शुक्रबार, वैशाख १४, २०८१

युवा उद्यमी कँडेलद्वारा काठमाडौं-५ मा उम्मेदवारी घोषणा

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ साउन ३० गते २१:५९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि युवा उद्यमी बिजय कँडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन ।

सोमबार बिहान सामाजिक सन्जाल मार्फत उम्मेदवारी घोषणा गर्दै कँडेलले देशमा ब्याप्त विकृती अन्त्य गर्न, देश र जनताको अवस्था परिवर्तन गर्न र उपलब्ध साधन, स्रोत र प्रविधिको उच्चतम सदुपयोग गरि देश विकासका लागि समग्र युवाहरुको प्रतिनिधित्व गर्दै उम्मेदवारी घोषणा गरेको बताएका छ्न ।

‘राजनीतिक परिवर्तनमा हामीले अग्रगामी छलाङ मार्यौ, तर नागरिकको जीवनस्तर जहाको त्यही रह्यो,’ कंडेलले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन, ‘लोकतन्त्र आयो, तर भुइमान्छेहरुले त्यसको महशुस कहिल्यै गर्न पाएनन ।’ यस्तो अवस्था अन्त्यका लागि आफू नेतृत्व लिन अघि सरेको कंडेलको भनाइ छ ।

करिब चार दशक लामो जीवनमा देश बिदेश घुम्ने, काम गर्ने र सिक्ने अवसर मिलेको बताउँदै कँडेलले आफ्नो अनुभव र सिपका आधारमा रास्ट्रनिर्माणमा लाग्न तत्पर रहेको बताए ।

काठमाडौंको बालुवाटार निवासी कँडेल विभिन्न सामाजिक गतिविधि र ब्यापार व्यवसायमा संलग्न छन । उनका हाइजेनिक मिट सेन्टर, समाधान सेवा नेपाल, एचएम्सी फुड्स, हाइजेनिक एग्रो टुरिजम फार्म लगायतका व्यवसाय संचालनमा छन । यसअघि उनले काठमाडौंलाई धुलोरहित बनाउन ‘जाग्यो नेपाल’ अभियानको नेतृत्व गरेका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक