शुक्रबार, चैत १६, २०८०

किन हराउँदै छन् पेरिसका प्रतिष्ठित भँगेरा ?

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ ४ गते ९:२३

विश्वको सबैभन्दा बढी पर्यटक आउने देशको राजधानीका भँगेरा । यिनकोपनि निकै आकर्षण छ पेरिसमा । भँगेरालाई चारो खुवाउने, चारो खुवाएर हात, टाउकोमा बसाल्ने र थरीथरीका फोटो खिच्ने सोखिन पर्यटकहरु निकै हुन्छन् पेरिसमा । भँगेरा पेरिस शहरको परिचयपनि हो । यि प्रतिष्ठित पनि छन् ।

तर दुखको कुरा पेरिसको घरेलु भँगेराको झण्डै एक चौथाइ १५ वर्ष भन्दा कम समयमै हराएको छ । त्यसो त, यो पेरिसको मात्रै समस्या होइन । यो एक विश्वव्यापी घटना हो जसले वैज्ञानिक र संरक्षणवादीहरूलाई चकित पारेको छ । लन्डन, ह्याम्बर्ग र एम्स्टर्डममा पनि यो प्रजाति घट्दोक्रममा छ । फ्रान्सकै अन्य भागमापनि यिनको संख्या घटेको छ।

पेरिसमा पक्षी प्रेमीहरूको लागि यो एक अचम्मको अवलोकन हो । यसरि भँगेरा घट्नु दुखद, निराशाजन्य पक्ष हो । ध्यान दिएर सुन्दा पनि भँगेराको चिरबिरको आवाज लगभग शून्य छ अहिले । तिनीहरू फ्रान्सको सबैभन्दा सामान्य चरा प्रजातिमा पर्थे, जतापनि र जहिलेपनि देखिन्थे । तिनका उपनिवेश हराए । र फ्रान्सेली राजधानीबाट झनै हराए।

“हामीले थाहा पाएका धेरैजसो उपनिवेशहरू पतन भए । भएकापनि पतनको निकट छन्” लिग फर द प्रोटेक्शन अफ बर्ड्स (एलपीओ) का स्वयंसेवक फिलिप मातिन्युँ भन्छन् ।

गैर-नाफामुखी यो संस्थाले देशभरका अन्य प्रजातिहरूका साथै गाउँघरमा पाइने भँगेराहरूको संख्याको अवलोकन र निगरानी गरेर सूची राख्छ ।

रहस्य अझै अनुत्तरित

के सहरीकरणको दोष हो भँगेरा हराउनु ? प्रदूषण ? वा चराहरू मोटोपनाको महामारीको सिकार भएका छन् ? वैज्ञानिकहरूले घर भँगेराको संख्या घट्नुमा धेरै कारणहरू औंल्याए। तर तिनीहरू अचानक बेपत्ता हुनुले अनुसन्धानकर्ताहरूलाई चकित पारेको छ ।

“पेरिसमा भँगेराहरू बेपत्ता हुनु एउटा रहस्यकै रुपमा रहन्छ। तिनीहरू किन हराइरहेछन् भन्ने हामीलाई थाहा छैन” पेरिसको राष्ट्रिय प्राकृतिक इतिहास संग्रहालयका पक्षीविद् फ्रेडरिक जिगुएट बताउँछन् ।

दुई दशकदेखि चराहरूको अध्ययन गर्दै आएका जिगुएटको लागि, तिनीहरूको पतन सबैको लागि जागरणको घण्टी हो । त्यहाँको वातावरणमा कुनै चीजले जीवित प्राणीहरूलाई मारिरहेको संकेत हो ।”

ध्वनि प्रदूषण र कुपोषण

दु सेभ्र क्षेत्रमा फ्रान्सको नेशनल रिसर्च इन्स्टिच्युटका अन्वेषक फ्रेडरिक एन्जेलियर पनि प्रतिष्ठित प्रजातिहरूको मौन गिरावटको तथ्य खोज्दैछन्।

तिनीहरूको प्रयोगशाला अनुसन्धान उद्देश्यका लागि घर भँगेराहरू प्रजनन गर्ने थोरै देश मध्ये एक हो। एन्जेलियरले कुपोषण र ध्वनी प्रदूषणको भूमिकालाई विशेष रूपमा अध्ययन गरिरहेकी छिन्, तर चराहरूलाई केले मार्दैछ भन्ने बारे विज्ञान अस्पष्ट छ ।

“हामीले भँगेराहरूमा सडक ट्राफिकले खासै असर नगरेको देखाउन सफल भयौं” उनी भन्छन् ।

तथापि, विज्ञहरूको टोलीले शहरहरूमा बस्ने भँगेराहरूमा उच्च स्तरको तनाव हार्मोन हुन्छ, जुन किशोरहरूको सही प्रकारको खानामा पहुँच नभएको तथ्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ भनेर प्रमाणित गरेको छ ।

फ्रेडरिक एन्जेलियर पेरिसका पक्षीविद्हरूसँग सहमत छन् । चराहरूको गिरावट हुनुमा कुनै एउटा कारण मात्रै नभएको र हालको परिस्थिति जटिल भएको उनी बताउँछन् ।

“यी चराहरू एकै समयमा एउटा तनावको कारक, दोस्रो तनावको कारकहरूसँग एक एक गरेर सामना गर्न सक्षम छन् । तर जब तपाइँ तिनीहरूलाई गुणा गर्नुहुन्छ र तिनीहरूले एकअर्कासँग अन्तरक्रिया गर्छन्, त्यो चराहरूको अनुकूलन गर्ने क्षमता भन्दा बढि हुन्छ” उनको निष्कर्ष छ।

तपाइँको प्रतिक्रिया

फेसबुक