मंगलबार, वैशाख ४, २०८१

बेल्जियममा अवैध लागूऔषध बरामदका घटना झन बढे

नेपालप्लस संवाददाता / बेल्जियम२०७९ भदौ २ गते १८:४३

बेल्जियममा अवैध लागू औषध बरामतका घटना बढ्दै गएको छ ।

बेल्जियमको आन्टर्पेन बन्दरगाहमा अवैध लागूऔषधको बरामद वर्षको पहिलो आधा समयको परिमाण हेर्दा तिब्ररुपमा बढेको देखिएको छ ।

वर्षको पहिलो करिब ६ महिनामै लगभग ३६ मेट्रिक टन लागु औषध बरामत भएको बेल्जियमका अधिकारीहरूले घोषणा गरेका छन्।

सन् २०१७ मा अधिकारीहरूले झन्डै ४१ टन बरामद गरेका थिए । तर सन् २०२० मा त्यो बढेर साढे ६५ टन पुग्यो ।

सन् २०२१ बेल्जियमकालागि एक असाधारण वर्ष साबित भयो । अन्वेषकहरूले ईन्क्रिप्टेड सन्देश सेवा स्काई ईसिसी अवरुद्द गरेपछि र दुई वर्षको अनुसन्धानको क्रममा एक अर्ब सन्देशहरू अवरोध गरेपछि ८९ मेट्रिक टन भन्दा बढी औषधिहरू जफत गरियो ।

तर बेल्जियमका भन्सार निर्देशक क्रिस्टियन भान्डरवारेनले पत्रकारहरूलाई स्काई ईसीसी अपरेसनसँग जोडिएका जफतहरू २०२२ डाटाबाट हटाइए पनि, कोकिनको आयातको प्रयासमा स्पष्ठ वृद्धि भएको पत्रकारहरूलाई बताएका छन् ।

भान्डरवारेनले कोलम्बियाई र दक्षिण अमेरिकी क्षेत्रका अन्य एजेन्टहरूका लागि युरोपमा औषधि पठाउनु बढी लाभदायक भएको बताएका छन् । किनकि उनीहरूले बीचमा रहेका मेक्सिकन एजेन्टहरूसँग काम गर्नुपर्दैन र संयुक्त राज्यमा निर्यात हुने औषधिहरूको सबैभन्दा बढी नाफा लिन्छन् । किनभने कोकिनको खुद्रा मूल्य” युरोपमा उच्च छ।

गत वर्ष एउटा प्रमुख प्रतिवेदनमा युरोपोल कानून प्रवर्तन सहयोगका लागि युरोपेली संघ एजेन्सीले बेल्जियम र छिमेकी नेदरल्याण्डलाई पुरानो महाद्वीपको कोकिन बजारको “केन्द्रीय केन्द्र” भनेर वर्णन गरेको थियो ।

एन्टरपेनमा एक प्रदर्शनी कार्यक्रम आयोजना गर्दा भन्सार अधिकारीहरूले जाँच र नियन्त्रणको समयमा प्रयोग गरिएको नयाँ मोबाइल स्क्यानिङ मेशिनपनि प्रदर्शन गरे जसले कन्टेनर जहाजहरू नजिकैको क्षेत्रसमेत स्क्यान गर्छ । कार्गो भर्ने र ओराल्ने क्रममा पनि उक्त बन्दरगाहमा त्यस्तो लागू औषध झिक्ने र लुकाउने अत्यधिक हुनसक्ने संभावना हुन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक