बिहीबार, वैशाख १३, २०८१

सुँगुरहरूमा अफ्रिकी स्वाइन ज्वरो पत्ता लगाउन स्विजरल्याण्डमा कुकुर प्रयोग गरिंदै

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७९ साउन ३० गते ९:१६

Image Source-switzerland.detailzero.com

फार्ममा खेती गरिएका सुँगुरहरूमा अफ्रिकन स्वाइन फिभर (एएसएफ) पत्ता लगाउन स्विजरल्याण्डले कुकुरहरु प्रयोग गर्ने भएको छ ।

सुँगुरमा भएको अफ्रिकी स्वाईन फ्लु पत्ता लगाउन सक्षम कुकुरहरुको समुह आगामी शरद ऋतुबाट तयार पारिने भएको हो ।

विशेषज्ञ बनेर निस्किने कुकुरहरुले हाल स्विजरल्याण्डको जर्मनीसँग सीमा जोडिएको थुरगाउको उत्तरपूर्वी स्विस क्यान्टनमा प्रशिक्षण लिईरहेका छन् । यस रोगको प्रकोप हालै उत्तरी इटाली र जर्मनीमा देखा परेपछि स्विजरल्याण्डले कुकुरलाई तालिम दिने कार्यक्रम शुरु गरेको हो ।

खाद्य सुरक्षा र भेटेरिनरी मामिलाका लागि संघीय कार्यालयले एएसएफ स्विजरल्याण्डमा फैलिने उच्च जोखिम रहेको अनुमान गरेको थर्गाउको क्यान्टनले शुक्रबार एक विज्ञप्तिमा जनाएको छ ।

एएसएफ एक भाइरल एपिजुटिक रोग हो जुन घरेलु र जंगली सुँगुरहरूको लागि घातक हुन्छ । तर मानिसका लागि भने खतरनाक छैन।

सुँगुरहरूमा यो रोग लागेपछि लगभग सधैं केहि दिन भित्रनै तिनको मृत्यु हुन्छ । सुरुमा, जनावरहरूलाई ज्वरो आउँछ । त्यसपछि अस्थिर, शक्तिहिन व्यवहार जस्ता लक्षण देखिन्छन्न्। अहिलेसम्म यो रोगका बिरुद्द कुनै खोप वा उपचारको विकल्प छैन ।

एएसएफ अत्यधिक संक्रामक छ । संक्रमण शरीरको तरल पदार्थको माध्यमबाट संक्रमित जनावरहरू बीच प्रत्यक्ष सम्पर्कबाट हुन्छ । तर दूषित खाद्य फोहोर वा सुँगुरको मासुको उपभोगबाट पनि हुन्छ। दूषित सवारी साधन, उपकरण वा कपडाले पनि जनावरहरूमा भाइरस सार्छ।

तपाइँको प्रतिक्रिया