शुक्रबार, वैशाख १४, २०८१

जाडोकालागि कोइला थुपार्न जर्मनहरूलाई अहिलेनै हतार

नेपालप्लस संवाददाता / जर्मनी२०७९ भदौ २ गते १९:५९

युक्रेनमाथिको आक्रमणलाई लिएर युरोपेली संघले लगाएको प्रतिबन्धको बदलामा जाडोमा रुसी ग्यासको पूर्ण कटौती हुने डरले जर्मनहरु अहिले देखिनै कोइला भण्डार गर्न हतारिएका छन् ।

राजधानी बर्लिनमा, जीवाश्म ईन्धन अब दुर्लभ वस्तु भएको छ । रुसी ग्यासमा ४० प्रतिशत निर्भर जर्मनीलाई केहि समय अघिनै रुसले २० प्रतिशत कटौति गरिदिएपछि जर्मनी उर्जा संकटको मारमा छ । रुसले त्यहि २० प्रतिशतपनि कटौति गरिदिने त्रासमा जर्मनी छ । रुसले २० प्रतिशत ग्यास सुचारु राखिदिएपनि जर्मनीलाई जाडोमा उर्जाले पुग्ने छैन ।

बर्लिनमा ५,००० देखि ६,००० घरहरू अझै पनि कोइलाले तताउँछन् । लगभग १९ लाख घर भएको बर्लिनमा त्यो भनेको घरहरूको एक सानो अंश हो । यस्ता घरमा बस्ने प्रायः वृद्धहरू हुन् जो कहिलेकाहीँ यो इन्धनमा पूर्ण रूपमा निर्भर हुन्छन् । ति कहिल्यै मर्मत नगरिएका पुराना घरहरूमा बस्छन् । वा पुरानो परम्परागत चुलोबाट निस्कने एकदमै तातो लिन बानी परेका वा निकै तातोका प्रेमीहरू हुन् ।

रुसी ग्याँसको आपूर्तिमा गिरावटसँगै जर्मनीमा उर्जा संकट देखिएपछि नयाँ ग्राहकहरु अन्य बिकल्प लिएर ढोकामा आ इपुगेका छन् । तिनले काठका ठेड्का र ईन्धनको तेलमा विविधिकरणको बिकल्प प्रस्ताब गर्ने गरेका छन् ।

केहि जर्मनहरुले निकै वर्षपछि अहिले पहिलो पल्ट कोइला किन्न लागेका छन् । कोहि दाउराको बिकल्पपनि अघि सार्दै छन् ।

कोइलाको प्रयोग बढ्ने देखिएपछि यसको मूल्यपनि बढेको छ । तर पनि कोइलाको मूल्य ग्यास र दाउराको भन्दा कमनै हुने अधिकारीहरुले बताएका छन् ।

“स्वास्थ्यका लागि नराम्रो भए पनि चिसो हुनुभन्दा राम्रो हो” जर्मनहरुले चित्त बुझाउन थालेका छन् ।

कोइलाको उत्पादन यो वर्षको सुरुदेखि नै जर्मनीमा बढेको छ । माग धेरै बढी भएकाले आपूर्तिकर्ताहरू माग अनुसारको पूर्ति गर्न जाडोमा सकिन्छ कि सकिन्ने भन्ने चिन्तामा छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक