शुक्रबार, वैशाख ७, २०८१

मजदुर हडतालले लन्डनको यातायात सञ्जाल अवरुद्द

नेपालप्लस संवाददाता / बेलायत२०७९ भदौ ३ गते १७:१५

बेलायतको राजधानी लण्डनमा यातायात मजदूर र कर्मचारीहरुले तलव वृद्धि, थप सेवा र सुविधाको माग गर्दै बिहिवार देखि शुरु गरेको हडतालले शुक्रवार लण्डन अस्तब्यस्त बनाएको छ ।

बेलायतमा गत ४० वर्षकै सबैभन्दा उच्च मुद्रा स्फितिले गर्दा मजदूर र कमचारीको ज्यालालाई असर गरेको छ । यहि बेलामा थप तलव, सेवा र सुविधाको माग गर्दै मजदुरहरुले हडताल गर्दा लण्डनको यातायात सञ्जाल रोकिएको छ ।

लन्डनमा सार्वजनिक यातायातका कामदारहरूले तलब र सर्तहरूलाई लिएर शुक्रबार नयाँ हड्ताल गरेका हुन् । बेलायतको राजधानी जोड्ने भुमिगतसहित लगभग सबै रेल लाइनहरूमा सेवाहरू कटौती गरेका छन् ।

विभिन्न क्षेत्रका कामदारहरूले दशकौंको उच्च मुद्रास्फीति र जीवनयापनको बढ्दो लागतको आधारमा तलब वृद्धिको लागि जोड दिइरहेका छन् ।

राजधानीको अधिकांश सञ्जालका लागि जिम्मेवार लन्डनको लागि यातायातका प्रवक्ताले त्यहाँ लगभग कुनै ट्यूब (अण्डरग्राउन्ड) रेल सेवाहरू नभएको बताएका छन् । र धेरै कम ठाउँमा रोकिने र कम सेवा दिने केही लाइनहरू मात्र छन् ।

बहुसंख्यक श्रमिकको प्रतिनिधित्व गर्ने आरएमटी यातायात मजदुर युनियनका सदस्यहरूले रोजगारी कटौती, पेन्सन सुरक्षा, तलब र कामको अभ्यासमा परिवर्तनलाई लिएर शुक्रबारको हड्तालको आह्वान गरेका छन् ।

बिहीबारबाट शुरु भएको राष्ट्रव्यापी रेल हड्तालले अधिकांश सेवाहरूलाई प्रभावित गरेपछि शुक्रवारपनि जारि रहेको हो । युनियन सदस्यहरूले आठ प्रतिशत तलब वृद्धि प्रस्ताव अस्वीकार गरेका छन् जुन मुद्रास्फीति भन्दा अझै तल रहेको भनाई तिनको छ।

शनिबार पनि देशव्यापी रेल हडताल हुने भएको छ । आरएमटीले औद्योगिक कार्यको अन्तिम मिति राख्न अस्वीकार गरेको छ।

विपक्षी लेबर पार्टीका राजनीतिज्ञ लन्डनका मेयर सादिक खानले हडताललाई समर्थन नगर्ने बताएका छन् । तर यातायात मजदुरहरू निराश र चिन्तित हुनुको कारण बुझ्न सरकारलाई आग्रह गरेका छन् । उनले भनेका छन् “सरकारले कडा परिश्रम गर्ने यातायात मजदुरहरूलाई सजाय दिनु हुँदैन ।”

सरकारले वार्तामा भाग नलिने वाचा गर्दै हडताललाई लिएर कडा नीति लिएको छ ।

यातायात मन्त्री ग्रान्ट शाप्सले मन्त्रीहरू आधुनिकीकरणको माध्यमबाट अगाडि बढ्न चाहने तर आर एम टी युनियनले त्यसको विरोध गरेको बताएका छन् । आइतवारको कामको सन्दर्भमापनि मजदुर युनियनले सरकारको बिरोध गर्दै आएको भनाई उनको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक