बिहीबार, चैत १५, २०८०

चीन र रुसले संयुक्त सैन्य अभ्यास गर्ने

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ भदौ २ गते २१:४१

File Photo source-http://eng.chinamil.com.cn

चीनले यस महिनाको अन्त्यमा संयुक्त सैन्य अभ्यासमा भाग लिन आफ्ना सैनिकहरु रुस पठाउने भएको छ । दुई सेनाबीचको सहयोगलाई गहिरो बनाउन सेना पठाउन लागिएको चिनियाँ रक्षा मन्त्रालयले सार्वजनिक गरेको छ ।

चीन र रुसबीच घनिष्ठ रक्षा सम्बन्ध छ र बेइजिङले युक्रेनमा भएको युद्धलाई लिएर अन्तर्राष्ट्रिय निन्दाको बाबजुद द्विपक्षीय सम्बन्धलाई उच्च तहमा लैजान चाहेको बताएको छ । अमेरिका र ईयुसहित पस्चिमा देशहरु युक्रेनको मामिलामा रुस बिरुद्द र ताईवानको मामिलामा चीन बिरुद्द लागिरहेका बेला रुस र चीनले सहकार्य र घनिस्टता देखाएका छन् ।

बुधबार जारी गरिएको विज्ञप्ति अनुसार चीनले रुससँगको सहकार्यको एक भागको रूपमा ३० अगस्टदेखि सेप्टेम्बर ५ सम्म हुने वार्षिक “भोस्टोक” अभ्यासमा भाग लिनेछ।

“उद्देश्य सहभागी देशका सेनाहरूसँग व्यावहारिक र मैत्रीपूर्ण सहयोगलाई गहिरो बनाउनु, सहभागी पक्षहरू बीचको रणनीतिक सहयोगको स्तर बढाउनु र विभिन्न सुरक्षा खतराहरूको जवाफ दिने क्षमतालाई सुदृढ पार्नु हो” रक्षा मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

यस वर्षको भोस्टोक अभ्यासमा भाग लिने अन्य देशहरूमा भारत, बेलारुस, मंगोलिया र ताजिकिस्तान छन्।

चीन र भारतले हालैका महिनाहरूमा पश्चिमी प्रतिबन्ध र युक्रेनलाई हतियार बिक्रीको विरोध गरेर रुससित कूटनीतिक रूपमा निकट संवन्ध राखिरहेका छन् । पस्चिमीहरुले भने रुसलाई सहयोग गरेको आरोप लगाउने गरेका छन् ।

तर चीनले सैन्य अभ्यासमा आफ्नो सहभागिता वर्तमान क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिसँग पूर्ण रूपमा असंबद्ध रहेको दाबी गरेको छ।

यो वर्ष चीन र रुसले गरेको यो दोस्रो संयुक्त अभ्यास हो ।

गत मे महिनामा दुई देशले जापान र दक्षिण कोरिया नजिकै १३-घण्टा अभ्यास गरेका थिए । त्योबेला अमेरिकी राष्ट्रपति जो बाइडेन टोकियोमा थिए । त्यसले गर्दा दक्षिण कोरियालाई प्रतिरोधकको रूपमा लडाकु विमानहरू प्रक्षेपण गर्न बाध्य पारेको थियो ।

वासिङ्टनले चीन र रुसबीचको सम्बन्धको बारेमा बारम्बार चिन्ता व्यक्त गर्दै आएको छ र यसले विश्वव्यापी सुरक्षालाई खतरामा पारेको भन्ने गरेको छ। तर अमेरिका यस्तो देश हो आफ्नो प्रतिकुल देख्नासाथ जहाँपनि विश्वब्यापी सुरक्षा खतरा देख्छ । तर आफूले सैनिक हस्तक्षेप गर्दा भने जहाँपनि जायज देख्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक