मगाउने जर्मन सरकारको निर्णयको अवज्ञाका कार्यहरू पनि संगठित रुपमा गर्ने भएका छन्।

तिनीहरूको लक्ष्य ग्यास उद्योग ह्याम्बर्गबाट नजिकै रहेको विल्हेल्मशेभेन जस्ता भविष्यका एलएनजी टर्मिनलहरूको निर्माण स्थलहरूलाई पक्षाघात गर्नु हो । उनीहरुले यस्तो अन्य ठाउँमापनि गरेका छन् ।

जर्मनी युरोपमा प्रति वर्ष ९६ अर्ब घन मिटर ग्यासको सबैभन्दा ठूलो उपभोक्ता हो । फ्रान्सेली खपतको दोब्बरभन्दा बढी । जीवाश्म ईन्धनले धेरै रणनीतिक उद्योगहरू जस्तै रसायन, औषधि र इस्पातलाई बढाउँछ ।

तर फेब्रुअरी २४ मा युक्रेनमा रुसी आक्रमण सुरु भएदेखि नै यसको आपूर्तिको प्रश्न चर्को विषय बनेको छ । त्यतिन्जेल, बर्लिनलाई मुख्यतया मस्कोबाट आपूर्ति गरिएको थियो । सस्तो ग्यास पाइपलाइनबाट सीधा यसको सीमामा ढुवानी गरिन्थ्यो । रूसी ग्यासले गत वर्ष यसको वार्षिक खपतको ५५ प्रतिशत प्रतिनिधित्व गर्‍यो।

जर्मनहरुको आँखामा यो अपाच्य देखिएको छ । त्यसमा नैतिक कारणहरू छन् । रुसी ग्यास किनेर उसले युक्रेनमा गरिरहेको युद्धलाई वित्त पोषण गर्न चाहँदैनन् । तर अर्को तर्फ आफ्नो देशको डेलिभरी बिग्रने डर पनि छ । जर्मनहरूको नजरमा रुसी ग्यासमा असहनीय निर्भरता भएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आर्थिक कारणले ग्यासको पाईप काट्न सक्छन् भन्ने जर्मनहरुको बुझाई छ । त्यसैले धेरै जर्मनहरुले अमेरिकी ग्यास ल्याएको मन पराएका छैनन् । अमेरिकाबाट आयातित ग्यास वातावरण र स्वास्थ्य, आफ्नो अर्थतन्त्र र युरोपको दिर्घकालिन भविष्यकालागि झनै घातक भएको भनाई आन्दोलनकर्मीको छ । जर्मनी र युरोपमा संकट उत्पन्न हुनाले आफ्नो चान्सलर र अन्य देशका राज्य प्रमुखहरूलाई आफ्नो देशले लगाएको रुस विरुद्धको प्रतिबन्ध हटाउन बाध्य पार्न खोजेका छन् ।

चार एल एनजी टर्मिनलहरू

photo Source-Ende Gelände

आपतकालिन अवस्थामा बर्लिनले आफ्नो वातावरणीय र आर्थिक लागतका कारण हालसम्म अस्वीकार गरेको विकल्पमा शर्त लगाएर रूसी ग्यासमाथिको निर्भरता अन्त्य गर्न हर हालतमा खोजिरहेको छ । तरल प्राकृतिक ग्यास (एलएनजी) अमेरिकाबाट जहाजमार्फत् ढुवानी गरिरहेको छ । सायद चाँडै अल्जेरिया, क्यानाडा र कतारबाट ल्याउने छ ।

सरकारले आफ्नो तटमा चारवटा एलएनजी टर्मिनल चार्टर गर्न ३ अर्ब युरो जारी गरेको छ जसले एलएनजीलाई ग्यासयुक्त अवस्थामा पुर्नस्थापित गर्न सम्भव बनाउन सक्छ । पहिलो फ्लोटिंग टर्मिनल विल्हेल्मशेभेनमा सन् २०२२ को अन्त्यमा सञ्चालनमा आउने छ । सरकारले द्रुत प्रक्रियामा काम गरिरहेको जनाएको छ ।

ग्यास नेटवर्क जडान परियोजना पहिले नै सुरु भइसकेको हो । धेरै कठिन टर्मिनल परियोजनाहरू छन् जुन निर्माण गर्न धेरै समय लाग्छ । तिनलाईपनि प्रस्तावका रुपमा टेबलमा राखिएको छ ।

ह्याम्बर्गमा भेला भएका संगठनहरूले जलवायु प्रतिबद्धताहरू विरुद्ध जाने सरकारी योजनाको बिरोध गरेका छन् । किनभने सरकारले सन् २०४३ सम्म टर्मिनलहरू सञ्चालन गर्ने अधिकार दिएर “विगतको जीवाश्म ऊर्जा र पूर्वाधारहरूमा” लगानी गर्ने भनेको छ । “ग्यासमा मिथेनको मात्रा अझ ठूलो छ । त्यसले कार्बनडाईअक्साईडले भन्दा बढी जलवायु हत्याराको काम गरिरहेको छ र जलवायु संकटलाई तीव्र बनाउँदैछ ।

एन्डे गेलेन्डे नामको यो आन्दोलनका कार्यकर्ताहरूले विशेष गरी हाइड्रोलिक फ्र्याक्चरिङको विशेष प्रदूषक विधि प्रयोग गरेर निकालिएको अमेरिकी शेल ग्यास ल्याएर रूसी ग्यासको प्रतिस्थापन गर्ने काम विरुद्धमा विरोध गरिरहेका छन् ।

यो परियोजना निल्न सरकारलाई अझ गाह्रो छ । किनकि यो जर्मन इकोलोजीको एक लोकप्रिय व्यक्तित्व रोबर्ट ह्याबेकद्वारा सुरु गरिएको थियो । उनी सन् २०१८ सम्म सेन्टर लेफ्ट पार्टीका अध्यक्ष थिए ।

आज भाइस चान्सलर र संघीय आर्थिक मामिला र जलवायु मन्त्री छन् उनी । एसपिडी र सानो उदार दक्षिणपन्थी पार्टी एफडिपीसँग गठबन्धन छ । उनले राष्ट्रिय सुरक्षाको लागि एलएनजीको आपूर्ति आवश्यक छ भन्दै त्यसको औचित्यको लागी आह्वान गरिरहेका छन् । आफ्नो सफलताहरुलाई अगाडि बढाउन खोजेका हुन् उनले । जुन महिनाको अन्त्यमा बर्लिनले रूसी ग्याँसको २६ प्रतिशत मात्र आपूर्ति गर्यो।

रोबर्ट हबेकले एलएनजीको प्रयोग भनेको ‘अस्थायी समाधान हो’ भनेका छन् । ऊर्जा खपत घटाउने र नवीकरणीय ऊर्जाहरू प्रयोग गर्ने कार्यक्रमहरूले तिनीहरूको प्रभाव उत्पन्न गर्ने समय हो भन्ने आश्वासन दिएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक