मंगलबार, वैशाख ४, २०८१

मालीबाट फ्रान्सेली सैनिक फिर्ता, रुसले प्रभुत्व जमाउने ?

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ २ गते ११:५०

Photo-AP Photo via theafricareport.com

अफ्रिकी मुलुक मालीबाट फ्रान्सले आफ्ना सैनिकहरु फिर्ता बोलाएपछि त्यहाँ रुसले प्रभाव जमाउने संभावना देखिएको छ । मालीमा वर्षौंदेखि त्यहाँको सरकार र बिद्रोही वा आतंकवादी भनिएको समुहबिच चर्को लडाइ चल्दै आएको थियो । आतंकवादीहरुलाई दबाउन र मालीमा सरकारलाई सहयोग गर्न हजारौं फ्रान्सेली सेना तैनाथ थिए । उनीहरुले माली सरकारसित मिलेर बिद्रोहीहरुलाई तह लगाउन साथ लागिरहेका थिए ।

तर फ्रान्सले सैन्य सहयोग गरेपनि बिद्रोही हारेनन् । उनीहरु बलियो, झनै आक्रामक बन्दै आए । सरकारमा विवाद अर्थात् सरकार भित्रै सेना सक्रिय बन्दै आयो । मन्त्री, प्रधानमन्त्रीसित सेना पूर्ण सहमत र सहयोगि बन्न सकेन ।

अन्तत जुन्टा (सैनिक) ले अगस्ट २०२० मा कू गरेर सत्ता लियो । त्यसपछि फ्रान्ससँग मालीको संवन्ध राम्रो हुने कुरै भएन । किनकि फ्रान्सेली सरकार जुन्टाको पक्षमा थिएन । सरकार कब्जा गरेकैसित संवन्ध राम्रो नभएपछि सोमवारदेखि फ्रान्सले मालीबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णय गर्‍यो ।

अब फ्रान्सेली सेना हटने भयो । त्यहाँको सैनिकले सरकार हातमा लियो । फ्रान्सेली सैनिक हटेपछि साहेलका जिहादीहरूले पश्चिम अफ्रिकाको तटीय क्षेत्रमा आफ्नो पहुँच विस्तार गर्न सक्ने नयाँ डर झन पलायो । त्यको बीचमा रूसी भाडाका सैनिकहरु पुगेको संकेत मिलेको छ । फ्रान्सको सैनिक प्रस्थानले छोडेको शून्यता भर्न रुसी सेना पुग्न लागेको हो।

मालीमा २४ मे २०२१ को रात मा सैन्य कू भयो । उपराष्ट्रपति आस्सिमि गोईता नेतृत्वको माली सेनाले राष्ट्रपति बाह एनदाव, प्रधानमन्त्री मोक्ताअर् उवानी र रक्षा मन्त्री सुलेमान दुकुरेलाई कब्जा गरे। माली कूको नेतृत्व गर्ने जुन्टाका प्रमुख आस्सिमि गोईताले एनदाव र उआनकोको आफ्नो शक्ति खोसिएको भन्दै नयाँ चुनाव २०२२ मा हुने घोषणा गरे। यो दश वर्षमा देशको तेस्रो कू हो। सन् २०१२ र सन् २०२० मापनि त्यहाँ सैनिकले शक्ति आफ्नो हातमा लिएको थियो । यस्तै घटना मात्र नौ महिना अघि भएको थियो ।

तिनीहरूको अभियान एक दशक पहिले उत्तरी मालीमा सुरु भएको थियो । देशको पाउडर-केग केन्द्र भाग र त्यहाँबाट छिमेकी नाइजर र बुर्किनाफासोमा बढेको थियो । डर केमा बढ्दै गएको छ भने सहेलमा विनाश मच्चाउने तिनै निर्दयी जिहादीहरूको संख्या बढ्दै गएको र अब ति तटीय पश्चिम अफ्रिकातिर लागेका छन्।

बेनिन, आइभरी कोस्ट र टोगोको उत्तरी क्षेत्रहरूमा घातक आक्रमणसहितका अन्य धेरै आक्रमणहरू पछि, गिनीको खाडीका सरकारहरूले आफ्नो रणनीतिको समीक्षा गरिरहेका छन् ।

विश्लेषकहरू भन्छन्: तिनीहरूका मुख्य चिन्ता के भने सहेलमा आफ्ना छिमेकीहरूले गल्तीहरू दोहोर्याउनबाट कसरी बच्ने र कसरी उत्तम खालको विदेशी समर्थन जुटाउने भन्ने हो।

फ्रान्सले मालीमा जिहादीहरू विरुद्धको आफ्नो लगभग दशक लामो मिसन समाप्त गरेको बताएको छ । र फ्रान्स त्यहाँबाट हिंडेपछि रूसी भाडाका सैनिकहरूले शून्यता भरिरहेको देखिन्छ । रुसी सैन्य केन्द्र क्रेमलिनसँग जोडिएको निजी सैन्य कम्पनी वागनर समूहका लडाकुहरूले गत वर्षको अन्त्यदेखि इस्लामवादी विद्रोहीहरू विरुद्धको लडाइमा माली सेनालाई समर्थन गर्दै आएका छन् ।

आफ्नो देशबिरुद्द जासूसी गरेको, आफूबिरुद्दको अक्रमणलाई सहयोग गरेको, सार्वभौमसत्ताको उल्लङ्घन गरेको र फ्रान्सेलीहरुले जिहादिस्तहरुलाई समर्थन गरेको भन्दै मालीले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठकको लागि अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्री अब्दुलाये डिओपले सुरक्षा परिषद्को चिनियाँ अध्यक्षलाई भनेका छन् “यदि फ्रान्सेली कार्यहरू जारी रह्यो भने मालीले संयुक्त राष्ट्र बडापत्र अनुसार ‘आत्मरक्षा प्रयोग गर्ने अधिकार’ सुरक्षित गर्दछ।”

डिओपले फ्रान्सेली सेनाद्वारा मालीको हवाई क्षेत्रमा बारम्बार उल्लङ्घन गरेको भन्दै त्यसको निन्दा गरे ।

उनले फ्रान्सेली विमानका उडानहरू जासुसी गर्ने गतिविधिहरूमा संलग्न भएको र उल्टो फ्रान्सले धम्कि दिने गरेको आरोप लगाउँदै फ्रान्सलाई त्यसको प्रतिउत्तरको चेतावनी दिए ।

मालीसँग “मालियन एयरस्पेसको यी स्पष्ट उल्लङ्घनहरू फ्रान्सले साहेलमा सक्रिय आतंकवादी समूहहरूको फाइदाको लागि गुप्तचर सङ्कलन गर्न र उनीहरूलाई हतियार र गोला बारुद खसाल्न प्रयोग गरेको प्रमाण धेरै छन्” डिओपले पत्रमा भने ।

फ्रान्सेली अधिकारीहरूले उक्त आरोपहरूको जवाफ दिएका छैनन्।

जर्मन सेनाहरूले सोमबार उत्तरी मालीको गाओ एयरपोर्टमा धेरै दर्जन सम्भावित रूसी सुरक्षा बलहरू देखेको बताएका छन् । फ्रान्सेली सैनिकहरूले शहर छोडेकै दिन दर्जनौं रुसी सैनिक देखिएको मंगलबारको जर्मन सैन्य कागजातमा उल्लेख छ ।

मालीमा संयुक्त राष्ट्र संघको शान्ति सेना मिसनमा बर्लिनको सहभागिता जर्मनीमा केही समयको लागि विवादास्पद भएको छ । त्यो किनभने पश्चिम अफ्रिकी देशले रूससँग सोभियत युगको सम्बन्धलाई गहिरो बनाएको छ । जर्मनीसित खासै निकटता छैन र बिगतमापनि थिएन ।

मालीको जुन्टाले अगस्ट २०२० को कूमा सत्ता लिएपछि, पेरिससँगको सम्बन्ध खस्कियो । त्यसले गर्दा फ्रान्सले सोमवारदेखि आफ्नो सैनिक अपरेशन पुरा भएको भन्दै सैनिक फिर्ता लैजाने घोषणा गर्‍यो ।

गत महिना बेनिनका राष्ट्रपति प्याट्रिस टालोनले आफ्ना फ्रान्सेली समकक्ष एमानुएल म्याक्रोनलाई आफ्नो देशलाई थप उपकरणहरू विशेष गरी ड्रोनको आवश्यकता रहेको बताएका थिए ।

तटीय राज्यहरू मध्ये उत्तरी बेनिन विस्तारित जिहादी खतराबाट सबैभन्दा बढी प्रभावित भएको छ । सन् २०२१ को अन्त्यदेखि सुरक्षा बलहरू विरुद्ध त्यहाँ करिब २० वटा हमला भएको छ ।

म्याक्रोनले मालीबाट बाहिरिए पनि फ्रान्स पश्चिम अफ्रिकामा आतंकवाद विरुद्धको लडाईमा प्रतिबद्ध रहेको बताएका छन्

उनले यस क्षेत्रका देशहरू बीचको सुरक्षा सहयोगलाई बढावा दिन सन् २०१७ मा स्थापना गरिएको निकाय “अक्रा इनिसिएटिभ” को बैठकहरूमा भाग लिन फ्रान्स तयार रहेको बताएका छन् ।

“बुर्किना फासो र मालीको बिग्रँदै गएको सुरक्षा अवस्थाले तटीय देशहरूको उत्तरी भागलाई सहेलमा सशस्त्र समूहहरू विरुद्ध नयाँ फ्रन्ट लाइन बनाएको छ” जर्मन राजनितिक बिचारक एडेनाउर फाउन्डेसनले अप्रिलमा एउटा रिपोर्टमा भन्यो।

यस क्षेत्रका देशहरूले घाना लगायतका संवेदनशील क्षेत्रहरूमा सुरक्षा बढाएका छन्, जुन अहिलेसम्म आक्रमणहरूबाट जोगिएको छ । तर यसले काम गर्छ कि गर्दैन भन्ने अहिलेनै प्रस्ट भएको छैन ।

एम्नेस्टी इन्टरनेशनलले बेनिन र टोगोमा सुरक्षा बलहरूले गरेको कथित मानवअधिकार उल्लङ्घनका साथै मनमानी नजरबन्दबिरुद्द चेतावनी दिएको छ।

(फ्रंस २४, एएफपी र रोयटर्सको सहयोगमा)

तपाइँको प्रतिक्रिया